बाँके । पछिल्लो केही दिनयता शीतलहरका कारण चिसो बढेपछि यहाँको जनजीवन प्रभावित बनेको छ ।
जनजीवन सामान्य बनाउन स्थानीय प्रशासनले पालिकालाई जिम्मेवारी तोक्दै सुरक्षा निकायलाई उच्च सर्तकता अपनाउन निर्देशन दिएको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी उमाकान्त अधिकारीले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत कार्ययोजना बनाएर सम्बन्धित निकायलाई शीतलहर व्यवस्थापनका लागि आग्रह गरिएको जानकारी दिँदै स्थानीय तहलाई स्रोत व्यवस्थापन गर्न म्यान्डेट दिएको बताए ।
उनले भने, “चिसो र शीतलहरबाट प्रभावित भएका नागरिकलाई जोखिमबाट बचाउन कम्बल भण्डारण गरेर राखिएको छ ।” बाक्लो हुस्सु र शीतलहरले जनजीवन कष्टकर बन्दा स्थानीयले आगो बालेर ताप्न थालेको दृश्य धेरै ठाउँमा देख्न सकिन्छ । चिसोका कारण बालबालिका, वृद्धवृद्धा र विपन्न वर्ग बढी प्रभावित भएका छन् । अत्यधिक चिसोका कारण मानिसलाई घरबाहिर निस्किन कठिनाइ हुँदा बजारमा चहल पहल कममात्रामा देखिएको छ ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले चिसोले गर्दा न्यानो कपडाको बिक्रीवितरण बढे पनि अन्य व्यापार व्यवसायमा मन्दी रहेको बताए । उनले शीतलहरका कारण अधिकांश सर्वसाधारण घरमै बसिरहेको उल्लेख गरे । चिसोका कारण स्वास्थ्यमा असर पर्ने सम्भावना बढेकाले बालबालिका, वृद्धवृद्धा र शारीरिक रूपमा कमजोर व्यक्तिहरूलाई विशेष ख्याल गर्न चिकित्सकहरूले आग्रह गरेका छन् । भेरी अस्पतालका सूचना अधिकारी डा सङ्केतकुमार रिसालले चिसो धेरै बढेकाले बालबालिका, वृद्धवृद्धा र शारीरिक रूपमा कमजोर व्यक्तिलाई चिसोबाट जोगाउन आग्रह गरे । उनले अस्पतालमा चिसोले बिरामी भएका आउनेक्रम बढन थालेको जानकारी दिए ।
यसैबीच, नारायणगढमा मङ्गलबारदेखि लागेको बाक्लो हुस्सुका कारण चितवनको जनजीवन प्रभावित भएको जनाएका छन् । शीतका कारण सडकमा गुड्ने सवारी साधनहरूको चाप केहीमात्रामा घटेको छन् । मानिस बाहिर निस्किन सकेका छैनन् । चोकचोक तथा पसल अगाडि आगो फुकेर ताप्दै गरेको दृष्य देख्न सकिन्छ ।
शीतका कारण सडकहरू भिजेका छन् भने बाक्लो हुस्सु र चिसो हावाले यहाँको जनजीवनलाई प्रभावित बनाएको छ । जल तथा मौसम विज्ञान विभागकी मौसमविद् निर्मला रेग्मीका अनुसार अहिले यहाँ पानी परेको जस्तै देखिएको भए तापनि यो शीतलहर नै हो । यसैगरी रूपन्देहीलगायत तराई क्षेत्रमा शीतलहरका कारण चिसो बढ्दा जनजीवन प्रभावित भएको छ । मङ्गलबारदेखि शीतलहर सुरू भएसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।
शीतलहरको मारमा सबैभन्दा बढी विपन्न वर्ग परेका छन् । रिक्सा चालक, मजदुर, दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक एवं बालबालिका तथा वृद्धहरू शीतलहरबाट बढी प्रभावित भएका छन् । केही दिनयता लगातार परिरहेको शीतलहरका कारण भैरहवाका बाटोहरू भिजेका छन् भने हवाई सेवासमेत प्रभावित भएका छन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हवाई मौसम केन्द्रका अनुसार अहिले विमानस्थल हुस्सुका कारण बन्द गरिएको छ । केन्द्रका कार्यालय प्रमुख सुभाष रिजालले विमानस्थलका भिजिविलिटी एक हजार पाँच सय मिटरभन्दा पनि कम रहेको छ । पछिल्लो समय भैरहवा तथा यस आसपासमा न्यूनतम तापमान १० डिग्रीसम्म पुगेको छ । अत्यधिक चिसो बढ्दै गएपछि स्थानीयवासीले आफैँ जोहो गरी ठाउँठाउँमा आगो तापिरहेका छन् ।
एक हप्तादेखिको कुहिरो र हुस्सुसँगै चलेको शीतलहरले कैलालीसहितका जिल्लाको जनजीवन कष्टकर भएको छ । दिनभरि लाग्ने बाक्लो हुस्सु र कुहिरोसँगैको शीतलहरले कठ्याङ्ग्रिने जाडो बढेपछि जनजीवन कष्टकर बनेको हो । लगातारको हुस्सुका कारण केही दिनदेखि कैलाली, कञ्चपुरमा घाम ताप्न पाइएको छैन । चिसो बढेसँगै जाडोको सामना गरिरहेका सर्वसाधारणलाई न्यानो कपडा र आगो ताप्न दाउराको समस्या भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: