काठमाडौं । चीनले बिहीबार नयाँ एमपक्स स्ट्रेनका पाँच वटा घटनाहरू रेकर्ड गरेको तर ‘प्रकोपलाई प्रभावकारी रूपमा नियन्त्रण गरिएको’ बताएको छ ।
एमपक्स जनावरबाट मानिसमा सर्ने भाइरसबाट हुन्छ तर नजिकको शारीरिक सम्पर्कबाट पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिन सक्छ । यसले ज्वरो, मांसपेशी दुख्ने र छालामा ठूला फोका जस्ता घाउ निम्त्याउँछ र यो घातक हुनसक्छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले अगस्टमा यस भाइरसलाई लिएर विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको थियो र प्रजातान्त्रिक गणतन्त्र कङ्गो ९डिआरसी० मा भएको प्रकोपपछि नोभेम्बरमा यसलाई नवीकरण गरेको थियो । कङ्गोमा यसले एक हजारभन्दा बढी मानिसको ज्यान लिएको छ ।
डब्लुएचओको अगस्टको घोषणाको दुई दिनपछि चीनले आगामी छ महिनाभित्र देशमा प्रवेश गर्ने मानिसहरूलाई एमपोक्सका लागि जाँच गर्ने घोषणा गरेको थियो ।
चिनियाँ स्वास्थ्य अधिकारीहरूले बिहीबार एमपक्स स्ट्रेन क्लेड १बी को समूहगत प्रकोप फेला परेको बताए । यसको सङ्क्रमणको स्रोत डिआरसीमा बसोबास गरेको रेकर्ड भएको व्यक्ति भएको विश्वास गरिएको छ ।
बिरामीसँग नजिकको सम्पर्क भएका चार व्यक्ति यस स्ट्रेनबाट सङ्क्रमित भएको पाइएको र उनीहरूमा डाबर र फोकाको अपेक्षाकृत हल्का लक्षणहरू देखिएको चिनियाँ रोग नियन्त्रण र रोकथाम केन्द्रले विज्ञप्तिमा बताएको छ ।
“सङ्क्रमित र जोखिममा रहेका व्यक्तिहरूले चिकित्सा उपचार र स्वास्थ्य निगरानी प्राप्त गरिरहेका छन् र प्रकोपलाई प्रभावकारी रूपमा नियन्त्रण गरिएको छ”, विज्ञप्तिमा उल्लेख छ ।
हालसम्म अन्य सम्पर्कहरूमा कुनै केस फेला नपरेको स्वास्थ्य निकायले जनाएको छ ।
डब्लुएचओका अनुसार सन् २०२२ देखि १२० भन्दा बढी देशमा एमपक्सका केसहरू रिपोर्ट गरिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २० गते, २०८२ - १२:०५
काठमाडौं । आफूलाई बिहान शनिश्चरे अस्पताल पुर्याएसँगै फर्किएर खाना खाएर जागिरमा हिँडेको छोरो साँझ मृत अवस्थामा देख्दा पत्याउनै मुस्किल थियो। जेनजी आन्द...
मंसिर २० गते, २०८२ - १२:०२
काभ्रे । अपाङ्गता भएका व्यक्तिहरूका लागि सार्वजनिक यातायात अझै सहज छैन। बनेपाका दृष्टिविहिन मिलन विश्वकर्मा र धुलिखेलका स्पाइनल इन्जुरी भोगिरहेका कृष्...
मंसिर २० गते, २०८२ - ११:५७
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको ...
मंसिर २० गते, २०८२ - ११:२८
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचन आयोग र राजनीतिक दलका प्रतिनिधिहरूको छलफलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र केन्द्री...
मंसिर २० गते, २०८२ - ११:२०
काठमाडाैं । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियामा दलित क्लस्टरलाई अलग्गै राखेर मतदान गराइएको भन्दै दलित नेतासहित केही कार्यकर...
मंसिर २० गते, २०८२ - ११:१३
काठमाडौं। आगामी निर्वाचनको तयारीबारे जानकारी गराउन निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई सर्वपक्षीय बैठकमार्फत ब्रिफिङ दिन लागेको छ। शुक्रबार द...
मंसिर २० गते, २०८२ - ११:११
राजविराज । सप्तरीको राजविराज नगरपालिका–९ मलेठमा नेपाल खानेपानी संस्थानले एक करोडभन्दा बढी खर्च गरेर निर्माण गरेको पम्प स्टेसन ६ वर्ष बितिसक्दा पनि सञ्...
मंसिर २० गते, २०८२ - ११:०७
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकाभित्र पर्ने महेन्द्र र त्रिभुवन राजमार्गको सडक सीमा (केन्द्र रेखादेखि २५–२५ गज) भित्र रहेका घर, टहरा र ...
मंसिर २० गते, २०८२ - ११:०३
बाजुरा । बाजुराकाे स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा रु दुई करोड ३६ लाख ६० हजार ३२६ खर्चेर बनाइएका भवन चार वर्षदेखि प्रयोगविहीन छन्। पालिकाले ती...
मंसिर २० गते, २०८२ - १०:५३
काठमाडौं । लगातार दुई वर्षदेखिको भीषण बाढी–पहिरोले क्षतिग्रस्त बनेको बीपी राजमार्गको पुनर्निर्माण तीव्र गतिमा अघि बढेको छ। रोशी नदीमा आएको बाढीले काभ्...




प्रतिकृया लेख्नुहोस्: