Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

हाइटी हिंसामा गत वर्ष पाँच हजार छ सयभन्दा बढीको मृत्यु : राष्ट्रसङ्घ

खबरडबली संवाददाता

जेनेभा । हाइटीमा बढ्दो गिरोह हिंसाले गत वर्ष पाँच हजार छ सयभन्दा बढीको ज्यान लिएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार बताएको छ । अघिल्लो वर्षको तुलनमा यो आँकडा एक हजारभन्दा बढी हो । यस अवधिमा हजारौँ घाइते भएका वा अपहरणमा परेका छन् । 

हिंसात्मक गिरोहहरूले राजधानी पोर्ट–अ–प्रिन्सको अधिकांश भाग नियन्त्रण गर्छन् । गरिब क्यारेबियन यो मुलुक दशकौँदेखि राजनीतिक अस्थिरताले ग्रस्त छ र हालैका वर्षहरूमा शक्तिशाली बन्दै गएका गिरोहहरूले अझ खराब बनाएको छ । 

“यी तथ्याङ्कहरूले मात्रै हाइटीमा भइरहेको पूर्ण भयावहतालाई कैद गर्न सक्दैनन् तर यसले मानिसहरूले भोगिरहेका निरन्तर हिंसालाई देखाउँछ ।” राष्ट्रसङ्घका अधिकार प्रमुख भोल्कर टर्कले विज्ञप्तिमा भने । संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्रसङ्घको समर्थनमा केन्याको नेतृत्वमा रहेको प्रहरी समर्थन मिसन हुँदाहुँदै पनि हिंसा बढ्दै गएको छ । 

मङ्गलबारको विज्ञप्तिमा डिसेम्बरको सुरुमा राजधानीको साइट सोलेइल क्षेत्रमा शक्तिशाली वार्फ जेरेमी गिरोहका नेताद्वारा गरिएको नरसंहारमा कम्तीमा २०७ जनाको मृत्यु भएको बताइएको छ । धेरै पीडितहरू वृद्ध थिए । उनीहरूलाई वुडू (जादू टुना) मा संलग्न भएको आरोप लगाइएको थियो र गिरोहका नेताले आफ्नो बच्चालाई विष दिएको आरोप लगाएका थिए । संदिग्धहरूलाई ‘प्रशिक्षण केन्द्र’ मा लगिएको थियो र त्यहाँ धेरैलाई मारिएपछि टुक्रा–टुक्रा पारिएको वा जलाएको थियो । 

सन् २०२४ मा संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले गिरोहका सदस्यहरू र गिरोहसँग सम्बन्धित व्यक्तिहरूको ३१५ वटा भिडन्त हत्याको अभिलेख राखेको थियो । केही अवसरमा हाइटीका प्रहरी अधिकारीहरूले सहयोग गरेको बताइएको छ । यसबाहेक गत वर्ष विशेष प्रहरी एकाइहरू संलग्न भएको कथित संक्षिप्त मृत्युदण्डका २८१ वटा घटनाहरू रहेको मानावधिकार कार्यालयले बताएको छ । 

“हाइटीमा मानवाधिकार उल्लङ्घन र दुर्व्यवहारका साथै भ्रष्टाचारको दण्डहीनता व्याप्त रहेको कुरा लामो समयदेखि स्पष्ट छ”, केन्या नेतृत्वको मिसनलाई ‘आफ्नो कार्यादेश सफलतापूर्वक कार्यान्वयन गर्न आवश्यक रसद र वित्तीय सहयोग’ प्रदान गर्न आह्वान गर्दै टर्कले भने, “कानूनको शासन पुनस्र्थापना गर्नु प्राथमिकता हुनुपर्छ ।” 

टर्कले अधिकार दुरुपयोगमा संलग्न भएको बताइएका अधिकारीहरूलाई अन्तर्राष्ट्रिय सहयोगमा जवाफदेही बनाउन राष्ट्रिय प्रहरी बललाई पनि आह्वान गरे । उनले सुरक्षा परिषद्ले लगाएको प्रतिबन्ध र हतियार प्रतिबन्धको पूर्ण कार्यान्वयनका लागि पनि आह्वान गरे । 

“हाइटीमा प्रवाह हुने हतियारहरू प्रायः आपराधिक गिरोहहरूको हातमा पर्छन्, जसको दुःखद परिणाम हुन्छ, हजारौँको मृत्यु, लाखौँ विस्थापित, आवश्यक पूर्वाधार र सेवाहरू, जस्तै स्कूल र अस्पतालहरू, अवरुद्ध र नष्ट भयो”, टर्कले भने । 

संयुक्त राष्ट्रसङ्घका मानवाधिकार प्रमुखले हाइटीमा निरन्तर निर्वासनको निन्दा गर्दै भने, “देशमा तीव्र असुरक्षा र परिणामस्वरूप मानवाधिकार सङ्कटले हाइटीका नागरिकहरूको सुरक्षित, मर्यादित र दिगो फिर्तीको अनुमति दिँदैन ।” 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: