काठमाडौं । नेपाल बिमा प्राधिकरणको अध्यक्षका निम्ति आवेदन आह्वान गरिएको छ । प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिको निम्ति गठित सिफारिस समितिले १५ दिनको अवधि राखेर आवेदन खुला गरेको होे ।
समितिले बिमा ऐन, २०७९ को दफा ८ को उपदफा (१) (क) बमोजिम योग्यता पुगेका व्यक्तिबाट आवेदन माग गरेको छ । अध्यक्षका निम्ति बिमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा त्यससरहको उपाधि हासिल गरेको हुनुपर्ने उक्त दफामा प्रावधान छ ।
यस्तै, आवेदन दिन सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्यानुभव हासिल गरेको हुनुपर्नेछ ।
आवेदनका निम्ति सात हजार ५०० रुपैयाँ दस्तुर तोकिएको छ । आवेदकले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र आवेदन बुझाउनुपर्नेछ ।
यही पुस ९ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो । सदस्यमा अर्थसचिव डा। रामप्रसाद घिमिरे र ज्योतिचन्द्र ओझा छन् ।
हालका अध्यक्ष सूर्य सिलवालमाथि नागरिकता किर्तेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि उनी पदमुक्त भएका थिए । अर्थ मन्त्रालयले अर्को अध्यक्ष नियुक्त नभएसम्मका निम्ति सहसचिव मदन दहाललाई अध्यक्षका रूपमा पठाएको छ । सिलवालको कार्यकाल आउँदो माघ १९ गते सकिँदै छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - १०:४१
काठमाडौं उपत्यकाको जीवन, संस्कृति र संगीतमा जहाँ–जहाँ पाइला टर्छ, त्यहीँ कतै ‘सिलु’ नामको कथा अनिवार्य रूपमा उपस्थित हुन्छ। यो कथा केवल प्रेमी दम्पतीक...
मंसिर २१ गते, २०८२ - १०:३५
हेटौँडा। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टीको न...
मंसिर २१ गते, २०८२ - १०:३१
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी र फलफूलको थोक मूल्य तोकेको छ। मूल्य सूची किसान, व्यापारी र उपभोक्ताले ...
मंसिर २१ गते, २०८२ - १०:२७
ओखलढुंगा । ओखलढुंगाको ढेबुवा, बिहान ५ बजे। सुनकोशी नदी किनारमा स–साना विद्यार्थीहरू भेला हुन्छन्। उनीहरूको विद्यालयको बाटो मात्र १० मिनेटको दूरीमा भए ...
मंसिर २१ गते, २०८२ - १०:२४
म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पहिरोले बारम्बार संकटमा पारिरहेको छ। सडकको खतर...
मंसिर २१ गते, २०८२ - १०:१६
ललितपुर । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमा...
मंसिर २१ गते, २०८२ - ०९:५९
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रदेशको राजनीतिक यथार्थमा आएको नयाँ परिवर्तनलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गरेका छन् । सामाजिक...
मंसिर २१ गते, २०८२ - ०८:३५
नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१३ स्थित मातृभूमि मध्यवर्ती सामुदायिक वन क्षेत्रमा ८ वटा मृग मृतावस्थामा फेला परेका छन्। एकैपटक यति ठूल...
मंसिर २१ गते, २०८२ - ०८:०५
मकवानपुर । सडक डिभिजन हेटौंडाले आज बिहानैबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका लागि घर र संरचना भत्काउन सुरु गरेको छ। सडक डिभिजनले ५ मंसिरमा १५ दिने...
मंसिर २१ गते, २०८२ - ०७:५५
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार हुने भएको छ। यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्...




प्रतिकृया लेख्नुहोस्: