Khabar Dabali २४ कार्तिक २०८२ आईतवार | 9th November, 2025 Sun
Investment bank

भ्रष्टाचार, अनियमितता र राज्य दोहनका ठुला प्रकरणबारे छानबिन गर्न संसदीय समिति गठन हुनुपर्छ: वर्षमान पुन

खबरडबली संवाददाता

काभ्रे । भ्रष्टाचार, अनियमितता र राज्य दोहनका ठुला प्रकरणबारे छानबिन गर्न संसदीय समिति गठन गर्नु पर्ने नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले माग गरेका छन् । माओवादी केन्द्र महाभारत गाउँपालिका, काभ्रेको दोस्रो अधिवेशनको शनिबार देवीटारमा उदघाटन गर्दै पुनले यस्ताे माग गरेका हुन् ।

पुनले भुटानी शरणार्थी प्रकरण, यती, ओम्नी, गिरीबन्धु टी स्टेटजस्ता अनियमितता र राज्य दोहनका घटना छानबिन गर्न संसदीय विशेष समिति गठन हुनुपर्ने बताएका हुन् । लोकतन्त्रमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद र कोही पनि प्रश्नभन्दा माथि हुन नसक्ने भन्दै पुनले प्रधानमन्त्री केपी ओली आफूमाथि सार्वजनिक रूपमा उठेका प्रश्नबारे छानबिनका लागि तयार हुनुपर्ने उनको भनाइ थियो । 

‘हाम्रो अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले थालेको भुटानी शरणार्थी प्रकरणबारे के हुन्छ ?  यति र ओम्नी प्रकरणको छानबिन हुन्छ कि हुँदैन ?’ पुनले भने, ‘राजतन्त्रमा जस्तो लोकतन्त्रमा कोही पनि विधि र प्रश्नभन्दा माथि हुँदैन । यी सबै प्रकरणको संसद्ले छानबिन गर्नुपर्छ ।’

पुनले प्रचण्डले प्रधानमन्त्री भएका बेला प्रहरी प्रमुखलाई बोलाएर र सार्वजनिक रूपमै आफ्नो पार्टीका नेता वा आफू स्वयं भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न भएको पाइए छानबिन गर्न भनेको चर्चा गर्दै त्यस्तो अपिल गर्ने साहस वर्तमान प्रधानमन्त्री ओलीमा छ ?  भन्दै प्रश्न गरे । 

विवादास्पद व्यवसायीसँग पार्टी कार्यालय बनाउन जग्गा दान लिएको विषयमा प्रश्न उठाउने भीम रावललगायत नेतामाथि कारबाही गरेको र आफूबारे प्रश्न उठाउने सर्वसाधारणमाथि समेत जाइलाग्न अरिंगाल सेनालाई अपिल गर्नुले प्रश्न मन नपर्ने ओलीको चरित्र उदांगो भएको टिप्पणी पुनले गरे । 

प्रचण्ड नेतृत्वको सरकारले थालेको सुशासन अभियानको सुई आफूतिर सोझिन थालेपछि स्थापित अन्तर्राष्ट्रिय प्रचलनविपरीत संसदका पहिलो र दोस्रो दल मिलेर सरकार बनाएको आरोप पुनले लगाए । कांग्रेस-एमाले गठबन्धन सरकारले भ्रष्टाचार, सहकारी ठगी र राज्य दोहनमा संलग्नलाई संरक्षण गरिरहेको आरोप उनको छ। एकै चरित्रको कसुरमा रास्वपा सभापति रवि लामिछानेलाई ८४ दिनसम्म थुनेको सरकारले संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलपत्नी अञ्जला कोइरालालाई अदालतमा हाजिर भएकै दिन रिहा गरेर सत्तागठबन्धनले कस्तो न्याय गर्छ भन्ने स्पष्ट भएको पुनले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा सवारी दुर्घटनामा ६ जना घाइते

उदयपुर ।  उदयपुर जिल्लाको विभिन्न स्थानमा चारवटा छुट्टाछुट्टै सवारी दुर्घटना हुदा ६ जना यात्रुहरु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका ...

करदाता सेवा कार्यालय खारेजीको विरोधमा राजविराज बजार बन्द

सप्तरी । करदाता सेवा कार्यालय खारेजीको निर्णयविरुद्ध उद्योग वाणिज्य संघ सप्तरीले राजविराज बजार बन्द गरेको छ । संघले शुक्रबार बिहानदेखि राजविराजको मुख्...

प्रधानमन्त्री कार्कीद्वारा नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन आह्वान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई सक्रिय नागरिकको रूपमा आफ्नो जिम्मेवारी पूरा गर्दै मतदाता नामावलीमा नाम दर्ता गर्न र आगामी निर्...

हितेन्द्रदेव शाक्यलाई अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अन्तरिम आदेश पाउन असफल भएका छन् । सर्वोच्च अदालतले उनलाई प्राधि...

प्रतिनिधिसभा निर्वाचन: प्रचार–प्रसार अवधि १४ दिनको मात्रै हुने

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि कार्ययोजना तयार गरेको छ । आयोगले फागुन २१ गतेका लागि मिति तोकिएको निर्वाचनका तयारी तीव्र...

इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कक क्षेत्रमा पक्राउ अभियान जारी

रामल्ला । इजरायली सेनाले शुक्रबार प्यालेस्टिनी जनता विरुद्धको निरन्तर अभियानमा कब्जा गरिएको वेस्ट ब्याङ्कका धेरै क्षेत्रमा छापा मार्ने र पक्राउ गर्ने ...

जापानद्वारा दुई वर्षमा पहिलो पटक चीनमा समुद्री खाद्य निर्यात पुनः सुरु

टोकियो । दुई वर्षअघि फुकुसिमा दाइची आणविक ऊर्जा संयन्त्रबाट प्रशोधित रेडियोधर्मी फोहोर पानी समुद्रमा छोडिएपछि चीनले जापानी समुद्री खाद्य पदार्थमा लगाए...

टर्कीमा फुटबलमा म्याच फिक्सिङ गरेको आरोपमा १८ जना पक्राउ

इस्तानबुल । टर्कीमा फुटबल खेलमा सट्टेबाजी तथा म्याच फिक्सिङ र शक्तिको दुरुपयोग गरेको शङ्कामा रेफ्रीहरूको अनुसन्धानका लागि १८ जनालाई पक्राउ गरिएको इस्त...

लेबनानमा भएको इजरायली आक्रमणको इरानद्वारा निन्दा

तेहरान । इरानले लेबनानमा भएको इजरायली आक्रमणलाई “बर्बरता“को संज्ञा दिदै शुक्रबार कडा निन्दा गरेको छ । विज्ञप्ति जारी गर्दै इरानी विदेश मन्त्रालयले ...

इरानमाथि लगाइएका प्रतिबन्ध हटाउन राष्ट्रपति ट्रम्प ‘खुला’

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानमाथि लगाइएका कडा अमेरिकी प्रतिबन्धहरूबारे छलफल गर्न आफू खुला रहेको बताएका छन् । उनका अनुसार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending