ओखलढुंगा । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका केन्द्र फलाटे बजारमा शुक्रबार मध्यराति आगलागि भएको छ । खिजिदेम्बा गाउँपालिका वडा नं. ५ बसपार्क क्षेत्रमा विद्युत सर्ट भएर लक्ष्मी तामाङको घरबाट आगलागि सुरु भएको हो ।
आगलागिबाट तीन घर जलेर पूर्णरूपमा नष्ट भएको प्रहरी चौकी खिजीफलाटेलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ।
बिजुलिको तार सर्ट भइ अचानक आगलागी हुदाँ तामाङको घर पुर्ण रुपमा जलि नष्ट भएको र सोहि घरमा डेरा गरि कपडा पसल संचालन गर्ने खिजिदेम्बा ३ बस्ने बिनोद सुनुवारको कपडा पसल पुर्ण रुपमा जलि नष्ट भएको प्रहरीले जनाएको छ । यस्तै सोहि घरमा डेरा गरि होटल संचालन गर्ने दशरथ सुनुवारको होटल पुर्ण रुपमा जलि नष्ट भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।
उक्त आगलागिका कारण खिजिदेम्बा ५ मा रहेको ङ्वाङ फुरि शेर्पाको एकतल्ले पक्कि घरको २ वटा झ्याल निमा तामाङको तिन तल्ले पक्की घरको पहिलो र दोस्रो तल्लाको चार वटा झ्याल र गोपाल बि.क.को चार तल्ले पक्कि घरको ५ वटा झ्याल जलि नष्ट भएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।
मध्यरातमा सुरु भएको आगलागिलाई प्रहरी र स्थानीय बासिन्दाको सहभागितामा शनिबार बिहान करिब ३ बजेतिर पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो । आगलागिका कारण कुनै मानवीय र पशु चौपाया भने क्षति नभएको पनि प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: