दाङ । दाङको लमही आँखा अस्पतालमा नाक, कान, घाँटीको इन्डोस्कोपी र ब्रोन्कोस्कोपी सेवा सुरु भएको छ । दैनिक इएनटी विशेषज्ञ सेवा दिइरहेको लमही आँखा अस्पतालले अब इन्डोस्कोपी र ब्रोन्कोस्कोपी सेवा सुरु गरेको हो ।
लमही अस्पतालमा इन्डोस्कोपी र ब्रोन्कोस्कोपी सेवा सुरु भएसँगै नागरिकलाई सेवा लिन सहज भएको छ । इएनटी इन्डोस्कोपी सेवासँगै अब नाकको समस्या वा साइनस, गलाको समस्या, खानेकुरा निल्न समस्या भए, नाकमा मासु पलाएको, घाँटीमा अड्किएको गिर्खा, स्वरयन्त्रमा समस्या भएको, क्यान्सर, घाँटीमा अड्किएको हड्डी, स्वरयन्त्रमा टिभी रोग, नाक, कान, घाँटीसम्बन्धी समस्या भएका बिरामीलाई सेवा लिन सहजता भएको लमही आँखा अस्पतालका डा. बसन्त पन्तले जानकारी दिए ।
डा. पन्तका अनुसार ब्रोन्कोस्कोपी सेवाअन्तर्गत शङ्कास्पद क्षयरोग, फोक्सोको क्यान्सर, फोक्सो सुकेको, खकारमा रगत देखिने, फोक्सोमा केही चिज अड्केको, मुखबाट रगत बग्ने, दीर्घ खोकी लगायतको समयमै उपचार गरिनेछ । नाक, कान र घाँटीको समस्या लिएर आउने बिरामीको सङ्ख्या धेरै भएसँगै अस्पतालले सेवा सुरु गरेको भन्दै डा. पन्तले भने, ‘अब नाक, घाँटीको भित्री अङ्गमा केही समस्या छ भने अब सहजै पत्ता लगाई थप उपचारमा सहयोग पुग्नेछ ।’
इन्डोस्कोपीमा कुनै रिपोर्ट कुर्नु नपर्ने र समस्या के हो, त्यो प्रत्यक्ष स्क्रिनमा देख्न सकिने उनले बताए । अस्पतालमा कानको श्रवण शक्तिसम्बन्धी उपचार, अडियो मेटिर टिम्प्नोमिटर सेवा दिँदै आएको छ । लमही आँखा अस्पतालले दैनिक ५० भन्दा बढी नाक, कान, घाँटीको समस्या भएका बिरामीलाई सेवा दिने गरेको छ ।
नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित लमही आँखा अस्पतालले यसअघि प्राथमिक कान उपचार सेवा दिँदै आएको थियो । पछिल्लो केही वर्षदेखि आँखा अस्पतालले नाक, कान, घाँटीसम्बन्धी दैनिक विशेषज्ञ सेवा दिइरहेको छ ।
नेपाल नेत्रज्योति सङ्घले आँखासँगै नाक, कान, घाँटीको प्राथमिक सेवाका साथै अस्पताल सञ्चालन गर्ने तयारी गरेको नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय सदस्य कृष्णकुमार गिरीले बताए । उनका अनुसार लमही अस्पतालबाट एक वर्षमा १३ हजार बढीले इएनटी सेवा लिने गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २५ गते, २०८२ - २०:१६
काठमाडौं । सरकारले सार्वजनिक संस्थामा दलीयकरण र भागबन्डा अनुसार नियुक्त भएका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सहमति गरेको छ...
मंसिर २५ गते, २०८२ - २०:०७
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा लुम्बिनी लायन्सले काठमाण्डु गोर्खाजलाई चार विकेटले हराउँदै दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । ...
मंसिर २५ गते, २०८२ - २०:०१
काठमाडौं । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत अभाव देशभर गहिरिँदै गएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार ७५३ स...
मंसिर २५ गते, २०८२ - १९:२२
काठमाडौं । ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा नागरिक समाजका प्रतिनिधिहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई विस्तृत ध्यानाकर्षण पत्र हस्तान्...
मंसिर २५ गते, २०८२ - १९:०५
ताप्लेजुङ । सशस्त्र प्रहरीले करिब ६ क्विन्टल भारतीय माछा बरामद गरी नष्ट गरेको छ । ताप्लेजुङ फुङलिङका व्यवसायीले अर्डरअनुसार झिकाएको माछा बिलमा उल्लेख ...
मंसिर २५ गते, २०८२ - १८:५८
काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका बेला निर्वाचन आयोगलाई सम्भावित क्षतिबाट बचाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सशस्त्र प्रहरी बल, नेपाल...
मंसिर २५ गते, २०८२ - १८:५४
काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवा प्राप्त गरेको ...
मंसिर २५ गते, २०८२ - १८:१९
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले पृथ्वी राजमार्ग र महेन्द्र राजमार्गका महत्त्वपूर्ण खण्डहरूको स्तरोन्नति तथा वि...
मंसिर २५ गते, २०८२ - १८:१५
बाँके । नेपाली कम्युनिष्ट पार्टी बाँकेले आयोजना गर्न लागेको एकता सन्देश सभालाई पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सम्बोधन ग...
मंसिर २५ गते, २०८२ - १८:१०
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्...




प्रतिकृया लेख्नुहोस्: