जेनेभा । हाइटीमा बढ्दो गिरोह हिंसाले गत वर्ष पाँच हजार छ सयभन्दा बढीको ज्यान लिएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार बताएको छ । अघिल्लो वर्षको तुलनमा यो आँकडा एक हजारभन्दा बढी हो । यस अवधिमा हजारौँ घाइते भएका वा अपहरणमा परेका छन् ।
हिंसात्मक गिरोहहरूले राजधानी पोर्ट–अ–प्रिन्सको अधिकांश भाग नियन्त्रण गर्छन् । गरिब क्यारेबियन यो मुलुक दशकौँदेखि राजनीतिक अस्थिरताले ग्रस्त छ र हालैका वर्षहरूमा शक्तिशाली बन्दै गएका गिरोहहरूले अझ खराब बनाएको छ ।
“यी तथ्याङ्कहरूले मात्रै हाइटीमा भइरहेको पूर्ण भयावहतालाई कैद गर्न सक्दैनन् तर यसले मानिसहरूले भोगिरहेका निरन्तर हिंसालाई देखाउँछ ।” राष्ट्रसङ्घका अधिकार प्रमुख भोल्कर टर्कले विज्ञप्तिमा भने । संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्रसङ्घको समर्थनमा केन्याको नेतृत्वमा रहेको प्रहरी समर्थन मिसन हुँदाहुँदै पनि हिंसा बढ्दै गएको छ ।
मङ्गलबारको विज्ञप्तिमा डिसेम्बरको सुरुमा राजधानीको साइट सोलेइल क्षेत्रमा शक्तिशाली वार्फ जेरेमी गिरोहका नेताद्वारा गरिएको नरसंहारमा कम्तीमा २०७ जनाको मृत्यु भएको बताइएको छ । धेरै पीडितहरू वृद्ध थिए । उनीहरूलाई वुडू (जादू टुना) मा संलग्न भएको आरोप लगाइएको थियो र गिरोहका नेताले आफ्नो बच्चालाई विष दिएको आरोप लगाएका थिए । संदिग्धहरूलाई ‘प्रशिक्षण केन्द्र’ मा लगिएको थियो र त्यहाँ धेरैलाई मारिएपछि टुक्रा–टुक्रा पारिएको वा जलाएको थियो ।
सन् २०२४ मा संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले गिरोहका सदस्यहरू र गिरोहसँग सम्बन्धित व्यक्तिहरूको ३१५ वटा भिडन्त हत्याको अभिलेख राखेको थियो । केही अवसरमा हाइटीका प्रहरी अधिकारीहरूले सहयोग गरेको बताइएको छ । यसबाहेक गत वर्ष विशेष प्रहरी एकाइहरू संलग्न भएको कथित संक्षिप्त मृत्युदण्डका २८१ वटा घटनाहरू रहेको मानावधिकार कार्यालयले बताएको छ ।
“हाइटीमा मानवाधिकार उल्लङ्घन र दुर्व्यवहारका साथै भ्रष्टाचारको दण्डहीनता व्याप्त रहेको कुरा लामो समयदेखि स्पष्ट छ”, केन्या नेतृत्वको मिसनलाई ‘आफ्नो कार्यादेश सफलतापूर्वक कार्यान्वयन गर्न आवश्यक रसद र वित्तीय सहयोग’ प्रदान गर्न आह्वान गर्दै टर्कले भने, “कानूनको शासन पुनस्र्थापना गर्नु प्राथमिकता हुनुपर्छ ।”
टर्कले अधिकार दुरुपयोगमा संलग्न भएको बताइएका अधिकारीहरूलाई अन्तर्राष्ट्रिय सहयोगमा जवाफदेही बनाउन राष्ट्रिय प्रहरी बललाई पनि आह्वान गरे । उनले सुरक्षा परिषद्ले लगाएको प्रतिबन्ध र हतियार प्रतिबन्धको पूर्ण कार्यान्वयनका लागि पनि आह्वान गरे ।
“हाइटीमा प्रवाह हुने हतियारहरू प्रायः आपराधिक गिरोहहरूको हातमा पर्छन्, जसको दुःखद परिणाम हुन्छ, हजारौँको मृत्यु, लाखौँ विस्थापित, आवश्यक पूर्वाधार र सेवाहरू, जस्तै स्कूल र अस्पतालहरू, अवरुद्ध र नष्ट भयो”, टर्कले भने ।
संयुक्त राष्ट्रसङ्घका मानवाधिकार प्रमुखले हाइटीमा निरन्तर निर्वासनको निन्दा गर्दै भने, “देशमा तीव्र असुरक्षा र परिणामस्वरूप मानवाधिकार सङ्कटले हाइटीका नागरिकहरूको सुरक्षित, मर्यादित र दिगो फिर्तीको अनुमति दिँदैन ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १७:५५
काठमाडौँ । भारतीय रुपैयाँ २ सय र ५ सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने भएको छ । सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्काशनमा आएका ती दरका नो...
मंसिर ३० गते, २०८२ - १७:५०
गण्डकी । प्रदेशका सबै घरधुरीमा बिजुलीको पहुँच पुर्याउने गण्डकी प्रदेश सरकारको आठ वर्षदेखिको लक्ष्य अझै पूरा भएको छैन । प्रदेश स्थापनापछि विसं २०७४ मा...
मंसिर ३० गते, २०८२ - १७:४८
सिन्धुली । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले निर्वाचनका लागि सरकारले राजनीतिक दलहरूसँग घनिष्ट संवाद गर्नुपर्ने बताएका छन्। सोमब...
मंसिर ३० गते, २०८२ - १७:४४
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ३ भकिम्ली राखुका किसानलाई सुन्तला ढुवानीमा समस्या भएको छ । नयाँपुलबाट राखु हुँदै भकिम्ली जोड्ने सडकम...
मंसिर ३० गते, २०८२ - १७:४२
काठमाडाैँ । युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष...
मंसिर ३० गते, २०८२ - १७:३९
बागलुङ । यसवर्ष बागलुङमा १० वटा सडक स्तरोन्नति तथा कालोपत्र गर्न थालिएको छ । सङ्घीय सरकारले विनियोजन गरेको बजेटबाट दुई निर्वाचन क्षेत्र रणनीतिकसहित १०...
मंसिर ३० गते, २०८२ - १७:३६
राबात । मोरोक्कोको अटलान्टिक तटीय प्रान्त साफीमा परेको भीषण वर्षा तथा आकस्मिक बाढीका कारण कम्तीमा १४ जनाको ज्यान गएको छ भने ३२ जना घाइते भएका छन् । स्...
मंसिर ३० गते, २०८२ - १७:३४
किन्शासा । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्र, दक्षिण किभु प्रान्तमा दुई सातादेखिको तीव्र लडाइँका कारण पाँच लाखभन्दा बढी मानिस विस्थापित भ...
मंसिर ३० गते, २०८२ - १७:३१
अस्ट्रेलिया । अष्ट्रेलियाको बोन्डी समुन्द्र तटमा “हनुक्का” (यहुदीहरुको पर्व) मनाउँदै गरेका यहुदी समुदायलाई लक्षित गरी भएको गोली हानाहानमा १६ जनाको मृत...
मंसिर ३० गते, २०८२ - १७:२८
संयुक्त राष्ट्र । संयुक्त राष्ट्र महासचिव एंटोनियो गुटेरेसले अष्ट्रेलियाको सिड्नीमा हनुक्का पर्वको अवसरमा भएको आतङ्कवादी घटनाप्रति गहिरो चिन्ता व्यक्त...




प्रतिकृया लेख्नुहोस्: