ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा लाग्ने शनिबारे हाट यसपटक तरुलको बजार झैं बनेको छ । मकर (माघे) सङ्क्रान्तिको संघारमा लागेको शनिबारे हाट तरुल किनबेच गर्नेका कारण तरुलको बजार झैं बनेको हो ।
सदरमुकाम फुङ्लिङको तोक्मेडाँडास्थ्ति हटिया लाइनमा हप्ताको प्रत्येक शनिबार हाट लाग्ने गर्दछ । स्थानीय उपज (उत्पादनका वस्तु) बिक्री केन्द्रका रुपमा रहेको शनिबारे हाट यसपटक तरुलमय बनेको हो । तरुलको पर्वका रुपमा लिइने माघे सङ्क्रान्ति अर्थात् माघ १ गते आउने मङ्गलबार हो । माघे सङ्क्रान्ति अघिको अन्तिम शनिबार भएकाले हाटमा तरुल खरिद बिक्री गर्नेको भीड लागेको हो ।
ग्रामीण भेगका किसानले उत्पादन गरेको विभिन्न प्रजातिका तरुल हाट बजारमा पुर्याएर बिक्री गर्ने गर्दछन् । गाउँका किसानले उत्पादन गरेको तरुल अर्गानिक हुनुका साथै स्वादिष्ट पनि हुने भएकाले गाउँबाट आएको तरुल बजारवासीको रोजाइमा पर्ने गरेको छ । सदरमुकाम बजारवासीसँगै तरुल खेती नलगाउने गाउँका सर्वसाधारणसमेत हाटमा गएर तरुल खरिद गर्ने गर्दछन् । यसरी यसपटकको शनिबारे हाटमा तरुल बिक्री गर्ने र खरिद गर्नेको भिडभाड रहेको थियो ।
यता यसवर्ष तरुलको मूल्यभने विगतका वर्षभन्दा महङ्गो भएको उपभोक्ताले बताएका छन् । मकर सङ्क्रान्ति अर्थात तरुल खपत हुने मुख्य मौसममा तरुल मूल्य महङ्गिएको उपभोक्ता बताउँछन् । उपभोक्ताका अनुसार शनिबारे हाटमा प्रतिकिलोग्राम न्युनतम् ८० देखि २०० रुपियाँ सम्ममा तरुलको कारोबार भएको छ । मकर सङ्क्रान्ति मनाउनलाई महङ्गो मूल्य लगाएरै भए पनि तरुल किन्न बाध्य हुनु परेको उपभोक्ताको भनाइ छ ।
हाटमा बिक्री गर्न ल्याइएको तरुलको मूल्य स्थानीय व्यापारी र उत्पादक किसान आफैँले तोक्ने अर्थात निर्धारण गर्ने गर्दछन् । तरुलको जात र प्रजातिअनुसार मूल्य फरक-फरक हुने गरेको व्यापारी तथा किसानको भनाइ रहेको छ । हाट बजारमा घरतरुल, पताले तरुल, सिँदुरे तरुल, सिमले, स्कूसको तरुल र पिँडालुजस्ता तरुलका प्रजाति बिक्री गर्ने गरिएको छ । जिल्लामा व्यावसायिक तरुल खेती नहुने गरेकाले पनि चाडपर्वका समयमा मूल्य हुने गरेको बताइन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २५ गते, २०८२ - २०:१६
काठमाडौं । सरकारले सार्वजनिक संस्थामा दलीयकरण र भागबन्डा अनुसार नियुक्त भएका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सहमति गरेको छ...
मंसिर २५ गते, २०८२ - २०:०७
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा लुम्बिनी लायन्सले काठमाण्डु गोर्खाजलाई चार विकेटले हराउँदै दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । ...
मंसिर २५ गते, २०८२ - २०:०१
काठमाडौं । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत अभाव देशभर गहिरिँदै गएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार ७५३ स...
मंसिर २५ गते, २०८२ - १९:२२
काठमाडौं । ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा नागरिक समाजका प्रतिनिधिहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई विस्तृत ध्यानाकर्षण पत्र हस्तान्...
मंसिर २५ गते, २०८२ - १९:०५
ताप्लेजुङ । सशस्त्र प्रहरीले करिब ६ क्विन्टल भारतीय माछा बरामद गरी नष्ट गरेको छ । ताप्लेजुङ फुङलिङका व्यवसायीले अर्डरअनुसार झिकाएको माछा बिलमा उल्लेख ...
मंसिर २५ गते, २०८२ - १८:५८
काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका बेला निर्वाचन आयोगलाई सम्भावित क्षतिबाट बचाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सशस्त्र प्रहरी बल, नेपाल...
मंसिर २५ गते, २०८२ - १८:५४
काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवा प्राप्त गरेको ...
मंसिर २५ गते, २०८२ - १८:१९
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले पृथ्वी राजमार्ग र महेन्द्र राजमार्गका महत्त्वपूर्ण खण्डहरूको स्तरोन्नति तथा वि...
मंसिर २५ गते, २०८२ - १८:१५
बाँके । नेपाली कम्युनिष्ट पार्टी बाँकेले आयोजना गर्न लागेको एकता सन्देश सभालाई पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सम्बोधन ग...
मंसिर २५ गते, २०८२ - १८:१०
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्...




प्रतिकृया लेख्नुहोस्: