पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगीसमेतका मुद्दामा प्रतिवादीहरुका सम्बन्धमा कास्की जिल्ला अदालतले आज बिहीबार आदेश दिने सम्भावना छ । आज जिल्ला सरकारी वकिल कार्यालय कास्कीका न्यायाधिवक्ता कमला काफ्ले र उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता गोविन्दराज गौलीले जवाफी बहस गरेसँगै अदालतले थुनछेक आदेश दिनेछ ।
हाल अदालत उपस्थित गराइएका ७ जना प्रतिवादीहरुको तर्फबाट वकिलहरुको बहस बुधबार नै सकिएको छ । बुधबार नै जाहेरवालाका तर्फबाट पनि जवाफी बहस भइसकेको छ भने अब सरकारी वकिल कार्यालयका तर्फबाट जवाफी बहस मात्र हुन बाँकी छ । प्रतिवादीका तर्फबाट कानुन व्यवसायीको बहस सकिएसँगै जाहेरवाला तथा सरकारी वकिलका तर्फबाट जवाफी बहस गर्ने व्यवस्था छ ।
अब बहस आखिरीमा पुग्दा पूर्व गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने, पूर्व डीआईजी छविलाल जोशी, पूर्व सांसद मीना गुरुङसमेतका प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटी वा तारेखमै रिहा गर्ने भन्ने आदेशबारे सबैको चासोको विषय छ ।
कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले राजधानीसँग भने, ‘आज सरकारी वकिलको तर्फबाट जवाफी बहस हुने र आज नै न्यायाधीश नीतिज राईको इजलासबाट थुनछेक आदेश आउन सक्ने बताए ।
बहुचर्चित सहकारी ठगीकाण्ड पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतका मुद्दामा ६३ जनालाई प्रतिवादी बनाएर अदालतमा अभियोगपत्र दायर भएको छ ।
गत वर्ष १८ असोज, २०८० मा सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष जीबी राईसमेत १९ जनालाई प्रतिवादी बनाइ मुद्दा दायर भएकामा यस वर्ष गत ५ र ७ पुसमा लामिछाने, पूर्व डीआईजी जोशीसमेतलाई प्रतिवादी बनाएर पुरक अभियोग लगिएको थियो । ती प्रतिवादीविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ ३ पैसा बिगो माग दाबी छ । हाल अदालतमा उपस्थित गराइएका प्रतिवादीहरुमा लामिछाने, जोशी, लीला पछाईं, मीना गुरुङ, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ र आरती गुरुङ छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: