Khabar Dabali २८ जेष्ठ २०८३ बिहीबार | 11th June, 2026 Thu
Investment bank

विरगंजलाई आर्थिक राजधानी घोषणा गर्नु पर्ने प्रभु साहकाे माग

खबरडबली संवाददाता

पर्सा । आम जनता पार्टी (आजपा) ले मुलुकमा बढ्दै गईरहेको भ्रष्टाचारका बिरुद्धमा विरगंजमा बिरोधसभा गरेको छ । विरगंजमा शनिबार शक्ति प्रदर्शन गर्दै आजपाले विरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गर्न र भ्रष्टाचार बिरुद्ध बृहतसभा गरेको हो ।

सभालाई सम्बोधन गर्दै आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले विरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गर्नुपर्ने माग गरे । बिरगंजको ईतिहास, गौरब र सम्मान शासकबर्गले मेटन खोजेको आरोप लगाउँदै उनले यथाशिघ्र बिरगंजलाई आर्थिक राजधानी घोषणा गर्न माग गरेका छन् । 

‘शासकबर्गले  बिरगंजको ईतिहास, गौरब, सम्मान मेटन खोजिरहेका छन् । बिरगंज उनीहरुका लागि दुहुना गाईजस्तै भएको छ, यहाँबाट राजस्व मात्रै लिने तर बिरगंजको बिकासमा योगदान नगर्ने’ आजपा अध्यक्ष साहले भने, ‘हामीले बिरगंजलाई जसरी पनि देशको आर्थिक राजधानी घोषणा गराउँछौं । बिरगंजले जति मुलुकलाई राजस्व बुझाउँछ, सोही अनुपातमा बिरगंजमा बिकास भएको छैन् । बिरगंजको चौतर्फी बिकासका लागि आजपाले जस्तोसुकै कदम चाल्न बाध्य हुन्छ ।’

काठमाडौं देशको प्रशासनिक राजधानी हुने, पोखरा पर्यटकीय राजधानी हुने तर बिरगंज आर्थिक राजधानी किन नहुने भन्दै साहले प्रश्न गरे । उनले भने, ‘सबैभन्दा बढी राजस्व बुझाउँने बिरगंज । बाढी उधोगव्यवसाय हुने यही बारा, पर्सा हो । यहाँको उधोगी, व्यापारीले तिरेको राजस्वबाट मुलुक चल्ने तर बिरगंज आर्थिक राजधानी किन नहुने ? यथाशिघ्र बिरगंजलाई आर्थिक राजधानी घोषणा नगरिए आजपा चुप लागेर बस्दैन्, प्रभु साह चुप लागेर बस्दैन् ।’

हालै मधेस प्रदेशमा भ्रष्टाचार बिरुद्ध मधेस यात्रा अभियान सम्पन्न गरेको आजपाले सरकारकै संरक्षण एवं मिलोमतोमै भ्रष्टाचार बढदै गईरहेको जनाएको छ । बिरगंजको घण्टाघरमा आयोजित बृहतसभालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले सरकारकै संरक्षण र मिलेमतोमा राज्यको हरेक क्षेत्रमा भ्रष्टाचार बढेको गम्भिर आरोप लगाए ।

‘सरकार आफै भ्रष्टाचारीलाई संरक्षण गरेको छ । भ्रष्टाचारी जोगाउने, बचाउँने, संरक्षण गर्ने यो सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन् । भ्रष्टाचार नियन्त्रण गर्न असफल भएको प्रधानमन्त्री केपी ओलीको सरकारले भ्रष्टाचारी जोगाउँने काम गरेको छ’ आजपा अध्यक्ष साहले भने, ‘बिभिन्न भ्रष्टाचारका काण्डमा ओलीकै नाम जोडिन्छ । तर त्यो काण्डको बारेमा कहिल्यै छानबिन हुदैन् । बिभिन्न ठुलाकाण्डको फाईल सरकारले लुकाएर राखेको छ । भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरु भ्रष्टाचारमै संलग्न छन् । यि लुटेराहरुले देशलाई लुटेर कंगाल बनाईसके, राज्यको ढुकुटी लुटेका छन्, बिदेशमा पैसा थुपारेका छन् । यिनीहरुबाट देश समृद्ध हुदैन् ।’

देशको राजस्व लुटेर खाने, राज्यको ढुकुटी लुटनेहरुले हरेक नेपालीमाथि बिदेशी ऋण बढाउँदै गईरहेका छन् । विदेशीबाट ऋण लिने तर त्यसको सही सदुपयोग नगरी नेपालीलाई ऋणी बनाउँने काम यो सरकारले गरिरहेको आरोप साहको छ ।

आजपाका पर्सा जिल्ला अध्यक्ष विश्वराज पटेलको अध्यक्षतामा भएको सभामा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्ष समिना हुसेन, अशोक लामा, नेताहरु राजन यादव, सियाराम कुशवाहा, उमेश कुशवाहा, विजय यादव निर्विज, रामशरण यादव,  लगायतको बिशेष सहभागिता रहेको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending