महोत्तरी । सामाजिक रुपान्तरण र समृद्धिको लागि कम्युनिष्ट पार्टीहरु एक ठाउँमा हुनुपर्नेमा प्रगतिशिल लेखक संघले जोड दिएको छ ।
संघका केन्द्रिय अध्यक्ष मधुसुदन गिरिले २२ औ राष्ट्रिय सम्मेलनले समेत कम्युनिष्टहरु एक ठाउँमा हुनुपर्ने निष्कर्ष निकालेको बताउदै प्रगतिशील लेखकहरुको त्यसैमा जोड रहेको बताए ।
लेखक संघ महोत्तरीको चौथो जिल्ला अधिवेशनमा सहभागी हुन आईपुगेका अध्यक्ष गिरिले कम्युनिष्ट पार्टीहरु बर्ग शत्रु जस्तो देखिए तापनी प्रगतिशिल लेखक संघ वाम विचारधारा बाेक्ने सवै लेखकहरुको साझा थलो भएको जिकिर गरेका छन् ।
वाम विचार वोक्नेहरु एकै ठाउँमा हुनुपर्छ भन्ने लेखक संघ आफै महत्वपूर्ण एजेण्डा वनेर उभिएको वताउदै नेकपा एमाले मधेश प्रदेश स्कुल विभाग प्रमुख संकर महतोले पनि प्रगतिशिल लेखकहरुको त्यसतर्फ केन्द्रित हुनुपर्ने धारणा राखे ।
महोत्तरीको बर्दिवासमा भएको अधिवेशनले रामचन्द्र पौडेलको नेतृत्वमा १७ सदस्य निर्वाचित गरेको छ ।
निर्वाचित हुनेहरुमा उपाध्यक्षमा निरोज अधिकारी, समावेशी उपाध्यक्षमा सानुमाया पुलामी, विमला बिस्वकर्मा, सचिवमा नारद प्रसाद काफ्ले, स-सचिवमा विशाल बस्नेत, कोषाध्यक्षमा जिवनराज दाहाल र सदस्यहरुमा सुशिल यादव, रन्जन भण्डारी, पवन वाग्ले, यसोदा श्रेष्ठ, श्याम यादव, प्रतिमा पौडेल निर्वाचित भएका छन ।
नवनिर्वाचित कार्यसमितिहरुलाई वधाई र सुभकामना दिदै प्रगतिशिल सोच र व्यवहारलाई थप विकास गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने अथितिहरुले विस्वास व्यक्त गरे ।
अधिवेशनको खुल्लासत्रमा प्रगतिशील लेखक संघका केन्द्रिय सदस्य जीवन स्पर्शी, होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुन्ज कार्की, उधोग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खड्का लगायतले मनतव्य राखेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २७ गते, २०८३ - १०:३०
'म सधैं तिम्रो पक्षमा बोल्नेछु, लाखौँ युवाका लागि रोजगारीको आवाज उठाइरहनेछु'
आषाढ़ २७ गते, २०८३ - १०:१६
बुद्धनगरमा ४५ वर्षीय आश्विन राउतले पनि लगाए शरीरमा आगो
आषाढ़ २७ गते, २०८३ - १०:१५
काठमाडौं । काठमाडौंको बुद्धनगरमा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान आफ्नौ शरीरमा आगो लगाएका हुन् । काठमाडौं ...
आषाढ़ २७ गते, २०८३ - ०९:५८
दाङ । दाङमा जनप्रतिनिधिले शिक्षा अधिकृतलाई मोबिल खन्याइदिएका छन् । घोराहीस्थित पद्मोदय माविको विद्यालय व्यवस्था समितिको निर्वाचन गैरकानुनी ढंगबाट ग...
आषाढ़ २७ गते, २०८३ - ०९:२१
सङ्खुवासभा । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले हुलाक सेवामार्फत राहदानी घरघरमा पुर्याउने अभियान सुरु गरेसँगै हालसम्म ११० जनाले सेवा लिएका छन् । ज...
आषाढ़ २७ गते, २०८३ - ०९:१८
सङ्खुवासभा । सिँचाइ अभावका कारण असार सकिन लाग्दा पनि सङ्खुवासभामा २५ प्रतिशतमात्र रोपाइँ भएको छ । यसअघि माथिल्लो क्षेत्रमा असारको अन्तिम सातासम्म र तल...
आषाढ़ २७ गते, २०८३ - ०९:१०
त्रिपुरेश्वरको सडकमा एउटा सपना आगो बन्यो, राहदानीको पर्खाइभन्दा पीडा धेरै भारी भयो। गणेशले केवल शरीर जलाएन, उसले राज्यलाई एउटा प्रश्न छोड्यो "...
आषाढ़ २७ गते, २०८३ - ०९:०७
काठमाडौँ । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री तथा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं प्रवर्द्धक महावीर पुनले आगामी एक वर्षसम्म सामाजिक सञ्जाल...
आषाढ़ २७ गते, २०८३ - ०८:५५
काठमाडौं । त्रिपुरेश्वरमा गणेश नेपालीको आत्मदाह प्रयास र उपचारकै क्रममा मृत्यु भएको घटनाको पीडा सेलाउन नपाउँदै सर्लाहीमा फेरि अर्को आत्मदाह प्रयासको घ...
आषाढ़ २७ गते, २०८३ - ०८:४४
काठमाडौं । सरकार गठनको सुरुवाती चरणमा उद्योगी–व्यवसायीमाथि लगातार भएको पक्राउ, अनुसन्धान र कडा सरकारी कदमले निजी क्षेत्रमा गहिरो त्रास सिर्जना गरेको थ...



प्रतिकृया लेख्नुहोस्: