Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

प्रधानमन्त्री ओलीले झुटा विवरण पेस गरेकाे सहकारीपीडितकाे आराेप

खबरडबली संवाददाता

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले झुटा विवरण देखाएर समाजमा भ्रम छर्ने प्रयास गरेको सहकारीपीडितहरूले आरोप लगाएका छन् । बचत फिर्ताको विषयमा ओलीले केन्द्रीय समितिको बैठकमा गलत विवरण पेस गरेको उनीहरूको भनाइ छ ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले मंगलबार प्रेस विज्ञप्ति प्रकाशन गरी प्रधानमन्त्रीले नै झुक्याउने प्रयास गरेकोमा आक्रोश व्यक्त गरेका हुन् । बचतकर्तालाई फिर्ता भएको भन्दा धेरै विवरण राखेर भ्रममा पार्ने प्रयास गरेको उनीहरूको आरोप छ । 

विज्ञप्तिमा भनिएको छ, ‘हालै एमालेको केन्द्रीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रतिवेदनमा २२ वटा समस्याग्रस्त घोषणा भएका सहकारीमध्ये तीनवटाका ६ हजार बचतकर्ताको सबै रकम फिर्ता भएको र अरू सहकारीका ८००० बचतकर्ताको ७० प्रतिशत र २००० जतिको ५० प्रतिशत रकम फिर्ता भएको भनी झुटा विवरण पेस गरेर समाजमा भ्रम छर्ने काम गरिएको छ । सत्यतथ्यलाई एकातर्फ छाडेर केवल शब्दजालमा समस्यालाई बल्झाउने नियत मात्रै सरकारको देखिन्छ । सरकारले साँच्चै इच्छाशक्ति देखाएर अगाडि बढेमा हामी हाम्रा ठाउँबाट भरपुर सहयोग र साथ दिन तत्पर छौँ भन्ने कुरा समेत हामी जानकारी गराउन चाहन्छौँ ।’

पीडितहरूले सरकारलाई पीडितहरूको अभिभावकत्व ग्रहण गर्न आग्रह गरिएको छ । विज्ञप्तिमा थप भनिएको छ, ‘सरकारमा सरकार हुँ भन्ने संवेदना र नैतिकता छ भने बचतकर्ता पीडितहरूबाट लुटिएको बचत रकम कुनै पनि तरिकाले फिर्ता गराउने काममा अभिभावकीय भूमिका निर्वाह गर्नुपर्दछ र राजनीतिक दल निकटस्थ, नातागोता वा राजनीतिक शक्तिको दुरुपयोग गरी अन्तर्राष्ट्रिय जगतमा समेत नागरिक लुट्ने लुटेराहरूलाई कानुनबमोजिम कारबाही नगरी राज्यलाई नै दण्डहीनतामा लाने र राज्य आतंक मच्चाउने सरकारको रूपमा चित्रित हुनबाट जोगिन सबै राज्य संरक्षित ठगहरू र यस प्रकारको संगठित अपराधको जालोमा संलग्न जोकोही पनि कसुरदारहरूलाई शीघ्र कानुनको दायरामा ल्याई सहकारीपीडितहरूलाई न्याय दिने व्यवस्था हालै जारी गरिएको अध्यादेशमा हुन नसक्नु भनेको सहकारीपीडितहरूले भोगिरहेको अन्याय, उत्पीडन, गरिबी र अभावको घाउमा राज्यले नुनचुक छर्कनु हो र अर्को प्रताडना थप्नु हो ।’ 
उनीहरूले अध्यादेश संशोधनकोसमेत माग गरेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: