ओखलढुंगा । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका केन्द्र फलाटे बजारमा शुक्रबार मध्यराति आगलागि भएको छ । खिजिदेम्बा गाउँपालिका वडा नं. ५ बसपार्क क्षेत्रमा विद्युत सर्ट भएर लक्ष्मी तामाङको घरबाट आगलागि सुरु भएको हो ।
आगलागिबाट तीन घर जलेर पूर्णरूपमा नष्ट भएको प्रहरी चौकी खिजीफलाटेलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ।
बिजुलिको तार सर्ट भइ अचानक आगलागी हुदाँ तामाङको घर पुर्ण रुपमा जलि नष्ट भएको र सोहि घरमा डेरा गरि कपडा पसल संचालन गर्ने खिजिदेम्बा ३ बस्ने बिनोद सुनुवारको कपडा पसल पुर्ण रुपमा जलि नष्ट भएको प्रहरीले जनाएको छ । यस्तै सोहि घरमा डेरा गरि होटल संचालन गर्ने दशरथ सुनुवारको होटल पुर्ण रुपमा जलि नष्ट भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।
उक्त आगलागिका कारण खिजिदेम्बा ५ मा रहेको ङ्वाङ फुरि शेर्पाको एकतल्ले पक्कि घरको २ वटा झ्याल निमा तामाङको तिन तल्ले पक्की घरको पहिलो र दोस्रो तल्लाको चार वटा झ्याल र गोपाल बि.क.को चार तल्ले पक्कि घरको ५ वटा झ्याल जलि नष्ट भएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।
मध्यरातमा सुरु भएको आगलागिलाई प्रहरी र स्थानीय बासिन्दाको सहभागितामा शनिबार बिहान करिब ३ बजेतिर पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो । आगलागिका कारण कुनै मानवीय र पशु चौपाया भने क्षति नभएको पनि प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २७ गते, २०८३ - १०:३०
'म सधैं तिम्रो पक्षमा बोल्नेछु, लाखौँ युवाका लागि रोजगारीको आवाज उठाइरहनेछु'
आषाढ़ २७ गते, २०८३ - १०:१६
बुद्धनगरमा ४५ वर्षीय आश्विन राउतले पनि लगाए शरीरमा आगो
आषाढ़ २७ गते, २०८३ - १०:१५
काठमाडौं । काठमाडौंको बुद्धनगरमा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान आफ्नौ शरीरमा आगो लगाएका हुन् । काठमाडौं ...
आषाढ़ २७ गते, २०८३ - ०९:५८
दाङ । दाङमा जनप्रतिनिधिले शिक्षा अधिकृतलाई मोबिल खन्याइदिएका छन् । घोराहीस्थित पद्मोदय माविको विद्यालय व्यवस्था समितिको निर्वाचन गैरकानुनी ढंगबाट ग...
आषाढ़ २७ गते, २०८३ - ०९:२१
सङ्खुवासभा । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले हुलाक सेवामार्फत राहदानी घरघरमा पुर्याउने अभियान सुरु गरेसँगै हालसम्म ११० जनाले सेवा लिएका छन् । ज...
आषाढ़ २७ गते, २०८३ - ०९:१८
सङ्खुवासभा । सिँचाइ अभावका कारण असार सकिन लाग्दा पनि सङ्खुवासभामा २५ प्रतिशतमात्र रोपाइँ भएको छ । यसअघि माथिल्लो क्षेत्रमा असारको अन्तिम सातासम्म र तल...
आषाढ़ २७ गते, २०८३ - ०९:१०
त्रिपुरेश्वरको सडकमा एउटा सपना आगो बन्यो, राहदानीको पर्खाइभन्दा पीडा धेरै भारी भयो। गणेशले केवल शरीर जलाएन, उसले राज्यलाई एउटा प्रश्न छोड्यो "...
आषाढ़ २७ गते, २०८३ - ०९:०७
काठमाडौँ । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री तथा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं प्रवर्द्धक महावीर पुनले आगामी एक वर्षसम्म सामाजिक सञ्जाल...
आषाढ़ २७ गते, २०८३ - ०८:५५
काठमाडौं । त्रिपुरेश्वरमा गणेश नेपालीको आत्मदाह प्रयास र उपचारकै क्रममा मृत्यु भएको घटनाको पीडा सेलाउन नपाउँदै सर्लाहीमा फेरि अर्को आत्मदाह प्रयासको घ...
आषाढ़ २७ गते, २०८३ - ०८:४४
काठमाडौं । सरकार गठनको सुरुवाती चरणमा उद्योगी–व्यवसायीमाथि लगातार भएको पक्राउ, अनुसन्धान र कडा सरकारी कदमले निजी क्षेत्रमा गहिरो त्रास सिर्जना गरेको थ...



प्रतिकृया लेख्नुहोस्: