झापा। जिल्ला प्रहरी कार्यालय झापाको लागुऔषध नियन्त्रण तथा कारबाही अभियान अन्तर्गत अर्का एक जना पक्राउ परेका छन्। झापा प्रहरीले बुधबार प्रतिबन्धित लागुऔषध खैरो हिरोइन र गैंडाको खागसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत पश्चिम बंगाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधाम रहेका छन्। उनलाई बुधबार इलाका जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले पक्राउ गरेको हो। झापाका प्रहरी उपरीक्षक मिलन केसीले रामधामलाई मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकडभिट्टास्थित हिमालय गेस्ट हाउसको १०२ नम्बर कोठाबाट पक्राउ गरिएको जानकारी दिए।
लागुऔषध तथा खाग तस्करी गर्ने क्रममा रामधान गेस्ट हाउसको कोठा भाडामा लिएर बसिरहेका थिए। उक्त सूचना पाएपछि खटिएको टोलीले रामधानको साथबाट तीन ग्राम ७६० मिलिग्राम खैरो हिरोइन बरामद गरेको प्रहरी उपरीक्षक केसीले बताए।
यसका साथै रामधानको साथबाट २.८०० ग्राम पिइभोन स्पास प्लस लेखिएको १८ थान ट्याबलेट बरामद भएको उनले बताए। ‘होटल बुक गरेर बसेका रहेछन्, उनको साथबाट खैरो हिरोइनसहितको लागुऔषध बरामद भएको छ,’ प्रहरी उपरीक्षक केसीले भने, ‘उनले गैंडाको खागसमेत तस्करी गरेको खुलेको छ।’
रामधानलाई पक्राउ गर्दा उनको साथबाट १ किलो ७०० ग्राम भएको गैंडाको खाग बरामद गरिएको उनले बताए। ‘खैरो हिरोइन तौलने तराजु एक थानसमेत हाम्रो प्रहरी टोलीले बरामद गरेको छ,’ केसीले भने। रामधानले लागुऔषध र गैंडाको खाग कसका लागि कहाँबाट ल्याएका थिए भन्नेबारेमा अनुसन्धान भइरहेको छ।
‘पक्राउ परेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर अनुसन्धान थालिएको छ,’ प्रहरी उपरीक्षक केसीले भने, ‘प्रारम्भिक अनुसन्धान भइरहेको छ, उनले कहाँबाट के कसरी र कसका लागि लागुऔषध ओसारपसार गरिरहेका थिए भन्नेबारेमा विवरण खोजिरहेका छौं।’ रामधानबाट बरामद भएको खाग परीक्षणमा छ। उनले खाग कहाँबाट कसरी प्राप्त गरे भन्ने विषयमा पनि अनुसन्धान जारी रहेको केसीले बताए।
झापा प्रहरी लागुऔषध कारोबार रोकथाम तथा नियन्त्रणमा आक्रामक कारबाही गरिरहेको प्रहरी युनिट हो। विशेषतस् झापामा प्रहरी उपरीक्षकको रूपमा मिलन केसीले पदबहाली गरेपछि लागुऔषध, तस्करीजन्य अपराधमा प्रहरीले आक्रामक कारबाही गरिरहेको छ ।
‘झापामा तस्करी, लागुऔषध बेचबिखन तथा ओसारपसारलाई निमिट्यान्न पार्न प्रहरी सक्रिय छ,’ प्रहरी उपरीक्षक केसीले भने, ‘यस्ता गैरकानुनी कार्य नियन्त्रण गर्ने सन्दर्भमा आम नागरिकको सहयोग आवश्यक छ, मैले सबै झापाबासी नागरिकलाई गैरकानुनी कार्य नियन्त्रणमा प्रहरीलाई सहयोग गर्न अपिल गरेको छु।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...
मंसिर २३ गते, २०८२ - ०६:५२
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण सोमबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश...
मंसिर २१ गते, २०८२ - १०:४१
काठमाडौं उपत्यकाको जीवन, संस्कृति र संगीतमा जहाँ–जहाँ पाइला टर्छ, त्यहीँ कतै ‘सिलु’ नामको कथा अनिवार्य रूपमा उपस्थित हुन्छ। यो कथा केवल प्रेमी दम्पतीक...
मंसिर २१ गते, २०८२ - १०:३५
हेटौँडा। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टीको न...
मंसिर २१ गते, २०८२ - १०:३१
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी र फलफूलको थोक मूल्य तोकेको छ। मूल्य सूची किसान, व्यापारी र उपभोक्ताले ...
मंसिर २१ गते, २०८२ - १०:२७
ओखलढुंगा । ओखलढुंगाको ढेबुवा, बिहान ५ बजे। सुनकोशी नदी किनारमा स–साना विद्यार्थीहरू भेला हुन्छन्। उनीहरूको विद्यालयको बाटो मात्र १० मिनेटको दूरीमा भए ...
मंसिर २१ गते, २०८२ - १०:२४
म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पहिरोले बारम्बार संकटमा पारिरहेको छ। सडकको खतर...
मंसिर २१ गते, २०८२ - १०:१६
ललितपुर । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमा...
मंसिर २१ गते, २०८२ - ०९:५९
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रदेशको राजनीतिक यथार्थमा आएको नयाँ परिवर्तनलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गरेका छन् । सामाजिक...




प्रतिकृया लेख्नुहोस्: