काठमाडौं । नेपाल बिमा प्राधिकरणको अध्यक्षका निम्ति आवेदन आह्वान गरिएको छ । प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिको निम्ति गठित सिफारिस समितिले १५ दिनको अवधि राखेर आवेदन खुला गरेको होे ।
समितिले बिमा ऐन, २०७९ को दफा ८ को उपदफा (१) (क) बमोजिम योग्यता पुगेका व्यक्तिबाट आवेदन माग गरेको छ । अध्यक्षका निम्ति बिमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा त्यससरहको उपाधि हासिल गरेको हुनुपर्ने उक्त दफामा प्रावधान छ ।
यस्तै, आवेदन दिन सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्यानुभव हासिल गरेको हुनुपर्नेछ ।
आवेदनका निम्ति सात हजार ५०० रुपैयाँ दस्तुर तोकिएको छ । आवेदकले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र आवेदन बुझाउनुपर्नेछ ।
यही पुस ९ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो । सदस्यमा अर्थसचिव डा। रामप्रसाद घिमिरे र ज्योतिचन्द्र ओझा छन् ।
हालका अध्यक्ष सूर्य सिलवालमाथि नागरिकता किर्तेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि उनी पदमुक्त भएका थिए । अर्थ मन्त्रालयले अर्को अध्यक्ष नियुक्त नभएसम्मका निम्ति सहसचिव मदन दहाललाई अध्यक्षका रूपमा पठाएको छ । सिलवालको कार्यकाल आउँदो माघ १९ गते सकिँदै छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २७ गते, २०८३ - १०:३०
'म सधैं तिम्रो पक्षमा बोल्नेछु, लाखौँ युवाका लागि रोजगारीको आवाज उठाइरहनेछु'
आषाढ़ २७ गते, २०८३ - १०:१६
बुद्धनगरमा ४५ वर्षीय आश्विन राउतले पनि लगाए शरीरमा आगो
आषाढ़ २७ गते, २०८३ - १०:१५
काठमाडौं । काठमाडौंको बुद्धनगरमा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान आफ्नौ शरीरमा आगो लगाएका हुन् । काठमाडौं ...
आषाढ़ २७ गते, २०८३ - ०९:५८
दाङ । दाङमा जनप्रतिनिधिले शिक्षा अधिकृतलाई मोबिल खन्याइदिएका छन् । घोराहीस्थित पद्मोदय माविको विद्यालय व्यवस्था समितिको निर्वाचन गैरकानुनी ढंगबाट ग...
आषाढ़ २७ गते, २०८३ - ०९:२१
सङ्खुवासभा । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले हुलाक सेवामार्फत राहदानी घरघरमा पुर्याउने अभियान सुरु गरेसँगै हालसम्म ११० जनाले सेवा लिएका छन् । ज...
आषाढ़ २७ गते, २०८३ - ०९:१८
सङ्खुवासभा । सिँचाइ अभावका कारण असार सकिन लाग्दा पनि सङ्खुवासभामा २५ प्रतिशतमात्र रोपाइँ भएको छ । यसअघि माथिल्लो क्षेत्रमा असारको अन्तिम सातासम्म र तल...
आषाढ़ २७ गते, २०८३ - ०९:१०
त्रिपुरेश्वरको सडकमा एउटा सपना आगो बन्यो, राहदानीको पर्खाइभन्दा पीडा धेरै भारी भयो। गणेशले केवल शरीर जलाएन, उसले राज्यलाई एउटा प्रश्न छोड्यो "...
आषाढ़ २७ गते, २०८३ - ०९:०७
काठमाडौँ । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री तथा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं प्रवर्द्धक महावीर पुनले आगामी एक वर्षसम्म सामाजिक सञ्जाल...
आषाढ़ २७ गते, २०८३ - ०८:५५
काठमाडौं । त्रिपुरेश्वरमा गणेश नेपालीको आत्मदाह प्रयास र उपचारकै क्रममा मृत्यु भएको घटनाको पीडा सेलाउन नपाउँदै सर्लाहीमा फेरि अर्को आत्मदाह प्रयासको घ...
आषाढ़ २७ गते, २०८३ - ०८:४४
काठमाडौं । सरकार गठनको सुरुवाती चरणमा उद्योगी–व्यवसायीमाथि लगातार भएको पक्राउ, अनुसन्धान र कडा सरकारी कदमले निजी क्षेत्रमा गहिरो त्रास सिर्जना गरेको थ...



प्रतिकृया लेख्नुहोस्: