Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

परिश्रमी वडाध्यक्ष जनताको सेवासँगै तरकारी खेती मोह

खबरडबली संवाददाता

कञ्चनपुर । शुक्लाफाँटा ३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी साँझ अबेरसम्म बारीमा तरकारी टिप्नमा व्यस्त हुन्छन् । साँझ टिपेको तरकारी बिहानीपख मोटरसाइकलमा राखेर बजारसम्म पुर्‍याएर बेच्छन् ।

यो कार्य उनले तीन वर्षदेखि निरन्तर रूपमा गर्दै आएका छन् । दिउँसोपख भने अधिकांश समय चौधरीको वडाको कार्यमा बित्ने गर्छ । तरकारी खेतीले घर खर्च चलाउन सहज भएकाले निरन्तर रूपमा अपनाउँदै आएको उनी बताउँछिन् ।

चौधरी तरकारी खेतीमा जस्तै जनताको सुखदुःखमा साथ दिने वडाध्यक्षका रूपमा परिचित छन् । त्यही भएर उनलाई दोस्रो कार्यकालका लागि पनि वडाध्यक्षमा जनताले चुनेका हुन् ।

बिदाका दिन वडाको काम नपरे उनी दिनभर तरकारीका बिरूवा रोप्ने, गोडमेल गर्ने, मल राख्ने, सिंचाइ गर्ने कार्यमा बिताउँछन् । उनकी श्रीमतीले पनि तरकारी रोप्नेदेखि टिप्ने, बोक्ने कार्यमा चौधरीलाई सघाउँछिन् । वडाध्यक्षले वार्षिक पाँच लाख रुपैयाँ जत्तिको तरकारी बिक्री गरी आम्दानी गर्दै आएका छन् । दश कठ्ठा जग्गामा उनले तरकारीखेती गरेका छन् ।

काउली, गोलभेँडा, धनिया, रायो, खुर्सानी, मुला, घ्यूसिमी, भान्टा, आलुलगायत तरकारी तथा हरियो साग चौधरीको बारीमा लटरम्म फलेका छन् ।

‘काउलीमात्र बेचेर ५० हजार रुपैयाँ जतिको आम्दानी भएको छ’, वडाध्यक्ष चौधरीले भने, ‘पहिलो पटक लगाएको काउली बेचिसक्यौं, दोस्रो पटक लगाएको काउली आउँदो महिना बेच्न ठीक्क हुन्छ ।’ काउलीबाहेकको अन्य तरकारी २० हजार रुपैयाँ जतिको बेचेको उनी बताउँछन् । ‘बारीमा प्याजका बेर्ना रोप्न तयार भएका छन्’, अध्यक्षकी श्रीमती सावित्रीले भनिन्, ‘आलु खन्ने अवस्थामा छन्, आलु खनेर प्याज रोप्छौं ।’

यसअघि चौधरी दम्पतीले लौका, काँक्रा, तितेकरेला, फर्सीलगायतको खेती गरी एक लाख आम्दानी हात पारेको थियो । तरकारी खेतीको कमाइले परिवारको खर्चसँगै छोराको पढाइ खर्च व्यहोर्दै आएका छन् । नगरपालिकाबाट पाइने पारिश्रमिक सामाजिक कार्यमै खर्च गरेर सिद्धिने उनी बताउँछन् ।

‘आर्थिक सहयोग माग्नेलाई दिनैपर्‍यो’, उनले भने, ‘भेट्न आउने पाहुनाको सेवा सत्कार गर्नैपर्‍यो, सामाजिक कार्य गर्न सहयोग माग्नेलाई नाईंनास्ती गर्न पाइएन, यस्तो अवस्थामा नगरबाट उपलब्ध हुने पारिश्रमिकले भ्याउन निकै गाह्रो हुन्छ ।’

उनका अनुसार जनप्रतिनि हुँ भनेर हात हल्लाउँदै हिँड्नु पनि परेन, वडाध्यक्षले परिश्रम गरेको देखेर अरूले पनि गर्छन् । ‘काम गर्ने प्रवृत्ति हामीले नै बसाल्नुपर्छ, आर्थिक रूपमा वडावासी समृद्ध बने मात्र विकासले फड्को मार्ने न हो’, उनी भन्छन् ।

बिहान, साँझ र बिदाको दिनको सदुपयोग बारीको काम गरेर बिताउने चौधरी वडाको विकासका कार्यमा पनि उत्तिकै चासो राख्छन् । गाउँका सडक स्तरोन्नति गर्ने कार्यमा श्रमदान गर्न अग्रसर भएर अगाडि सर्छन् ।

परिश्रमी वडाध्यक्षका रूपमा वडावासीले उनलाई चिन्ने गर्छन् । विकास निर्माण, सामाजिक कार्यमा अग्रणी रहने भएकाले दोस्रो पटक वडाध्यक्षको नेतृत्व सम्हाल्ने मौका वडावासीले दिएको बिलबहादुर चौधरी बताउँछन् ।

‘वडाध्यक्ष भए पनि तरकारीखेती गर्नुहुन्छ, गाउँका अरू किसानभन्दा तरकारी फलाउनमा पछाडि छैनन्’, उनले भने, ‘नगरपालिका र वडाबाट पनि किसानलाई पहिलो स्थानमा राखेर अनुदानका कार्यक्रम सञ्चालन गर्नुहुन्छ, किसानलाई कुन किसिमको तालिम चाहिन्छ, मागअनुसारको तालिम चलाउनुहुन्छ ।’

वडाध्यक्षकै प्रयासमा व्यवसायिक तरकारी खेती गर्ने किसानले खेत जोत्न पावर टिलर, तरकारी खेती गर्न प्लाष्टिकका हाइटेक टनेल, सिंचाइका लागि विद्युतीय मोटर तथा पम्पसेट पाएको उनी बताउछन् ।

उन्नत जातको बीउबिजनको प्रयोगलाई बढावा दिने कार्यसँगै खेती गर्ने तौरतरिका सिकाउन, जानकारी गराउन प्राविधिक परिचालनको कार्य वडाध्यक्षकै प्रयासमा हुने गरेको उनी बताउँछन् ।

वडाध्यक्ष हुनुअघि नरेन्द्रले गाउँको वरघर बनेर नेतृत्व गरेका थिए । गाउँको न्याय निसाफ छिन्ने, अंशबन्डा गर्ने, संस्कृति जोगाउने, विकास निर्माणको अगुवाइ गर्ने कार्य थारू समुदायमा वरघरले गर्ने गर्दछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिलु : काठमाडौं उपत्यकाको प्रेम, श्रद्धा र सांस्कृतिक धरोहर

काठमाडौं उपत्यकाको जीवन, संस्कृति र संगीतमा जहाँ–जहाँ पाइला टर्छ, त्यहीँ कतै ‘सिलु’ नामको कथा अनिवार्य रूपमा उपस्थित हुन्छ। यो कथा केवल प्रेमी दम्पतीक...

उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले राजीनामा दिइन्

हेटौँडा। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टीको न...

कालीमाटी बजारमा आजका तरकारी–फलफूल मूल्य अपडेट

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी र फलफूलको थोक मूल्य तोकेको छ। मूल्य सूची किसान, व्यापारी र उपभोक्ताले ...

ढेबुवा–तीनखण्डे जोड्ने पुलको अभावले सिर्जना गरेको चुनौती, सुनकोशी पार गर्ने बालबालिकाको जोखिमपूर्ण यात्रा

ओखलढुंगा । ओखलढुंगाको ढेबुवा, बिहान ५ बजे। सुनकोशी नदी किनारमा स–साना विद्यार्थीहरू भेला हुन्छन्। उनीहरूको विद्यालयको बाटो मात्र १० मिनेटको दूरीमा भए ...

फापरखेतको पहिरो : बेलिब्रिजको योजना अन्यौलमा, स्थानीय जीवन जोखिममा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पहिरोले बारम्बार संकटमा पारिरहेको छ। सडकको खतर...

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि दुई महिना बन्द हुने

ललितपुर ।  आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमा...

मधेशीय राजनीति हल्लिएको दिन : कांग्रेस–एमाले नेतृत्व असम्भव भन्ने विश्वास सरोज–श्रीकृष्णले भत्काए

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रदेशको राजनीतिक यथार्थमा आएको नयाँ परिवर्तनलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गरेका छन् । सामाजिक...

पूर्वी नवलपरासीको सामुदायिक वनमा ८ मृग मृत फेला, निकुञ्जले विस्तृत अनुसन्धान सुरू

नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१३ स्थित मातृभूमि मध्यवर्ती सामुदायिक वन क्षेत्रमा ८ वटा मृग मृतावस्थामा फेला परेका छन्। एकैपटक यति ठूल...

हेटौंडामा बिहानैदेखि भत्काउन थालियो सडक छेउका घर तथा संरचना

मकवानपुर । सडक डिभिजन हेटौंडाले आज बिहानैबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका लागि घर र संरचना भत्काउन सुरु गरेको छ। सडक डिभिजनले ५ मंसिरमा १५ दिने...

मधेशका मुख्यमन्त्रीको शपथ आइतबार

काठमाडौं ।  मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार हुने भएको छ। यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending