Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

लमही आँखा अस्पतालमा 'इएनटी इन्डोस्कोपी' सेवा सुरु

खबरडबली संवाददाता

दाङ । दाङको लमही आँखा अस्पतालमा नाक, कान, घाँटीको इन्डोस्कोपी र ब्रोन्कोस्कोपी सेवा सुरु भएको छ । दैनिक इएनटी विशेषज्ञ सेवा दिइरहेको लमही आँखा अस्पतालले अब इन्डोस्कोपी र ब्रोन्कोस्कोपी सेवा सुरु गरेको हो । 

लमही अस्पतालमा इन्डोस्कोपी र ब्रोन्कोस्कोपी सेवा सुरु भएसँगै नागरिकलाई सेवा लिन सहज भएको छ । इएनटी इन्डोस्कोपी सेवासँगै अब नाकको समस्या वा साइनस, गलाको समस्या, खानेकुरा निल्न समस्या भए, नाकमा मासु पलाएको, घाँटीमा अड्किएको गिर्खा, स्वरयन्त्रमा समस्या भएको, क्यान्सर, घाँटीमा अड्किएको हड्डी, स्वरयन्त्रमा टिभी रोग, नाक, कान, घाँटीसम्बन्धी समस्या भएका बिरामीलाई सेवा लिन सहजता भएको लमही आँखा अस्पतालका  डा. बसन्त पन्तले जानकारी दिए । 

डा. पन्तका अनुसार ब्रोन्कोस्कोपी सेवाअन्तर्गत शङ्कास्पद क्षयरोग, फोक्सोको क्यान्सर, फोक्सो सुकेको, खकारमा रगत देखिने, फोक्सोमा केही चिज अड्केको, मुखबाट रगत बग्ने, दीर्घ खोकी लगायतको समयमै उपचार गरिनेछ । नाक, कान र घाँटीको समस्या लिएर आउने बिरामीको सङ्ख्या धेरै भएसँगै अस्पतालले सेवा सुरु गरेको भन्दै डा. पन्तले भने, ‘अब नाक, घाँटीको भित्री अङ्गमा केही समस्या छ भने अब सहजै पत्ता लगाई थप उपचारमा सहयोग पुग्नेछ ।’

इन्डोस्कोपीमा कुनै रिपोर्ट कुर्नु नपर्ने र समस्या के हो, त्यो प्रत्यक्ष स्क्रिनमा देख्न सकिने उनले बताए । अस्पतालमा कानको श्रवण शक्तिसम्बन्धी उपचार, अडियो मेटिर टिम्प्नोमिटर सेवा दिँदै आएको छ । लमही आँखा अस्पतालले दैनिक ५० भन्दा बढी नाक, कान, घाँटीको समस्या भएका बिरामीलाई सेवा दिने गरेको छ । 

नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित लमही आँखा अस्पतालले यसअघि प्राथमिक कान उपचार सेवा दिँदै आएको थियो । पछिल्लो केही वर्षदेखि आँखा अस्पतालले नाक, कान, घाँटीसम्बन्धी दैनिक विशेषज्ञ सेवा दिइरहेको छ । 

नेपाल नेत्रज्योति सङ्घले आँखासँगै नाक, कान, घाँटीको प्राथमिक सेवाका साथै अस्पताल सञ्चालन गर्ने तयारी गरेको नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय सदस्य कृष्णकुमार गिरीले बताए । उनका अनुसार लमही अस्पतालबाट एक वर्षमा १३ हजार बढीले इएनटी सेवा लिने गरेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: