राजविराज । कुखुरा किन्न साहुले दिएको रकम पचाउने नियतले लुटपाट भएको भनी नाटक रचेका एक चालक प्रहरीको फन्दामा परेका छन् ।
दुई दिनअघि सप्तरीको रुपनीमा बोलेरो गाडीबाट रकम लुटिएको भनी झुठो अफवाहा फैलाई उक्त रकम आफ्नै घरमा लुकाई राखेको आरोपमा विरगनज महानगरपालिका वडा नं. २१ परवानीपुर बस्ने २६ वर्षिये समसोदिन आलम बुधबार पक्राउ परेका हुन् ।
उनले दुई दिनअघि बिरगनजबाट साहु राज कुमार साहले राजविराज पुगि कुखुरा किन्न दिएको ३ लाख ८० हजार रुँपैया बाटोमै लुटिएको भन्दै झुठो अफवाहा फैलाएका थिए । उनले प्रहरी र आफ्ना साहुसमेतलाई राजविराज–रुपनी सडक खण्डमा दुई वटा मोटरसाइकलमा सवार भईआएका चार जना अपरिचित व्यक्तिले पेस्तोल देखाउँदै उक्त रकम लुटेको जानकारी गराएका थिए ।
उक्त घटनाको खबर पाए लगत्तै प्रहरी घटनास्थलमा पुगि सो घटनाको सुक्ष्म अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानकै क्रममा उक्त गाडीका सहचालक बाराको कलैया उपमहानगरपालिका ७ बस्ने २४ वर्षिय अमिर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
बोल्न र सुन्न नसक्ने सहचालक श्रेष्ठलाई केरकार गर्दा उनले इसारा मार्फत प्रहरीलाई चालक आलमले नै उक्त रकम घरमा राखेको र रकम लुटिएको भनी झुठो प्रचार गरेको जानकारी गराएका थिए ।
सहचालक श्रेष्ठको बयानपछि प्रहरीले चालक समसोदिन आलमललाई पनि नियन्त्रणमा लिई छानबिन गर्दा उक्त रकम लुटिएको नभई आलमले घरमा लुकाई रोखेको खुल्न आएपछि उनलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ । लुटिएको भनिएको उक्त रकम आलमको घरबाट बरामद गरिएको समेत प्रहरीले जानकारी गराएको छ ।
पक्राउ परेका आलम उपर ठगी, अपराधिक विश्वासघात गरी झुठ्ठा अफवाह फैलाएको कसुरमा बुधबार नै सप्तरी जिल्ला अदालतबाट दुई दिनको म्याद थप गरि थपअनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २७ गते, २०८३ - १०:३०
'म सधैं तिम्रो पक्षमा बोल्नेछु, लाखौँ युवाका लागि रोजगारीको आवाज उठाइरहनेछु'
आषाढ़ २७ गते, २०८३ - १०:१६
बुद्धनगरमा ४५ वर्षीय आश्विन राउतले पनि लगाए शरीरमा आगो
आषाढ़ २७ गते, २०८३ - १०:१५
काठमाडौं । काठमाडौंको बुद्धनगरमा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान आफ्नौ शरीरमा आगो लगाएका हुन् । काठमाडौं ...
आषाढ़ २७ गते, २०८३ - ०९:५८
दाङ । दाङमा जनप्रतिनिधिले शिक्षा अधिकृतलाई मोबिल खन्याइदिएका छन् । घोराहीस्थित पद्मोदय माविको विद्यालय व्यवस्था समितिको निर्वाचन गैरकानुनी ढंगबाट ग...
आषाढ़ २७ गते, २०८३ - ०९:२१
सङ्खुवासभा । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले हुलाक सेवामार्फत राहदानी घरघरमा पुर्याउने अभियान सुरु गरेसँगै हालसम्म ११० जनाले सेवा लिएका छन् । ज...
आषाढ़ २७ गते, २०८३ - ०९:१८
सङ्खुवासभा । सिँचाइ अभावका कारण असार सकिन लाग्दा पनि सङ्खुवासभामा २५ प्रतिशतमात्र रोपाइँ भएको छ । यसअघि माथिल्लो क्षेत्रमा असारको अन्तिम सातासम्म र तल...
आषाढ़ २७ गते, २०८३ - ०९:१०
त्रिपुरेश्वरको सडकमा एउटा सपना आगो बन्यो, राहदानीको पर्खाइभन्दा पीडा धेरै भारी भयो। गणेशले केवल शरीर जलाएन, उसले राज्यलाई एउटा प्रश्न छोड्यो "...
आषाढ़ २७ गते, २०८३ - ०९:०७
काठमाडौँ । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री तथा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं प्रवर्द्धक महावीर पुनले आगामी एक वर्षसम्म सामाजिक सञ्जाल...
आषाढ़ २७ गते, २०८३ - ०८:५५
काठमाडौं । त्रिपुरेश्वरमा गणेश नेपालीको आत्मदाह प्रयास र उपचारकै क्रममा मृत्यु भएको घटनाको पीडा सेलाउन नपाउँदै सर्लाहीमा फेरि अर्को आत्मदाह प्रयासको घ...
आषाढ़ २७ गते, २०८३ - ०८:४४
काठमाडौं । सरकार गठनको सुरुवाती चरणमा उद्योगी–व्यवसायीमाथि लगातार भएको पक्राउ, अनुसन्धान र कडा सरकारी कदमले निजी क्षेत्रमा गहिरो त्रास सिर्जना गरेको थ...



प्रतिकृया लेख्नुहोस्: