Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

आईसीसीसी क्यानडा समिटमा तीन सय बढी विद्यार्थी सहभागी

खबरडबली संवाददाता

काठमाडौं । ‘क्यानडा समिट २०२५’  सम्पन्न भएको छ । बिहीबार संस्थाको पुतलीसडक कार्यालयमा आयोजित कार्यक्रम तीन सय बढी विद्यार्थीको क्यानडा अध्ययन सम्बन्धी जिज्ञासा मेटाउँदै समिट सकिएको हो । 

आईसीसीसीका एमडी राम खड्काका अनुसार समिटले क्यानडा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि महत्त्वपूर्ण ज्ञान र अवसर प्रदान गरेको छ । समिटमा क्यानडाका प्रसिद्ध शैक्षिक संस्था सेन्टेनियल कलेज, लेकहेड युनिभर्सिटी, एसएआईटी, दरहम कलेज, सेनेका पोलिटेक्निक र जर्जियन कलेजका प्रतिनिधिसँग अन्तरक्रियाको अवसर सहभागीले पाएका थिए । 

उनीहरूले क्यानडाको भिसा प्रक्रियाबारे जानकारी प्राप्त गर्नुका साथै विशेषज्ञसँग आफ्ना शैक्षिक योजनामा मार्गदर्शन लिएका थिए । कार्यक्रममा सहभागी विद्यार्थीले समिटले आफूहरूलाई क्यानडा अध्ययन सम्बन्धी महत्त्वपूर्ण जानकारी उपलब्ध गराएको भन्दै खुसी व्यक्त गरेका छन् । 

‘धेरै परामर्शदाताले विदेश जानका लागि मात्रै प्रेरित गर्ने गरेका छन् । तर, आईसीसीसीले भने क्यानडाको वास्तविक अवस्था जानकारी गराई तयारी गराएको छ,’ उनीहरूले भने । क्यानडामा अध्ययन गर्नका लागि आईसीसीसी उत्कृष्ट छनोट रहेको उनीहरूको साझा धारणा छ ।

कार्यक्रममा सहभागी कलेजका प्रतिनिधिले पनि आफूहरूले अपेक्षा गरेभन्दा धेरै उत्साहित सहभागी भेटेकोमा खुसी व्यक्त गरे । कार्यक्रममा उपस्थित बिद्यार्थीले आफ्नो अध्ययन र करियरका लागि सधैँ चासो राख्ने विषयमाथि गहन प्रश्न सोधेका थिए ।

यस्तो कार्यक्रमले सही दिशा प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने समिटमा उपस्थित विद्यार्थीले बताए । आईसीसीसीले भविष्यमा यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउन निरन्तर काम गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । कलेजका प्रतिनिधिले पनि आईसीसीसी सँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै अगाडि बढ्ने बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: