Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

अझै टुङ्गिएन अखिल क्रान्तिकारीको उमेरहद विवाद

समाधान गर्ला त छानबिन समितिले ?

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीमा ३२ वर्ष उमेरहद र खुला पक्षधरबिच विवाद उत्कर्षमा पुगेको छ ।

नेतृत्वका लागि उमेरहद लगाउने कि नलगाउने भन्ने विषयको टुंगो लगाउन पुस १३ गते भएको निर्वाचनमा पराजित भएका खुला पक्षधरले धाँधली भएको आरोप लगाएका छन् । उनीहरूले पार्टीकै केही शीर्ष नेताको निर्देशनमा निर्वाचन धाँधली भएको आरोप लगाउँदै आएका छन् । खुला पक्षधरले निर्वाचन समितिको निष्पक्ष भूमिकामाथि पनि प्रश्न उठाएका छन् । दुई पक्षबिचको विवाद सामाजिक सञ्जालमा पनि छरपस्ट भइरहेको छ ।

संगठनभित्रको विवाद गम्भीर बन्दै गएपछि पार्टीले छानबिन समिति बनाउने निर्णय गरेको छ । पुस २३ गते सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले संगठनभित्रको विवाद समाधानका लागि छानबिन समिति गठन गर्ने निर्णय ग¥यो । उमेरहदबाट बाहिरिएका नेताहरूलाई पार्टीले नै व्यवस्थापन गर्ने बैठकले निर्णय गरेको थियो ।

पार्टीको तर्फबाट गठन भएको छानबिन समितिले विवाद समाधान दिने संगठनका फ्याक्सन इन्चार्ज हिमाल शर्माले विश्वास व्यक्त गरे ।  ‘पार्टीले नै संगठनभित्रको विवाद समाधानका लागि छानबिन समिति गठन गर्ने निर्णय गरिसकेको छ । निर्धारित समयमै बाँकी निर्वाचन प्रक्रिया अगाडि बढ्छ । छानबिन पश्चात नेतृत्व हस्तान्तरणको प्रक्रिया पनि सहज रूपमा हुन्छ,’ शर्माले भने, ‘उमेरहदबाट बाहिरिएका नेताहरूको व्यवस्थापनका लागि पनि छानबिन समितिले नै सुझाव दिन्छ ।’

प्रदेशमा ३२ वर्षमाथिका नेताहरू निर्वाचित भएर आइसकेको अवस्थामा कसरी सन्तुलन गर्ने भन्ने विषयमा पनि छानबिन समितिले निष्कर्ष दिने शर्माले बताए । संगठनको विधान अनुसार प्रदेशका अध्यक्ष केन्द्रीय समितिमा सचिवसरह हुने भनिएको छ । तर केन्द्रमा ३२ वर्ष मुनिका नेताहरू निर्वाचित भएपछि उनीहरूको व्यवस्थापन कसरी गर्ने भन्ने प्रश्नको जवाफमा शर्माले उपाध्यक्षसरह बनाउन सकिने गरी व्यवस्थापन गर्न सकिने बताए । यद्यपि यी समग्र समस्याको समाधानका लागि पार्टीले निर्देशिका नै जारी गर्न सक्ने उनको भनाइ छ । क्रान्तिकारीका निवर्तमान उपाध्यक्ष पवन कार्कीले बाहिरी वर्गीय संघर्ष र आन्तरिक संघर्ष फरक विषय भएकाले आन्तरिक जनवादमा हस्तक्षेप गर्ने, धाँधली गर्ने कुरा आगामी दिनमा नहोस् भन्नका लागि सचेत गराएको दाबी गरे ।

‘संगठनमा ३२ वर्ष उमेरहद लगाउने विषयमा हाम्रो कुनै असहमति छैन । यो निर्वाचनबाट पाठ सिक्नुपर्छ । जो–जो नेताहरू प्रत्यक्ष रूपमा प्रभावित गर्न लागे उनीहरूलाई पार्टीले छानबिनको दायरामा ल्याउनुपर्छ’, उनले भने, ‘संगठनलाई एउटा विधिमा ढाल्नुपर्छ । उमेरमात्र सबै कुरा होइन । आयोगमा परेको उजुरीउपर कि छानबिन गर्नुपर्छ, कि खारेज गर्नुपर्छ, कि फिर्ता लिनुपर्छ ।’

यो कुनै पनि प्रक्रिया निर्वाचन समितिले पूरा गरेको नदेखिएको भन्दै कार्कीले अर्को निर्वाचन समिति बनाउनुपर्ने जिकिर गरे । गलत अभ्यास सिकाएर नयाँ पुस्तामा झन् समस्या थोपर्ने काम पार्टीले गर्न नहुने उनको तर्क छ । प्रदेशका अध्यक्षलाई केन्द्रमा उपाध्यक्षसरह बनाएर जाँदा पनि सन्तुलन कायम नहुने कार्कीले बताए ।

अर्का निवर्तमान उपाध्यक्ष मदन भुलले पार्टीको निर्णय मानेर जान तयार भएको बताए । तर निर्वाचनमा धाँधली भएको विषयमा परेको उजुरीमाथि छानबिन समितिले रिपोर्ट नदिएसम्म समाधान नहुने उनको तर्क छ ।

‘हामी पार्टीको निर्णय मानेर जान तयार छौँ । उमेरहदको विरोधी पनि होइनौँ । तर, निर्वाचनमा जुन प्रकारको धाँधली भएको छ, त्यो छानबिन हुनुपर्छ भन्ने हाम्रो माग हो । समाधानको उपायबारे छानबिन समितिले के रिपोर्ट दिन्छ रु त्यसपछि मात्र निर्वाचन प्रक्रिया अगाडि बढ्छ’, भुलले भने । 

भुलले उमेरहद लागु भएमा निवर्तमान पदाधिकारीसहित करिब एक हजार नेता बाहिरिने दाबी गरे ।  निर्वाचन परिणाम अनुसार ३२ वर्ष उमेरहद पक्षधरले खुला पक्षधरलाई २१ मतान्तरले पराजित गरेको थियो । दुई हजार ३९८ मतदातामध्ये एक हजार ७८९ मत खसेको थियो । खुला पक्षधरले ९०० मत पाउँदा ३२ वर्ष उमेरहद पक्षधरले ८७९ मत पाएको थियो । दश मत बदर भएको थियो । 

नेतृत्व छनोटका लागि दोस्रो चरणको निर्वाचन माघ ५ गतेबाट सुरू हुँदैछ । माघ १२ गते सबै प्रदेशमा एक साथ निर्वाचन गर्ने निर्णय भएको छ । यसअघि असोज १० देखि १५ गतेसम्म त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा भएको २३ औँ राष्ट्रिय सम्मलेन उमेरहद विवादका कारण स्थगित भएको थियो । पार्टीको विधानमा जबस÷मोर्चा स्वायत्त हुने भनिएको छ । तर आन्तरिक समस्या क्रान्तिकारीले समाधान गर्न नसक्दा विवाद पार्टी पदाधिकारी, स्थायी समिति हुँदै केन्द्रीय समिति बैठकसम्म पुगेको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिलु : काठमाडौं उपत्यकाको प्रेम, श्रद्धा र सांस्कृतिक धरोहर

काठमाडौं उपत्यकाको जीवन, संस्कृति र संगीतमा जहाँ–जहाँ पाइला टर्छ, त्यहीँ कतै ‘सिलु’ नामको कथा अनिवार्य रूपमा उपस्थित हुन्छ। यो कथा केवल प्रेमी दम्पतीक...

उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले राजीनामा दिइन्

हेटौँडा। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टीको न...

कालीमाटी बजारमा आजका तरकारी–फलफूल मूल्य अपडेट

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी र फलफूलको थोक मूल्य तोकेको छ। मूल्य सूची किसान, व्यापारी र उपभोक्ताले ...

ढेबुवा–तीनखण्डे जोड्ने पुलको अभावले सिर्जना गरेको चुनौती, सुनकोशी पार गर्ने बालबालिकाको जोखिमपूर्ण यात्रा

ओखलढुंगा । ओखलढुंगाको ढेबुवा, बिहान ५ बजे। सुनकोशी नदी किनारमा स–साना विद्यार्थीहरू भेला हुन्छन्। उनीहरूको विद्यालयको बाटो मात्र १० मिनेटको दूरीमा भए ...

फापरखेतको पहिरो : बेलिब्रिजको योजना अन्यौलमा, स्थानीय जीवन जोखिममा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पहिरोले बारम्बार संकटमा पारिरहेको छ। सडकको खतर...

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि दुई महिना बन्द हुने

ललितपुर ।  आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमा...

मधेशीय राजनीति हल्लिएको दिन : कांग्रेस–एमाले नेतृत्व असम्भव भन्ने विश्वास सरोज–श्रीकृष्णले भत्काए

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रदेशको राजनीतिक यथार्थमा आएको नयाँ परिवर्तनलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गरेका छन् । सामाजिक...

पूर्वी नवलपरासीको सामुदायिक वनमा ८ मृग मृत फेला, निकुञ्जले विस्तृत अनुसन्धान सुरू

नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१३ स्थित मातृभूमि मध्यवर्ती सामुदायिक वन क्षेत्रमा ८ वटा मृग मृतावस्थामा फेला परेका छन्। एकैपटक यति ठूल...

हेटौंडामा बिहानैदेखि भत्काउन थालियो सडक छेउका घर तथा संरचना

मकवानपुर । सडक डिभिजन हेटौंडाले आज बिहानैबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका लागि घर र संरचना भत्काउन सुरु गरेको छ। सडक डिभिजनले ५ मंसिरमा १५ दिने...

मधेशका मुख्यमन्त्रीको शपथ आइतबार

काठमाडौं ।  मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार हुने भएको छ। यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending