काठमाडौं । ‘क्यानडा समिट २०२५’ सम्पन्न भएको छ । बिहीबार संस्थाको पुतलीसडक कार्यालयमा आयोजित कार्यक्रम तीन सय बढी विद्यार्थीको क्यानडा अध्ययन सम्बन्धी जिज्ञासा मेटाउँदै समिट सकिएको हो ।
आईसीसीसीका एमडी राम खड्काका अनुसार समिटले क्यानडा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि महत्त्वपूर्ण ज्ञान र अवसर प्रदान गरेको छ । समिटमा क्यानडाका प्रसिद्ध शैक्षिक संस्था सेन्टेनियल कलेज, लेकहेड युनिभर्सिटी, एसएआईटी, दरहम कलेज, सेनेका पोलिटेक्निक र जर्जियन कलेजका प्रतिनिधिसँग अन्तरक्रियाको अवसर सहभागीले पाएका थिए ।
उनीहरूले क्यानडाको भिसा प्रक्रियाबारे जानकारी प्राप्त गर्नुका साथै विशेषज्ञसँग आफ्ना शैक्षिक योजनामा मार्गदर्शन लिएका थिए । कार्यक्रममा सहभागी विद्यार्थीले समिटले आफूहरूलाई क्यानडा अध्ययन सम्बन्धी महत्त्वपूर्ण जानकारी उपलब्ध गराएको भन्दै खुसी व्यक्त गरेका छन् ।
‘धेरै परामर्शदाताले विदेश जानका लागि मात्रै प्रेरित गर्ने गरेका छन् । तर, आईसीसीसीले भने क्यानडाको वास्तविक अवस्था जानकारी गराई तयारी गराएको छ,’ उनीहरूले भने । क्यानडामा अध्ययन गर्नका लागि आईसीसीसी उत्कृष्ट छनोट रहेको उनीहरूको साझा धारणा छ ।
कार्यक्रममा सहभागी कलेजका प्रतिनिधिले पनि आफूहरूले अपेक्षा गरेभन्दा धेरै उत्साहित सहभागी भेटेकोमा खुसी व्यक्त गरे । कार्यक्रममा उपस्थित बिद्यार्थीले आफ्नो अध्ययन र करियरका लागि सधैँ चासो राख्ने विषयमाथि गहन प्रश्न सोधेका थिए ।
यस्तो कार्यक्रमले सही दिशा प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने समिटमा उपस्थित विद्यार्थीले बताए । आईसीसीसीले भविष्यमा यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउन निरन्तर काम गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । कलेजका प्रतिनिधिले पनि आईसीसीसी सँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै अगाडि बढ्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - २०:२०
काठमाडौं । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशील...
मंसिर २६ गते, २०८२ - २०:१७
नवलरासी । पश्चिम नवलपरासीको सुनवलमा आज बिहान टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनवल –४ को कृष्ण मन्दिर अगा...
मंसिर २६ गते, २०८२ - २०:१४
बाँके । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक दलहरुले जनताको मुद्दा उठाएनन्, विकास निर्माणमा भूमिका ख...
मंसिर २६ गते, २०८२ - २०:०७
चितवन । अगामी पुस १ गतेदेखि बाघ गणनाको काम थालिने भएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ‘व्लक’ बनाएर गणना गर्न लागिएको हो । यसँंगै बाघ भएका...
मंसिर २६ गते, २०८२ - २०:०४
मोरङ । कोशी प्रदेशको राजधानी विराटनगरमा–३ युवालाई खेलकुदप्रति आकर्षित गर्न देशकै ठूलो क्रिकेट एकेडेमी सञ्चालनमा आउने भएको छ । विराट स्पोर्टस् जोनले...
मंसिर २६ गते, २०८२ - २०:०१
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति भवनमा आज आयोजित...
मंसिर २६ गते, २०८२ - १९:५७
काठमाडौँ । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आउन तीन दिन बाँकी रहँदा ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा चहलपहल बाक्लिएको छ । बिहानैद...
मंसिर २६ गते, २०८२ - १९:५१
कैलाली । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते धनगढीस्थित कैलाली जिल्ला अदालत र कारागार कार्यालयमा तोडफोड र आगजनी गरेको अभियोगमा १० जनाई पक्राउ गरिएको...
मंसिर २६ गते, २०८२ - १९:४६
ताप्लेजुङ । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले समाजवादी क्रान्तिलाई पुरा गर्न पार्टी एकता गरिएको बताए । ब...
मंसिर २६ गते, २०८२ - १९:३८
बैङ्कक । कम्बोडियासँग चलिरहेको सीमा झडपमा नौ थाई सैनिकको मृत्यु हुनुका साथै १२० भन्दा बढी घाइते भएको थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरासान्ट कोङ्सिरी...




प्रतिकृया लेख्नुहोस्: