Khabar Dabali ४ जेष्ठ २०८३ सोमबार | 18th May, 2026 Mon
Investment bank

लक्ष्मीनारायण पाटी सङ्ग्रहालय सञ्चालनमा

खबरडबली संवाददाता

पाल्पा । पाल्पाकाे रामपुर नगरपालिका–४, खोप्टारमा रहेको धर्मशालामा लक्ष्मीनारायण पाटी सङ्ग्रहालय सञ्चालनमा आएको छ । लक्ष्मीनारायण गुठीद्वारा सञ्चालित ऐतिहासिक पाटी भवन धर्मशालामा सङ्ग्रहालय सञ्चालन गरिएको हो । 

पुराना ऐतिहासिक वस्तु तथा विभिन्न जातजातिका भेषभूषाको संग्रह गरी लक्ष्मी नारायण पाटी सङ्ग्रहालय समितिले बुधबार देखि सङ्ग्रहालय सञ्चालनमा ल्याएको हो । धर्मशालामा सङ्ग्रहालयको समुद्घाटन गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले पुर्खाहरुले प्रयोग गरेको सामग्री, तत्कालीन समयको परिवेश र इतिहासबारे नयाँ पुस्तालाई जानकारी सङ्ग्रहालयले सहयोग गर्ने बताए । 

पाटी भवन रामपुरको इतिहास मात्र नभै पर्यटकिय गन्तव्य रहेको बताउँदै नगरपालिका धर्मशालाको संरक्षण तथा सङ्ग्रहालय को व्यवस्थापनमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । रामपुर ४ का वडा अध्यक्ष राम बहादुर रानाले सङ्ग्रहालयको संरक्षण र सम्वद्र्धन गर्नु सबैको दायित्व रहेको बताउँदै वडाले पनि आवश्यक साथ र सहयोग गर्ने बताए । स्थापनासँगै निरन्तरता दिनु चुनौती पूर्ण रहेको भन्दै सहयोगका लागि सबैलाई आग्रह समेत गरे । रामतुलसी माविका प्रधानाध्यापक ऐतिहासिक पाटीले बटुवालाई आश्रय दिनुका साथै हालको रामतुलसी मावि समेत यही पाटीमा सञ्चालन भएको रहेको बताए । 

लक्ष्मीनारायण गुठी सञ्चालन संस्थाका अध्यक्ष बुद्धिप्रकाश रेग्मीले धर्मशालाको ऐतिहासिक पृष्ठभुमिको बारेमा जानकारी दिँदै सङ्ग्रहालय गुठी मातहतमा रहेपनि स्थानीयहरुबाट नै सञ्चालन हुने बताए । उनले सङ्ग्रहालय सञ्चालनका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए । 

लक्ष्मी नारायण पाटी सङ्ग्रहालय समितिका अध्यक्ष कविता मल्लले नगरपालिका र स्थानीयको साथ सहयोगबाट सङ्ग्रहालय स्थापना गरिएको जानकारी दिइन । व्यवस्थापनका अन्य कार्यहरु बाँकी रहेकाले क्रमश थप व्यवस्थापन गर्दै जाने बताइन । उपाध्यक्ष ओमनारायण श्रेष्ठले रामपुर नगरपालिका ३ देखि ७ सम्मका विभिन्न व्यक्तिहरुले निःशुल्क प्रदान गर्नुभएको सामग्री सङ्कलन गरी सङ्ग्रहालयमा राखिएको बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending