काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा व्यावसायजन्य सुरक्षा विभागको कार्यक्षेत्रमा सुधारका लागि नीतिगत र व्यवस्थापकीय रूपमा काम गर्नुपर्ने आवश्यकता औल्याएको छ ।
केन्द्रीय श्रम सल्लाहकार परिषद्का अध्यक्ष एवम् श्रममन्त्री शरदसिंह भण्डारीको अध्यक्षतामा बसेको बैठकले सो कुरा औल्याएको हो । बैठकले व्यावसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी प्रावधानलाई व्यवस्थित गर्न व्यावसायजन्य रोगको सूचि तयार गर्ने, कार्यस्थलमा उत्सर्ग हुने तापसम्बन्धी मापदण्ड बनाउने र राष्ट्रिय व्यावसायजन्य सुरक्षा तथा स्वास्थ्य कार्यक्रम स्वीकृत गरी कार्यान्वयनमा ल्याउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
बैठकले न्यूनतम पारिश्रमिक निर्धारण गर्न समितिको कार्य थप व्यवस्थित बनाई पुनः अवलोकनको काम अगाडि बढाउन र सामाजिक सुरक्षाको दायरा अभिवृद्धि गर्ने लगायतका विषयको पनि निर्णय गरेको जनाइएको छ । बैठकले आउँदो फाल्गुन १६ र १७ गते काठमाडौंमा आयोजना गरिने राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सफल बनाउन श्रमसम्बन्धी ऐन कानुनमा समसामयिक परिमार्जन गर्नेगरी कार्यविधिको मस्यौदा तयार गर्न मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
यस्तै, बैठकमा अन्तर्राष्ट्रिय श्रम सङ्गठनको महासन्धि ८१ श्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ र महासन्धि ८७ सङ्गठनको स्वतन्त्रता र सङ्गठित हुने अधिकारको संरक्षणसम्बन्धी महासन्धी, १९४८ र वाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी २०१४ को प्रोटोकल २९ को अनुमोदन प्रक्रिया अगाडि बढाउन पनि मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको जानकारी गराएको छ । श्रमसम्बन्धी विषयमा सरकारलाई सुझाव दिने उद्देश्यले श्रम ऐन २०७४ बमोजिम केही समयअघि सो परिषद् गठन भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २४ गते, २०८२ - १९:०५
बैतडी । बैतडीमा चियाखेतीका लागि सम्भाव्यता अध्ययन गरिएको छ । यहाँको सुर्नया गाउँपालिकाका तीन वडाका उच्च क्षेत्रमा चियाखेतीका लागि प्रारम्भिक सम्भाव्य...
मंसिर २४ गते, २०८२ - १९:०३
जनकपुरधाम । मधेश प्रदेशमा महिलामाथि हुने विभिन्न प्रकारका हिंसाका घटना बढ्दो क्रममा रहेको ताजा तथ्याङ्कले देखाएको छ । महिला पुनर्स्थापना केन्द्र, ...
मंसिर २४ गते, २०८२ - १८:५९
ओखलढुङ्गा । ओखलढुङ्गामा खोरेत रोग नियन्त्रणका लागि सञ्चालन गरिएको खोप अभियानमार्फत एक महिनाको अवधिमा ३१ हजार ८१४ घरपालुवा पशुचौपायालाई खोप लगाइएको छ ।...
मंसिर २४ गते, २०८२ - १८:५५
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सिंहदरबारबाट सेवा प्रवाह सुरु गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आजदेखि आंशिक रूपमा सिंह...
मंसिर २४ गते, २०८२ - १८:०६
काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पुसको पहिलो हप्तासम्म प्रदेश र जिल्लास्तरमा एकता समायोजन टुंग्याउने लक्ष्य राखे पनि प्रक्रिया अपे...
मंसिर २४ गते, २०८२ - १८:०४
लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा १३० मतदान स्थल रहने भएको छ । उक्त मतदान स्थलमा १८६ मतदान केन्द्र रहने छन् । उक...
मंसिर २४ गते, २०८२ - १७:५७
लन्डन । बेलायतका प्रधानमन्त्री कीर स्टारमरले रूस–युक्रेन शान्ति वार्ताको विषयमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, फ्रान्सका राष्ट्रपति इमानुए...
मंसिर २४ गते, २०८२ - १७:५५
पेरिस । यस वर्ष विश्वभर मारिएका सबै पत्रकारमध्ये लगभग आधाको मृत्युका लागि इजरायल जिम्मेवार रहेको रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ)ले मङ्गलबार जानकार...
मंसिर २४ गते, २०८२ - १७:५२
इन्डोनेसिया । इन्डोनेसियाको सेन्ट्रल जकार्ताको ड्रोन कम्पनी “टेरा ड्रोन” को कार्यालय भवनमा मङ्गलबार आगलागी हुदाँ कम्तीमा १८ जनाको मृत्यु भएको स्थानीय ...
मंसिर २४ गते, २०८२ - १७:४९
काठमाडाैं । चेलिबेटी बेचबिखनमा २० वर्षदेखि फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । विरगञ्ज नगरपालिका १९ का ४५ वर्षीय सुरेश प्रसाद कलवारलाई प्रहर...




प्रतिकृया लेख्नुहोस्: