काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले बेग्लाबेग्लै भेट गरेका छन् । दुवै नेताहरू प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।
राप्रपाका अध्यक्ष लिङ्देनले प्रधानमन्त्री ओलीलाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको निमन्त्रणा दिएका छन् । राप्रपाले हरेक वर्ष पुस २७ गते पृथ्वी जयन्तीलाई उत्सवका रूपमा मनाउँदै आएको छ ।
प्रधानमन्त्रीसँगको भेटको फोटो राख्दै लिङ्देनले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा पुस २७ गते राप्रपाद्वारा भृकुटी मण्डपमा आयोजना हुने चियापान कार्यक्रममा निमन्त्रणा दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग लामो समयपछि हिजो साँझ भेटघाट भयो ।’
उनले भेटका क्रममा प्रधानमन्त्रीसँग विविध पक्षमा लामै कुराकानी भएको उल्लेख गरेका छन् । राप्रपाले पृथ्वी जयन्तीमा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री ओलीसहित सबै शीर्ष नेताहरूलाई निमन्त्रण दिएको छ । यसअघि लिङ्देन कांग्रेस सभापति शेरबहादुर देउवाकहाँ पनि पुगेका थिए ।
त्यसो त प्रधानमन्त्रीसँग लिङ्देनले भेटेको भोलिपल्टै राप्रपा नेपालका अध्यक्ष थापा पनि बालुवाटार पुगे । भेटघाटको क्रममा प्रधानमन्त्री ओली र थापाबीच देशको समसामयिक विषयमा छलफल भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले बताए ।
प्रधानमन्त्री ओलीद्वारा सहमतिको आधारमा संविधान संशोधन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
आफूले २०८७ मा संविधान संसोधनको कुरा गरेको विषयमा स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले संसदमा रहेका कतिपय दलहरूले संशोधन गर्न नदिने बताइरहेको सन्दर्भमा सहमति बनाउन समय लाग्ने देखिएको र त्यस्तो अवस्थामा संशोधन पछि धकेलिन सकिने प्रधानमन्त्री ओलीको भनाइ थियो ।
सो अवसरमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश अहिले गम्भीर संकटबाट गुज्रिरहेकोबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको बताए । सो क्रममा प्रधानमन्त्री ओलीले सहमतिको आधारमा संविधान संशोधन गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिएको बर्तौलाको भनाइ छ । संसदमा रहेका कतिपय दलहरु नै संशोधन गर्न नदिने बताइरहेको सन्दर्भमा सहमति बनाउन समय लागे संशोधन पछि धकेलिन सक्ने आफ्नो धारणा रहेको ओलीले बताएका थिए ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश अहिले गंभीर संकटबाट गुज्रिरहेकोले सुझबुझपूर्ण रूपमा अघि बढ्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए । गएको महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि थापाले पार्टी फोडेर राप्रपा नेपाल गठन गरेका थिए । यद्यपि, अहिले फेरि उनी एकताको लागि लचक बनेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २७ गते, २०८३ - १०:३०
'म सधैं तिम्रो पक्षमा बोल्नेछु, लाखौँ युवाका लागि रोजगारीको आवाज उठाइरहनेछु'
आषाढ़ २७ गते, २०८३ - १०:१६
बुद्धनगरमा ४५ वर्षीय आश्विन राउतले पनि लगाए शरीरमा आगो
आषाढ़ २७ गते, २०८३ - १०:१५
काठमाडौं । काठमाडौंको बुद्धनगरमा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान आफ्नौ शरीरमा आगो लगाएका हुन् । काठमाडौं ...
आषाढ़ २७ गते, २०८३ - ०९:५८
दाङ । दाङमा जनप्रतिनिधिले शिक्षा अधिकृतलाई मोबिल खन्याइदिएका छन् । घोराहीस्थित पद्मोदय माविको विद्यालय व्यवस्था समितिको निर्वाचन गैरकानुनी ढंगबाट ग...
आषाढ़ २७ गते, २०८३ - ०९:२१
सङ्खुवासभा । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले हुलाक सेवामार्फत राहदानी घरघरमा पुर्याउने अभियान सुरु गरेसँगै हालसम्म ११० जनाले सेवा लिएका छन् । ज...
आषाढ़ २७ गते, २०८३ - ०९:१८
सङ्खुवासभा । सिँचाइ अभावका कारण असार सकिन लाग्दा पनि सङ्खुवासभामा २५ प्रतिशतमात्र रोपाइँ भएको छ । यसअघि माथिल्लो क्षेत्रमा असारको अन्तिम सातासम्म र तल...
आषाढ़ २७ गते, २०८३ - ०९:१०
त्रिपुरेश्वरको सडकमा एउटा सपना आगो बन्यो, राहदानीको पर्खाइभन्दा पीडा धेरै भारी भयो। गणेशले केवल शरीर जलाएन, उसले राज्यलाई एउटा प्रश्न छोड्यो "...
आषाढ़ २७ गते, २०८३ - ०९:०७
काठमाडौँ । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री तथा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं प्रवर्द्धक महावीर पुनले आगामी एक वर्षसम्म सामाजिक सञ्जाल...
आषाढ़ २७ गते, २०८३ - ०८:५५
काठमाडौं । त्रिपुरेश्वरमा गणेश नेपालीको आत्मदाह प्रयास र उपचारकै क्रममा मृत्यु भएको घटनाको पीडा सेलाउन नपाउँदै सर्लाहीमा फेरि अर्को आत्मदाह प्रयासको घ...
आषाढ़ २७ गते, २०८३ - ०८:४४
काठमाडौं । सरकार गठनको सुरुवाती चरणमा उद्योगी–व्यवसायीमाथि लगातार भएको पक्राउ, अनुसन्धान र कडा सरकारी कदमले निजी क्षेत्रमा गहिरो त्रास सिर्जना गरेको थ...



प्रतिकृया लेख्नुहोस्: