Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

भिडभाड हुन सक्ने भन्दै कास्की अदालतमा पत्रकारलाई प्रवेश निषेध

खबरडबली संवाददाता

पाेखरा । कास्की अदालतमा पत्रकारलाई प्रवेश निषेध गरिएको छ । रास्वपा सभापति रवि लामिछानेलाई गत कात्तिकमा म्याद थपका लागि लैजाने क्रममा प्रतिक्रिया दिएपछि ५ कात्तिकदेखि अदालतमा परिसरमा पत्रकार प्रवेशमा रोक लागेकाे हो । 

लामिछानेलाई २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरी ४ कात्तिकमा म्याद थपका लागि प्रहरीले अदालत लैजाँदा सुरुमा पत्रकारलाई प्रवेशमा रोक लगाइएको थियो । तर, पत्रकारको टोलीले अदालतका स्रेस्तेदार र सूचना अधिकारीलाई भेटेपछि प्रवेश दिइएको थियो । तर, म्याद थपका लागि ल्याउने क्रममा लामिछानेले अदालतपरिसरमा पत्रकारलाई प्रतिक्रिया दिएपछि यो विषयमा प्रधानमन्त्री र गृहमन्त्रीले चासो राखेका थिए । सोही कारण ५ कात्तिकदेखि अदालतपरिसरमा पत्रकारलाई प्रवेशमा रोक लगाइएको थियो । 

पत्रकार अदालतभित्र प्रवेश गरेको थाहा पाएमा परिसरबाट प्रहरीले बाहिर निकाल्ने गर्दै आएकाे छ । अदालतमा खुला बहस सुन्न पाइन्छ । तर, कास्की अदालतले भने पत्रकारलाई इजलासमा त परै जाओस् गेटभित्र पनि प्रवेश गर्न दिँदैन । अदालत सुरक्षामा प्रहरीतर्फबाट कमान्ड सम्हालिरहेका असइ मुकेश आलेले अदालत र जिल्ला प्रहरीबाट पत्रकारलाई प्रवेश गर्न नदिनु भन्ने आदेश रहेकाले पालना गरेको बताए । 

कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलियाले भने अदालतमा पत्रकारलाई प्रवेश गर्न दिने/नदिने विषय अदालतको क्षेत्राधिकार रहेको बताए । अदालतका स्रेस्तेदार राजन खनालले भने अदालतपरिसर सानो भएकाले भिडभाड हुन सक्ने भएकाले प्रवेशमा रोक लगाइएको तर्क गरे । ‘आफूले कुनै निर्णय दिन नसक्ने भएकाले  श्रीमान् (न्यायाधीश) सँग सल्लाह गरेर थप जवाफ दिने उनले बताए । 

सर्वोच्च अदालतका प्रवत्ता अच्युत कुईकेलले अदालतमा पत्रकारलाई प्रवेशमा रोक लगाउने नीति नरहेको र रोक लगाउन नपाइने बताए । खुला इजलासमा पनि स्थान हेरेर पत्रकारलाई प्रवेश दिनुपर्ने भनाइ उनको छ ।  तर, सर्वोच्च अदालतमा भने  पत्रकारलाई विशेष पास दिएर इजलासमा जान दिने गरिएको उनले सुनाए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले अदातलमा पत्रकारले निर्वाध रूपमा प्रवेश पाउनुपर्ने बताए । ‘पत्रकारले अदालतमा प्रवेश गरेर दैनिक काम कारबाहीमा बाधा पुर्‍याए भने अदालतले आफ्नो तरिकाले काम गरोस्, त्यसमा भन्नु केही छैन, तर प्रवेशलाई भने सहज बनाइयोस् भन्ने महासंघको माग छ,’ उनले भने ।  

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...

ताप्लेजुङको हाङदेवामा भालुको आतंक

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...

फागुन २१ को निर्वाचन अपरिहार्य छ: कोइराला

विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...

चीन–नेपाल सम्बन्ध अद्वितीय छ: राजदूत छन सङ

काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...

छथर जोरपाटीमा आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा समस्या

धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...

देशका महत्वपूर्ण मानिने औद्योगिक क्षेत्र एक दशकमा पनि बनेनन्

काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...

ललितपुरमा बोरामा प्याक गरेकाे अवस्थमा शव फेला

काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...

निर्वाचन नजिकिँदै गर्दा ८ जिल्ला सीडीओविहीन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...

आइसिसी टी–२० विश्वकपकाे लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...

लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending