Khabar Dabali २७ असार २०८३ शनिबार | 11th July, 2026 Sat
Investment bank

पृथ्वीनारायण शाहको इतिहास मेटाउन खोज्ने दृष्टता सैह्य हुन्नः नेता केसी

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानबारे स्मरण गरेका छन् ।

आज ३०३औँ पृथ्वीजयन्तीका अवसरमा पूर्वमन्त्री समेत रहेका नेता केसीले सामाजिक सञ्जालमा लेख्दै आधुनिक नेपाल निर्माणमा पृथ्वीनारायण शाहको योगदानबारे चर्चा गरेका हुन् ।

उनले विश्वका विभिन्न मुलुकका शासक तथा नेतावर्गले राष्ट्र निर्माण गर्नेहरुको सम्मान गरेको स्मरण गराउँदै राष्ट्र निर्माताका रुपमा पृथ्वीनारायण शाहको इतिहास मेटाउने प्रयास भएको भन्दै कटाक्ष गरे ।

‘जसरी बिस्मार्कले जर्मन राष्ट्रको, इभान द टेरिबल आदि जारहरूले रूसको, इटलीको राष्ट्र एकीकरणमा काबुर, गेरिवाल्दी र मेज्जिनीको नाम इतिहासमा आउँछ, चीनमा छिन् स ह्वाङ्ती नामक छिन सम्राटकै नामबाट आजको ‘चीन’ नामाकण भएको हो । तर क्रान्तिकारी माओले चीनको नाम फेर्ने सोचाइ लिएनन् । जर्मनीमा हिटलरले बिस्मार्कको शालिक तोडेनन् । हामीले पनि इतिहास मेटाउने वा बङ्ग्याउने विगतका धृष्टता वा कमजोरी बाट आफूलाई जोगाउनु अनिवार्य छ,’ नेत केसीले भनेका छन् ।

राष्ट्र निर्माता राजा पृथ्वीनारायण शाहले आफ्नो शासकीय जीवनका ३० वर्ष नेपाल एकीकरणका युद्ध, सम्झौता, अभियान र व्यवस्थापनमा बिताएको इतिहास अकाट्य रुपमा रहेको बताए ।

नेता केसीले सामाजिक सञ्जालमा लेखेका छन्:

राष्ट्र निर्माता पृथ्वी नारायण शाह प्रति भावपूर्ण श्रद्धाञ्जलि १ पुस २७ को पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले पुस १६ को नेपाली काँग्रेसको राष्ट्रिय मेलमिलाप तथा एकता दिवससँग भावनात्मक सामिप्यता राख्दछ । लिच्छबी कालदेखिकै आमचाहनालाई मूर्त रुप दिने ऐतिहासिक नायकको रुपमा पृथ्वीनारायण शाहको योगदानले राष्ट्रिय एकता र सदैव स्वाधीन नेपाली पहिचानको स्थापित गरेकोछ। नेपाल एकीकरण हुनुभन्दा अगाडि छरपस्ट छरिएका पहाडी राज्यहरू पाँच राज्य–समुहमा थिए— ९१० ‘तीन शहर नेपाल’ वा ‘नेपाल मण्डल’ भनिने काठमाडौँ उपत्यकाका राज्य समूह, ९२० गण्डकी प्रदेशमा अवस्थित पाल्पा तथा लमजुङ् अन्तर्गतका चौबीस राज्यको समूह, ९३० कर्णाली क्षेत्रस्थित हुम्ला–जुम्ला राज्य अन्तर्गत पर्ने बाइसे राज्य समूह, ९४० पूर्वमा कोशी नदी प्रदेशमा पर्ने मोरङ राज्यको संरक्षित रुपमा रहेका एघारवटा राजौटा समुह, जसलाई इतिहासकारहरूले ‘किराती कबिला गणतन्त्रीय राज्य–समूह’ भन्नेगरेका छन्, र ९५० सुगौलीको सन्धीपछि गुमेका कुमाउँ, गढवाल, पूर्वमा ‘सुखिम’ ९सिक्किम० र त्यस अन्तर्गतका राज्यसमुह ।

जसरी बिस्मार्कले जर्मन राष्ट्रको, इभान द टेरिबल आदि जारहरूले रूसको, इटलीको राष्ट्र एकीकरणमा काबुर, गेरिवाल्दी र मेज्जिनीको नाम इतिहासमा आउँछ, चीनमा छिन् स ह्वाङ्ती नामक छिन सम्राटकै नामबाट आजको ‘चीन’ नामाकण भएको हो । तर क्रान्तिकारी माओले चीनको नाम फेर्ने सोचाइ लिएनन् । जर्मनीमा हिटलरले बिस्मार्कको शालिक तोडेनन् । हामीले पनि इतिहास मेटाउने वा बङ्ग्याउने विगतका धृष्टता वा कमजोरी बाट आफूलाई जोगाउनु अनिवार्य छ ।

राष्ट्र निर्माता राजा पृथ्वीनारायण शाहले आफ्नो शासकीय जीवनका ३० वर्ष नेपाल एकीकरणका युद्ध, सम्झौता, अभियान र व्यवस्थापनमा बिताएको इतिहास अकाट्य रुपमा रहेको छ । सुविधा र उपकरण शून्य रहेको चारैतिर साम्राज्य र उपनिवेश बाद को जगजगी को त्यो युगमा राज्य एकीकरण गर्नु लरतरो काम थिएन । सुगौलीको सन्धी ९बि।सं। १८७३० नहुन्जेलसम्म पूरा ७१ वर्ष लामो वीरतापूर्ण अभियानबाट आजको नेपालको उदय भयो । एकीकरणबाट नेपाल राष्ट्रको नाम भयो भने ‘गोर्खाली’ साहस र बहादुरीको पर्यायवाची विशेषण विश्व प्रख्यात भयो।

राज्य–राष्ट्रनिर्माणको श्रीगणेश बि।सं। १८०१ मा मेरो गृहजिल्ला नुवाकोटबाटै भयो । नुवाकोटको सफलतापछि नेपालको राजधानी त्यहीँ भयो । विदेशनीति, प्रशासनिक नीति, उद्योग, खानी, खेती, लगायत अर्थनीति, सेना तथा युद्धनीति, छिमेकी राज्यहरूसँगको सम्बन्ध आदि तत्कालीन नेपालका यावत पक्षलाई दिब्यउपदेशले छोएको पृथ्वीनारायणको ‘दिब्यउपदेश’ नुवाकोटमै लिपिबद्ध भएको हो ।

यस ऐतिहासिक तथ्यको धरातलमा उभिएर राष्ट्रिय एकता, प्रजातन्त्र, शान्ति र समृद्धि हासिल गर्ने कार्यमा वर्तमान राज्य व्यवस्था ले एकता,मेलमिलाप, समानता र उर्जाको स्रोत स्थपित गर्न सकोस। यस ऐतिहासिक दिवसको उपलक्ष्यमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक शुभकामना व्यक्त गर्दछु ।

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

'गणेश समाचार होइन, विद्रोहको प्रतीक हुन्' : हर्क साम्पाङको भावुक अभिव्यक्ति

'म सधैं तिम्रो पक्षमा बोल्नेछु, लाखौँ युवाका लागि रोजगारीको आवाज उठाइरहनेछु'

तीन दिनमा तीन आत्मदाह प्रयास : गणेशको मृत्युपछि पनि किन रोकिएन निराशाको आगो ?

बुद्धनगरमा ४५ वर्षीय आश्विन राउतले पनि लगाए शरीरमा आगो

एका विहानै बुद्धनगरमा अर्काे आत्मदाह प्रयास

काठमाडौं । काठमाडौंको बुद्धनगरमा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान आफ्नौ शरीरमा आगो लगाएका हुन् । काठमाडौं ...

दाङमा वडा सदस्यले अधिकृतलाई मोबिल छ्यापेपछि...

दाङ । दाङमा जनप्रतिनिधिले शिक्षा अधिकृतलाई मोबिल खन्याइदिएका छन् । घोराहीस्थित पद्मोदय माविको विद्यालय व्यवस्था समितिको निर्वाचन गैरकानुनी ढंगबाट ग...

तीन महिनामा ११० जनालाई हुलाकमार्फत राहदानी वितरण

सङ्खुवासभा ।  जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले हुलाक सेवामार्फत राहदानी घरघरमा पुर्‍याउने अभियान सुरु गरेसँगै हालसम्म ११० जनाले सेवा लिएका छन् । ज...

सिँचाइ अभाव हुँदा सङ्खुवासभामा २५ प्रतिशत मात्र रोपाइँ

सङ्खुवासभा । सिँचाइ अभावका कारण असार सकिन लाग्दा पनि सङ्खुवासभामा २५ प्रतिशतमात्र रोपाइँ भएको छ । यसअघि माथिल्लो क्षेत्रमा असारको अन्तिम सातासम्म र तल...

अधुरो देशको आगो

त्रिपुरेश्वरको सडकमा एउटा सपना आगो बन्यो, राहदानीको पर्खाइभन्दा पीडा धेरै भारी भयो। गणेशले केवल शरीर जलाएन, उसले राज्यलाई एउटा प्रश्न छोड्यो "...

सामाजिक सञ्जाल र पत्रकारलाई एक वर्ष अन्तर्वार्ता नदिने मन्त्री पुनको घोषणा

काठमाडौँ । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री तथा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं प्रवर्द्धक महावीर पुनले आगामी एक वर्षसम्म सामाजिक सञ्जाल...

गणेशपछि फेरि आत्मदाह प्रयास : सर्लाहीका २५ वर्षीय विवेकको शरीर ८५ प्रतिशत जल्यो, अवस्था अत्यन्तै गम्भीर

काठमाडौं । त्रिपुरेश्वरमा गणेश नेपालीको आत्मदाह प्रयास र उपचारकै क्रममा मृत्यु भएको घटनाको पीडा सेलाउन नपाउँदै सर्लाहीमा फेरि अर्को आत्मदाह प्रयासको घ...

धरपकडबाट संवादतिर प्रधानमन्त्री : १०० दिनपछि निजी क्षेत्रसँग ‘आइस–ब्रेक’

काठमाडौं । सरकार गठनको सुरुवाती चरणमा उद्योगी–व्यवसायीमाथि लगातार भएको पक्राउ, अनुसन्धान र कडा सरकारी कदमले निजी क्षेत्रमा गहिरो त्रास सिर्जना गरेको थ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending