Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

कला र फोटोग्राफीमा प्रतिलिपि अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा  शुक्रवार ‘कला र फोटोग्राफीमा प्रतिलिपि अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

प्रतिष्ठानका बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रतिष्ठानका पदाधिकारीहरू र विभिन्न सञ्चारमाध्यमसँग आबद्ध फोटो पत्रकारहरूसँगै विभिन्न कलाकार तथा सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 

कार्यक्रममा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले प्रतिलिपि अधिकार कलाकाररपत्रकारमाझको बौद्धिकताभित्र देखिएको साझा समस्या भएको बताउँदै यस विषयमा सरोकारवालाहरूले चासो राखी अध्ययन गरेर विद्यमान समस्यालाई ऐनमा सम्बोधन हुने गरी काम गर्नुपर्ने बताए । 

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रतिलिपि अधिकार ऐनमा कला  फोटोग्राफीलगायतका विविध विषय छुटेको बताउँदै संस्थागत रूपमा यस विषयमाथि आवाज उठाई कानुनमा समेटिनुपर्ने धारणा राखेका थिए । 

राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारले अब आफ्नो अधिकारका विषयमा आवाज उठाउनु आवश्यक रहेको बताउँदै सर्जकले फोटो पत्रकार र प्रतिलिपि अधिकारका विषयलाई समग्रमा हेर्नुपर्नेमा जोड दिए । 

नेपाल पत्रकार महासङ्घ, एसोसिएट प्रदेश समिति अध्यक्ष रोयल आचार्यले जटिल विषयमा छलफल गरेर मात्र नभई घनीभूत छलफल गरेर संसदीय समिति तथा सम्बन्धित मन्त्रीसँग पनि छलफल गर्नुपर्ने बताए । 

नेपाल प्रतिलिपि अधिकार राजिस्ट्रारको कार्यालयका प्रतिनिधि शालिकराम खतिवडाले प्रतिलिपि अधिकार ऐन बन्ने प्रक्रियामा रहेको हुँदा सरोकारवालाहरूबाट लिखितरमौखिक सुझाव दिन आग्रह गरेका छन् । 

कार्यक्रमका सभाध्यक्ष सौरगांगा दर्शनधारीले प्रतिलिपि अधिकार विषयमा विद्यालय स्तरबाट नै सचेतना दिनु आवश्यक रहेको बताउँदै उनले यस विषयमा गहन छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने बताए । कार्यक्रमको सहजीकरण केशवराज खनालले गरेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाँचथरमा हजुरबाको छुरा प्रहारले नातिकाे मृत्यु

पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ ।  पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...

एमाले महाधिवेशनः निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...

यस्तो बन्ने छ केन्द्रीय कमिटीको संरचना (सूचीसहित)

काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ ।  जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...

सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु

सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  सिड्नीको प्रहरीले एक अज्ञा...

राष्ट्रपतिबाट चुनावमा सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको आगामी फागुन २१ गते तोकिएको निर्वाचनको मितिमा कुनै पनि प्रकारको दाँयाबाँया नगरी सम्पूर्ण ध्यान ...

माेरङमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

मोरङ । मोरङमा भएका भिन्दाभिन्दै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ । एक जना किशोरी घाइते भएकी छन् ।  जिल्लाको सुन्दरहरैँचा नगरपालिका–६, गैरीगा...

अमेरिकाकाे मध्यावधिमा रिपब्लिकनले हार्न सक्ने ट्रम्पको सङ्केत

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार प्रकाशित वाल स्ट्रिट जर्नलसँगको अन्तर्वार्तामा अमेरिकी अर्थतन्त्रलाई ‘इतिहासकै सबैभन्दा ठूलो’ ब...

कर्णाली नेकपा संसदीय दल नेता चयनमा पार्टी केन्द्रकाे चासो

सुर्खेत । नेकपा का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेश संसदीय दलको नेता चयन प्रक्रियामा विशेष चासो व्यक्त गरेका छन् । शनिबार सुर्खेतमा...

उम्मेदवार सिफारिसपछि सिराहा कांग्रेसमा विवाद

सिराहा । आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा क्षेत्रीय कार्यसमितिले सर्वसम्मत रूपमा सिफारिस गरेका उम्मेदवारहरूको नामावलीमा जिल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending