Khabar Dabali २७ असार २०८३ शनिबार | 11th July, 2026 Sat
Investment bank

अझै टुङ्गिएन अखिल क्रान्तिकारीको उमेरहद विवाद

समाधान गर्ला त छानबिन समितिले ?

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीमा ३२ वर्ष उमेरहद र खुला पक्षधरबिच विवाद उत्कर्षमा पुगेको छ ।

नेतृत्वका लागि उमेरहद लगाउने कि नलगाउने भन्ने विषयको टुंगो लगाउन पुस १३ गते भएको निर्वाचनमा पराजित भएका खुला पक्षधरले धाँधली भएको आरोप लगाएका छन् । उनीहरूले पार्टीकै केही शीर्ष नेताको निर्देशनमा निर्वाचन धाँधली भएको आरोप लगाउँदै आएका छन् । खुला पक्षधरले निर्वाचन समितिको निष्पक्ष भूमिकामाथि पनि प्रश्न उठाएका छन् । दुई पक्षबिचको विवाद सामाजिक सञ्जालमा पनि छरपस्ट भइरहेको छ ।

संगठनभित्रको विवाद गम्भीर बन्दै गएपछि पार्टीले छानबिन समिति बनाउने निर्णय गरेको छ । पुस २३ गते सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले संगठनभित्रको विवाद समाधानका लागि छानबिन समिति गठन गर्ने निर्णय ग¥यो । उमेरहदबाट बाहिरिएका नेताहरूलाई पार्टीले नै व्यवस्थापन गर्ने बैठकले निर्णय गरेको थियो ।

पार्टीको तर्फबाट गठन भएको छानबिन समितिले विवाद समाधान दिने संगठनका फ्याक्सन इन्चार्ज हिमाल शर्माले विश्वास व्यक्त गरे ।  ‘पार्टीले नै संगठनभित्रको विवाद समाधानका लागि छानबिन समिति गठन गर्ने निर्णय गरिसकेको छ । निर्धारित समयमै बाँकी निर्वाचन प्रक्रिया अगाडि बढ्छ । छानबिन पश्चात नेतृत्व हस्तान्तरणको प्रक्रिया पनि सहज रूपमा हुन्छ,’ शर्माले भने, ‘उमेरहदबाट बाहिरिएका नेताहरूको व्यवस्थापनका लागि पनि छानबिन समितिले नै सुझाव दिन्छ ।’

प्रदेशमा ३२ वर्षमाथिका नेताहरू निर्वाचित भएर आइसकेको अवस्थामा कसरी सन्तुलन गर्ने भन्ने विषयमा पनि छानबिन समितिले निष्कर्ष दिने शर्माले बताए । संगठनको विधान अनुसार प्रदेशका अध्यक्ष केन्द्रीय समितिमा सचिवसरह हुने भनिएको छ । तर केन्द्रमा ३२ वर्ष मुनिका नेताहरू निर्वाचित भएपछि उनीहरूको व्यवस्थापन कसरी गर्ने भन्ने प्रश्नको जवाफमा शर्माले उपाध्यक्षसरह बनाउन सकिने गरी व्यवस्थापन गर्न सकिने बताए । यद्यपि यी समग्र समस्याको समाधानका लागि पार्टीले निर्देशिका नै जारी गर्न सक्ने उनको भनाइ छ । क्रान्तिकारीका निवर्तमान उपाध्यक्ष पवन कार्कीले बाहिरी वर्गीय संघर्ष र आन्तरिक संघर्ष फरक विषय भएकाले आन्तरिक जनवादमा हस्तक्षेप गर्ने, धाँधली गर्ने कुरा आगामी दिनमा नहोस् भन्नका लागि सचेत गराएको दाबी गरे ।

‘संगठनमा ३२ वर्ष उमेरहद लगाउने विषयमा हाम्रो कुनै असहमति छैन । यो निर्वाचनबाट पाठ सिक्नुपर्छ । जो–जो नेताहरू प्रत्यक्ष रूपमा प्रभावित गर्न लागे उनीहरूलाई पार्टीले छानबिनको दायरामा ल्याउनुपर्छ’, उनले भने, ‘संगठनलाई एउटा विधिमा ढाल्नुपर्छ । उमेरमात्र सबै कुरा होइन । आयोगमा परेको उजुरीउपर कि छानबिन गर्नुपर्छ, कि खारेज गर्नुपर्छ, कि फिर्ता लिनुपर्छ ।’

यो कुनै पनि प्रक्रिया निर्वाचन समितिले पूरा गरेको नदेखिएको भन्दै कार्कीले अर्को निर्वाचन समिति बनाउनुपर्ने जिकिर गरे । गलत अभ्यास सिकाएर नयाँ पुस्तामा झन् समस्या थोपर्ने काम पार्टीले गर्न नहुने उनको तर्क छ । प्रदेशका अध्यक्षलाई केन्द्रमा उपाध्यक्षसरह बनाएर जाँदा पनि सन्तुलन कायम नहुने कार्कीले बताए ।

अर्का निवर्तमान उपाध्यक्ष मदन भुलले पार्टीको निर्णय मानेर जान तयार भएको बताए । तर निर्वाचनमा धाँधली भएको विषयमा परेको उजुरीमाथि छानबिन समितिले रिपोर्ट नदिएसम्म समाधान नहुने उनको तर्क छ ।

‘हामी पार्टीको निर्णय मानेर जान तयार छौँ । उमेरहदको विरोधी पनि होइनौँ । तर, निर्वाचनमा जुन प्रकारको धाँधली भएको छ, त्यो छानबिन हुनुपर्छ भन्ने हाम्रो माग हो । समाधानको उपायबारे छानबिन समितिले के रिपोर्ट दिन्छ रु त्यसपछि मात्र निर्वाचन प्रक्रिया अगाडि बढ्छ’, भुलले भने । 

भुलले उमेरहद लागु भएमा निवर्तमान पदाधिकारीसहित करिब एक हजार नेता बाहिरिने दाबी गरे ।  निर्वाचन परिणाम अनुसार ३२ वर्ष उमेरहद पक्षधरले खुला पक्षधरलाई २१ मतान्तरले पराजित गरेको थियो । दुई हजार ३९८ मतदातामध्ये एक हजार ७८९ मत खसेको थियो । खुला पक्षधरले ९०० मत पाउँदा ३२ वर्ष उमेरहद पक्षधरले ८७९ मत पाएको थियो । दश मत बदर भएको थियो । 

नेतृत्व छनोटका लागि दोस्रो चरणको निर्वाचन माघ ५ गतेबाट सुरू हुँदैछ । माघ १२ गते सबै प्रदेशमा एक साथ निर्वाचन गर्ने निर्णय भएको छ । यसअघि असोज १० देखि १५ गतेसम्म त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा भएको २३ औँ राष्ट्रिय सम्मलेन उमेरहद विवादका कारण स्थगित भएको थियो । पार्टीको विधानमा जबस÷मोर्चा स्वायत्त हुने भनिएको छ । तर आन्तरिक समस्या क्रान्तिकारीले समाधान गर्न नसक्दा विवाद पार्टी पदाधिकारी, स्थायी समिति हुँदै केन्द्रीय समिति बैठकसम्म पुगेको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

'गणेश समाचार होइन, विद्रोहको प्रतीक हुन्' : हर्क साम्पाङको भावुक अभिव्यक्ति

'म सधैं तिम्रो पक्षमा बोल्नेछु, लाखौँ युवाका लागि रोजगारीको आवाज उठाइरहनेछु'

तीन दिनमा तीन आत्मदाह प्रयास : गणेशको मृत्युपछि पनि किन रोकिएन निराशाको आगो ?

बुद्धनगरमा ४५ वर्षीय आश्विन राउतले पनि लगाए शरीरमा आगो

एका विहानै बुद्धनगरमा अर्काे आत्मदाह प्रयास

काठमाडौं । काठमाडौंको बुद्धनगरमा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान आफ्नौ शरीरमा आगो लगाएका हुन् । काठमाडौं ...

दाङमा वडा सदस्यले अधिकृतलाई मोबिल छ्यापेपछि...

दाङ । दाङमा जनप्रतिनिधिले शिक्षा अधिकृतलाई मोबिल खन्याइदिएका छन् । घोराहीस्थित पद्मोदय माविको विद्यालय व्यवस्था समितिको निर्वाचन गैरकानुनी ढंगबाट ग...

तीन महिनामा ११० जनालाई हुलाकमार्फत राहदानी वितरण

सङ्खुवासभा ।  जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले हुलाक सेवामार्फत राहदानी घरघरमा पुर्‍याउने अभियान सुरु गरेसँगै हालसम्म ११० जनाले सेवा लिएका छन् । ज...

सिँचाइ अभाव हुँदा सङ्खुवासभामा २५ प्रतिशत मात्र रोपाइँ

सङ्खुवासभा । सिँचाइ अभावका कारण असार सकिन लाग्दा पनि सङ्खुवासभामा २५ प्रतिशतमात्र रोपाइँ भएको छ । यसअघि माथिल्लो क्षेत्रमा असारको अन्तिम सातासम्म र तल...

अधुरो देशको आगो

त्रिपुरेश्वरको सडकमा एउटा सपना आगो बन्यो, राहदानीको पर्खाइभन्दा पीडा धेरै भारी भयो। गणेशले केवल शरीर जलाएन, उसले राज्यलाई एउटा प्रश्न छोड्यो "...

सामाजिक सञ्जाल र पत्रकारलाई एक वर्ष अन्तर्वार्ता नदिने मन्त्री पुनको घोषणा

काठमाडौँ । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री तथा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं प्रवर्द्धक महावीर पुनले आगामी एक वर्षसम्म सामाजिक सञ्जाल...

गणेशपछि फेरि आत्मदाह प्रयास : सर्लाहीका २५ वर्षीय विवेकको शरीर ८५ प्रतिशत जल्यो, अवस्था अत्यन्तै गम्भीर

काठमाडौं । त्रिपुरेश्वरमा गणेश नेपालीको आत्मदाह प्रयास र उपचारकै क्रममा मृत्यु भएको घटनाको पीडा सेलाउन नपाउँदै सर्लाहीमा फेरि अर्को आत्मदाह प्रयासको घ...

धरपकडबाट संवादतिर प्रधानमन्त्री : १०० दिनपछि निजी क्षेत्रसँग ‘आइस–ब्रेक’

काठमाडौं । सरकार गठनको सुरुवाती चरणमा उद्योगी–व्यवसायीमाथि लगातार भएको पक्राउ, अनुसन्धान र कडा सरकारी कदमले निजी क्षेत्रमा गहिरो त्रास सिर्जना गरेको थ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending