Khabar Dabali २७ असार २०८३ शनिबार | 11th July, 2026 Sat
Investment bank

खैरो हिरोइन र गैंडाको खागसहित भारतीय नागरिक पक्राउ

खबरडबली संवाददाता

झापा। जिल्ला प्रहरी कार्यालय झापाको लागुऔषध नियन्त्रण तथा कारबाही अभियान अन्तर्गत अर्का एक जना पक्राउ परेका छन्। झापा प्रहरीले बुधबार प्रतिबन्धित लागुऔषध खैरो हिरोइन र गैंडाको खागसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत पश्चिम बंगाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधाम रहेका छन्। उनलाई बुधबार इलाका जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले पक्राउ गरेको हो। झापाका प्रहरी उपरीक्षक मिलन केसीले रामधामलाई मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकडभिट्टास्थित हिमालय गेस्ट हाउसको १०२ नम्बर कोठाबाट पक्राउ गरिएको जानकारी दिए।

लागुऔषध तथा खाग तस्करी गर्ने क्रममा रामधान गेस्ट हाउसको कोठा भाडामा लिएर बसिरहेका थिए। उक्त सूचना पाएपछि खटिएको टोलीले रामधानको साथबाट तीन ग्राम ७६० मिलिग्राम खैरो हिरोइन बरामद गरेको प्रहरी उपरीक्षक केसीले बताए।

यसका साथै रामधानको साथबाट २.८०० ग्राम पिइभोन स्पास प्लस लेखिएको १८ थान ट्याबलेट बरामद भएको उनले बताए। ‘होटल बुक गरेर बसेका रहेछन्, उनको साथबाट खैरो हिरोइनसहितको लागुऔषध बरामद भएको छ,’ प्रहरी उपरीक्षक केसीले भने, ‘उनले गैंडाको खागसमेत तस्करी गरेको खुलेको छ।’

रामधानलाई पक्राउ गर्दा उनको साथबाट १ किलो ७०० ग्राम भएको गैंडाको खाग बरामद गरिएको उनले बताए। ‘खैरो हिरोइन तौलने तराजु एक थानसमेत हाम्रो प्रहरी टोलीले बरामद गरेको छ,’ केसीले भने। रामधानले लागुऔषध र गैंडाको खाग कसका लागि कहाँबाट ल्याएका थिए भन्नेबारेमा अनुसन्धान भइरहेको छ।

‘पक्राउ परेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर अनुसन्धान थालिएको छ,’ प्रहरी उपरीक्षक केसीले भने, ‘प्रारम्भिक अनुसन्धान भइरहेको छ, उनले कहाँबाट के कसरी र कसका लागि लागुऔषध ओसारपसार गरिरहेका थिए भन्नेबारेमा विवरण खोजिरहेका छौं।’ रामधानबाट बरामद भएको खाग परीक्षणमा छ। उनले खाग कहाँबाट कसरी प्राप्त गरे भन्ने विषयमा पनि अनुसन्धान जारी रहेको केसीले बताए।

झापा प्रहरी लागुऔषध कारोबार रोकथाम तथा नियन्त्रणमा आक्रामक कारबाही गरिरहेको प्रहरी युनिट हो। विशेषतस् झापामा प्रहरी उपरीक्षकको रूपमा मिलन केसीले पदबहाली गरेपछि लागुऔषध, तस्करीजन्य अपराधमा प्रहरीले आक्रामक कारबाही गरिरहेको छ ।

‘झापामा तस्करी, लागुऔषध बेचबिखन तथा ओसारपसारलाई निमिट्यान्न पार्न प्रहरी सक्रिय छ,’ प्रहरी उपरीक्षक केसीले भने, ‘यस्ता गैरकानुनी कार्य नियन्त्रण गर्ने सन्दर्भमा आम नागरिकको सहयोग आवश्यक छ, मैले सबै झापाबासी नागरिकलाई गैरकानुनी कार्य नियन्त्रणमा प्रहरीलाई सहयोग गर्न अपिल गरेको छु।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

'गणेश समाचार होइन, विद्रोहको प्रतीक हुन्' : हर्क साम्पाङको भावुक अभिव्यक्ति

'म सधैं तिम्रो पक्षमा बोल्नेछु, लाखौँ युवाका लागि रोजगारीको आवाज उठाइरहनेछु'

तीन दिनमा तीन आत्मदाह प्रयास : गणेशको मृत्युपछि पनि किन रोकिएन निराशाको आगो ?

बुद्धनगरमा ४५ वर्षीय आश्विन राउतले पनि लगाए शरीरमा आगो

एका विहानै बुद्धनगरमा अर्काे आत्मदाह प्रयास

काठमाडौं । काठमाडौंको बुद्धनगरमा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान आफ्नौ शरीरमा आगो लगाएका हुन् । काठमाडौं ...

दाङमा वडा सदस्यले अधिकृतलाई मोबिल छ्यापेपछि...

दाङ । दाङमा जनप्रतिनिधिले शिक्षा अधिकृतलाई मोबिल खन्याइदिएका छन् । घोराहीस्थित पद्मोदय माविको विद्यालय व्यवस्था समितिको निर्वाचन गैरकानुनी ढंगबाट ग...

तीन महिनामा ११० जनालाई हुलाकमार्फत राहदानी वितरण

सङ्खुवासभा ।  जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले हुलाक सेवामार्फत राहदानी घरघरमा पुर्‍याउने अभियान सुरु गरेसँगै हालसम्म ११० जनाले सेवा लिएका छन् । ज...

सिँचाइ अभाव हुँदा सङ्खुवासभामा २५ प्रतिशत मात्र रोपाइँ

सङ्खुवासभा । सिँचाइ अभावका कारण असार सकिन लाग्दा पनि सङ्खुवासभामा २५ प्रतिशतमात्र रोपाइँ भएको छ । यसअघि माथिल्लो क्षेत्रमा असारको अन्तिम सातासम्म र तल...

अधुरो देशको आगो

त्रिपुरेश्वरको सडकमा एउटा सपना आगो बन्यो, राहदानीको पर्खाइभन्दा पीडा धेरै भारी भयो। गणेशले केवल शरीर जलाएन, उसले राज्यलाई एउटा प्रश्न छोड्यो "...

सामाजिक सञ्जाल र पत्रकारलाई एक वर्ष अन्तर्वार्ता नदिने मन्त्री पुनको घोषणा

काठमाडौँ । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री तथा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं प्रवर्द्धक महावीर पुनले आगामी एक वर्षसम्म सामाजिक सञ्जाल...

गणेशपछि फेरि आत्मदाह प्रयास : सर्लाहीका २५ वर्षीय विवेकको शरीर ८५ प्रतिशत जल्यो, अवस्था अत्यन्तै गम्भीर

काठमाडौं । त्रिपुरेश्वरमा गणेश नेपालीको आत्मदाह प्रयास र उपचारकै क्रममा मृत्यु भएको घटनाको पीडा सेलाउन नपाउँदै सर्लाहीमा फेरि अर्को आत्मदाह प्रयासको घ...

धरपकडबाट संवादतिर प्रधानमन्त्री : १०० दिनपछि निजी क्षेत्रसँग ‘आइस–ब्रेक’

काठमाडौं । सरकार गठनको सुरुवाती चरणमा उद्योगी–व्यवसायीमाथि लगातार भएको पक्राउ, अनुसन्धान र कडा सरकारी कदमले निजी क्षेत्रमा गहिरो त्रास सिर्जना गरेको थ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending