काठमाडौं । सहकारी ठगी मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले दोस्रोपटक बयानका निम्ति बोलाइएका कांग्रेस उपसभापति धनराज गुरुङले फेरि पनि पत्नीले छोडेका कारण ‘दुःख पाएको’ बयान दिएका छन् ।
सिआइबी स्रोतका अनुसार उनले सबै कारोबार पत्नीले गरेको र उनीसँग सम्बन्ध बिच्छेद भएपछि कुनै सम्पर्क नभएको कुरा पुनः दोहोर्याए । अंश नलिने, छोराछोरी भेट्न पाउने भन्ने सहमति भएकोले उनलाई मैले केही पनि सोधेको छैन’, अघिल्लो बयानको कुरा दोहोर्याउँदै गुरुङले भनेको सिआइबी स्रोतले जनायो ।
पत्नीसँग सम्बन्ध बिच्छेदपछि पनि रोक्का रहेको घर धितोमा राखेर १२ करोड रुपैयाँ ऋण लिएको र त्यसको दायित्व बढेर अहिले ८४ करोड पुगेको बारे सिआइबीले सोध्दा उनले इन्कारी बयान दिए । स्रोतका अनुसार धनराजले ‘मलाई केही थाहा छैन, जाने, बुझेको र तिर्नुपर्ने कुरा तिरेकै छु, अझै पनि तिर्छु’ भनी बयान दिएका छन् ।
अघिल्लो बयान कागज अपुरो रहेको भनी सरकारी वकिलले सुझाव दिएपछि उनलाई आज बयानका निम्ति बोलाइएको सिआइबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले बताए ।
मितेरी सहकारी ठगीमा १२ करोड हिनामिना भएको भनी सिआइबीमा महाप्रबन्धकको जिम्मेवारी सम्हालेकी गुरुङपत्नी ज्योति, सहकारीका सचिव बोधविक्रम थापासहित पाँच जना विरुद्ध उजुरी परेको थियो । अनुसन्धानको हदम्याद नाघ्न लागेका कारण छुटपुट बयान जारी रहेको प्रवक्ता बोगटीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २७ गते, २०८३ - १०:३०
'म सधैं तिम्रो पक्षमा बोल्नेछु, लाखौँ युवाका लागि रोजगारीको आवाज उठाइरहनेछु'
आषाढ़ २७ गते, २०८३ - १०:१६
बुद्धनगरमा ४५ वर्षीय आश्विन राउतले पनि लगाए शरीरमा आगो
आषाढ़ २७ गते, २०८३ - १०:१५
काठमाडौं । काठमाडौंको बुद्धनगरमा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान आफ्नौ शरीरमा आगो लगाएका हुन् । काठमाडौं ...
आषाढ़ २७ गते, २०८३ - ०९:५८
दाङ । दाङमा जनप्रतिनिधिले शिक्षा अधिकृतलाई मोबिल खन्याइदिएका छन् । घोराहीस्थित पद्मोदय माविको विद्यालय व्यवस्था समितिको निर्वाचन गैरकानुनी ढंगबाट ग...
आषाढ़ २७ गते, २०८३ - ०९:२१
सङ्खुवासभा । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले हुलाक सेवामार्फत राहदानी घरघरमा पुर्याउने अभियान सुरु गरेसँगै हालसम्म ११० जनाले सेवा लिएका छन् । ज...
आषाढ़ २७ गते, २०८३ - ०९:१८
सङ्खुवासभा । सिँचाइ अभावका कारण असार सकिन लाग्दा पनि सङ्खुवासभामा २५ प्रतिशतमात्र रोपाइँ भएको छ । यसअघि माथिल्लो क्षेत्रमा असारको अन्तिम सातासम्म र तल...
आषाढ़ २७ गते, २०८३ - ०९:१०
त्रिपुरेश्वरको सडकमा एउटा सपना आगो बन्यो, राहदानीको पर्खाइभन्दा पीडा धेरै भारी भयो। गणेशले केवल शरीर जलाएन, उसले राज्यलाई एउटा प्रश्न छोड्यो "...
आषाढ़ २७ गते, २०८३ - ०९:०७
काठमाडौँ । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री तथा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं प्रवर्द्धक महावीर पुनले आगामी एक वर्षसम्म सामाजिक सञ्जाल...
आषाढ़ २७ गते, २०८३ - ०८:५५
काठमाडौं । त्रिपुरेश्वरमा गणेश नेपालीको आत्मदाह प्रयास र उपचारकै क्रममा मृत्यु भएको घटनाको पीडा सेलाउन नपाउँदै सर्लाहीमा फेरि अर्को आत्मदाह प्रयासको घ...
आषाढ़ २७ गते, २०८३ - ०८:४४
काठमाडौं । सरकार गठनको सुरुवाती चरणमा उद्योगी–व्यवसायीमाथि लगातार भएको पक्राउ, अनुसन्धान र कडा सरकारी कदमले निजी क्षेत्रमा गहिरो त्रास सिर्जना गरेको थ...



प्रतिकृया लेख्नुहोस्: