काठमाडौं । जनता समाजवादी पार्टी नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेका छन् । पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीले आवश्यक तयारी पूरा गरी २०८२ बैशाख मसान्तभित्र सम्पूर्ण भ्रातृसंगठनलाई राष्ट्रिय अधिवेशन गर्न निर्देशन दिएबमोजिम भ्रातृसंगठन तथा पेसागत संगठनहरु आ–आफ्नो संगठनको अधिवेशनको तयारीमा जुटेको बताएका हुन् ।
पार्टीसम्बद्ध समाजवादी युवा संघ नेपाल, पिछडावर्ग महासंघ र समाजवादी विद्यार्थी युनियन नेपालले राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिसकेका छन् भने अन्य भ्रातृसंगठनहरुले पनि राष्ट्रिय अधिवेशनको तयारीलाई तीव्रता दिइरहेको बताइएको छ ।
जसअनुसार समाजवादी युवा संघ नेपाल केन्द्रीय समितिको आगामी २०८२ बैशाख १९ र २० गते वीरगञ्जमा राष्ट्रिय महाधिवेशन हुने भएको छ ।
त्यस्तै पिछडावर्ग महासंघकोे २०८२ बैशाख २५ गते गर्ने निर्णय गरेको छ । महाधिवेशनको थप तयारीको लागि संगठनले धनुषाको ढल्केबरमा आगामी माघ १० गते महासंघको केन्द्रीय समितिको बैठकसमेत आह्वान गरेको छ ।
त्यसैगरी समाजवादी विद्यार्थी युनियन नेपालको राष्ट्रिय महाधिवेशन लुम्बिनी प्रदेशको भैरहवामा २०८१ चैत्र ७ र ८ गते हुने भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २७ गते, २०८३ - १०:३०
'म सधैं तिम्रो पक्षमा बोल्नेछु, लाखौँ युवाका लागि रोजगारीको आवाज उठाइरहनेछु'
आषाढ़ २७ गते, २०८३ - १०:१६
बुद्धनगरमा ४५ वर्षीय आश्विन राउतले पनि लगाए शरीरमा आगो
आषाढ़ २७ गते, २०८३ - १०:१५
काठमाडौं । काठमाडौंको बुद्धनगरमा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान आफ्नौ शरीरमा आगो लगाएका हुन् । काठमाडौं ...
आषाढ़ २७ गते, २०८३ - ०९:५८
दाङ । दाङमा जनप्रतिनिधिले शिक्षा अधिकृतलाई मोबिल खन्याइदिएका छन् । घोराहीस्थित पद्मोदय माविको विद्यालय व्यवस्था समितिको निर्वाचन गैरकानुनी ढंगबाट ग...
आषाढ़ २७ गते, २०८३ - ०९:२१
सङ्खुवासभा । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले हुलाक सेवामार्फत राहदानी घरघरमा पुर्याउने अभियान सुरु गरेसँगै हालसम्म ११० जनाले सेवा लिएका छन् । ज...
आषाढ़ २७ गते, २०८३ - ०९:१८
सङ्खुवासभा । सिँचाइ अभावका कारण असार सकिन लाग्दा पनि सङ्खुवासभामा २५ प्रतिशतमात्र रोपाइँ भएको छ । यसअघि माथिल्लो क्षेत्रमा असारको अन्तिम सातासम्म र तल...
आषाढ़ २७ गते, २०८३ - ०९:१०
त्रिपुरेश्वरको सडकमा एउटा सपना आगो बन्यो, राहदानीको पर्खाइभन्दा पीडा धेरै भारी भयो। गणेशले केवल शरीर जलाएन, उसले राज्यलाई एउटा प्रश्न छोड्यो "...
आषाढ़ २७ गते, २०८३ - ०९:०७
काठमाडौँ । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री तथा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं प्रवर्द्धक महावीर पुनले आगामी एक वर्षसम्म सामाजिक सञ्जाल...
आषाढ़ २७ गते, २०८३ - ०८:५५
काठमाडौं । त्रिपुरेश्वरमा गणेश नेपालीको आत्मदाह प्रयास र उपचारकै क्रममा मृत्यु भएको घटनाको पीडा सेलाउन नपाउँदै सर्लाहीमा फेरि अर्को आत्मदाह प्रयासको घ...
आषाढ़ २७ गते, २०८३ - ०८:४४
काठमाडौं । सरकार गठनको सुरुवाती चरणमा उद्योगी–व्यवसायीमाथि लगातार भएको पक्राउ, अनुसन्धान र कडा सरकारी कदमले निजी क्षेत्रमा गहिरो त्रास सिर्जना गरेको थ...



प्रतिकृया लेख्नुहोस्: