Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

प्रधानमन्त्री ओलीसँग लिङ्देनले भेटेकै भाेलीपल्ट थापाकाे भेट, के भयो कुराकानी ?

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले बेग्लाबेग्लै भेट गरेका छन् । दुवै नेताहरू प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

राप्रपाका अध्यक्ष लिङ्देनले प्रधानमन्त्री ओलीलाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको निमन्त्रणा दिएका छन् । राप्रपाले हरेक वर्ष पुस २७ गते पृथ्वी जयन्तीलाई उत्सवका रूपमा मनाउँदै आएको छ ।

प्रधानमन्त्रीसँगको भेटको फोटो राख्दै लिङ्देनले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा पुस २७ गते राप्रपाद्वारा भृकुटी मण्डपमा आयोजना हुने चियापान कार्यक्रममा निमन्त्रणा दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग लामो समयपछि हिजो साँझ भेटघाट भयो ।’

उनले भेटका क्रममा प्रधानमन्त्रीसँग विविध पक्षमा लामै कुराकानी भएको उल्लेख गरेका छन् । राप्रपाले पृथ्वी जयन्तीमा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री ओलीसहित सबै शीर्ष नेताहरूलाई निमन्त्रण दिएको छ । यसअघि लिङ्देन कांग्रेस सभापति शेरबहादुर देउवाकहाँ पनि पुगेका थिए ।

त्यसो त प्रधानमन्त्रीसँग लिङ्देनले भेटेको भोलिपल्टै राप्रपा नेपालका अध्यक्ष थापा पनि बालुवाटार पुगे । भेटघाटको क्रममा प्रधानमन्त्री ओली र थापाबीच देशको समसामयिक विषयमा छलफल भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले बताए ।

प्रधानमन्त्री ओलीद्वारा सहमतिको आधारमा संविधान संशोधन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

आफूले २०८७ मा संविधान संसोधनको कुरा गरेको विषयमा स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले संसदमा रहेका कतिपय दलहरूले संशोधन गर्न नदिने बताइरहेको सन्दर्भमा सहमति बनाउन समय लाग्ने देखिएको र त्यस्तो अवस्थामा संशोधन पछि धकेलिन सकिने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

सो अवसरमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश अहिले गम्भीर संकटबाट गुज्रिरहेकोबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको बताए । सो क्रममा प्रधानमन्त्री ओलीले सहमतिको आधारमा संविधान संशोधन गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिएको बर्तौलाको भनाइ छ । संसदमा रहेका कतिपय दलहरु नै संशोधन गर्न नदिने बताइरहेको सन्दर्भमा सहमति बनाउन समय लागे संशोधन पछि धकेलिन सक्ने आफ्नो धारणा रहेको ओलीले बताएका थिए । 

 

राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश अहिले गंभीर संकटबाट गुज्रिरहेकोले सुझबुझपूर्ण रूपमा अघि बढ्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए । गएको महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि थापाले पार्टी फोडेर राप्रपा नेपाल गठन गरेका थिए । यद्यपि, अहिले फेरि उनी एकताको लागि लचक बनेका छन् ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिलु : काठमाडौं उपत्यकाको प्रेम, श्रद्धा र सांस्कृतिक धरोहर

काठमाडौं उपत्यकाको जीवन, संस्कृति र संगीतमा जहाँ–जहाँ पाइला टर्छ, त्यहीँ कतै ‘सिलु’ नामको कथा अनिवार्य रूपमा उपस्थित हुन्छ। यो कथा केवल प्रेमी दम्पतीक...

उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले राजीनामा दिइन्

हेटौँडा। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टीको न...

कालीमाटी बजारमा आजका तरकारी–फलफूल मूल्य अपडेट

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी र फलफूलको थोक मूल्य तोकेको छ। मूल्य सूची किसान, व्यापारी र उपभोक्ताले ...

ढेबुवा–तीनखण्डे जोड्ने पुलको अभावले सिर्जना गरेको चुनौती, सुनकोशी पार गर्ने बालबालिकाको जोखिमपूर्ण यात्रा

ओखलढुंगा । ओखलढुंगाको ढेबुवा, बिहान ५ बजे। सुनकोशी नदी किनारमा स–साना विद्यार्थीहरू भेला हुन्छन्। उनीहरूको विद्यालयको बाटो मात्र १० मिनेटको दूरीमा भए ...

फापरखेतको पहिरो : बेलिब्रिजको योजना अन्यौलमा, स्थानीय जीवन जोखिममा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पहिरोले बारम्बार संकटमा पारिरहेको छ। सडकको खतर...

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि दुई महिना बन्द हुने

ललितपुर ।  आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमा...

मधेशीय राजनीति हल्लिएको दिन : कांग्रेस–एमाले नेतृत्व असम्भव भन्ने विश्वास सरोज–श्रीकृष्णले भत्काए

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रदेशको राजनीतिक यथार्थमा आएको नयाँ परिवर्तनलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गरेका छन् । सामाजिक...

पूर्वी नवलपरासीको सामुदायिक वनमा ८ मृग मृत फेला, निकुञ्जले विस्तृत अनुसन्धान सुरू

नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१३ स्थित मातृभूमि मध्यवर्ती सामुदायिक वन क्षेत्रमा ८ वटा मृग मृतावस्थामा फेला परेका छन्। एकैपटक यति ठूल...

हेटौंडामा बिहानैदेखि भत्काउन थालियो सडक छेउका घर तथा संरचना

मकवानपुर । सडक डिभिजन हेटौंडाले आज बिहानैबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका लागि घर र संरचना भत्काउन सुरु गरेको छ। सडक डिभिजनले ५ मंसिरमा १५ दिने...

मधेशका मुख्यमन्त्रीको शपथ आइतबार

काठमाडौं ।  मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार हुने भएको छ। यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending