Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

भिडभाड हुन सक्ने भन्दै कास्की अदालतमा पत्रकारलाई प्रवेश निषेध

खबरडबली संवाददाता

पाेखरा । कास्की अदालतमा पत्रकारलाई प्रवेश निषेध गरिएको छ । रास्वपा सभापति रवि लामिछानेलाई गत कात्तिकमा म्याद थपका लागि लैजाने क्रममा प्रतिक्रिया दिएपछि ५ कात्तिकदेखि अदालतमा परिसरमा पत्रकार प्रवेशमा रोक लागेकाे हो । 

लामिछानेलाई २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरी ४ कात्तिकमा म्याद थपका लागि प्रहरीले अदालत लैजाँदा सुरुमा पत्रकारलाई प्रवेशमा रोक लगाइएको थियो । तर, पत्रकारको टोलीले अदालतका स्रेस्तेदार र सूचना अधिकारीलाई भेटेपछि प्रवेश दिइएको थियो । तर, म्याद थपका लागि ल्याउने क्रममा लामिछानेले अदालतपरिसरमा पत्रकारलाई प्रतिक्रिया दिएपछि यो विषयमा प्रधानमन्त्री र गृहमन्त्रीले चासो राखेका थिए । सोही कारण ५ कात्तिकदेखि अदालतपरिसरमा पत्रकारलाई प्रवेशमा रोक लगाइएको थियो । 

पत्रकार अदालतभित्र प्रवेश गरेको थाहा पाएमा परिसरबाट प्रहरीले बाहिर निकाल्ने गर्दै आएकाे छ । अदालतमा खुला बहस सुन्न पाइन्छ । तर, कास्की अदालतले भने पत्रकारलाई इजलासमा त परै जाओस् गेटभित्र पनि प्रवेश गर्न दिँदैन । अदालत सुरक्षामा प्रहरीतर्फबाट कमान्ड सम्हालिरहेका असइ मुकेश आलेले अदालत र जिल्ला प्रहरीबाट पत्रकारलाई प्रवेश गर्न नदिनु भन्ने आदेश रहेकाले पालना गरेको बताए । 

कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलियाले भने अदालतमा पत्रकारलाई प्रवेश गर्न दिने/नदिने विषय अदालतको क्षेत्राधिकार रहेको बताए । अदालतका स्रेस्तेदार राजन खनालले भने अदालतपरिसर सानो भएकाले भिडभाड हुन सक्ने भएकाले प्रवेशमा रोक लगाइएको तर्क गरे । ‘आफूले कुनै निर्णय दिन नसक्ने भएकाले  श्रीमान् (न्यायाधीश) सँग सल्लाह गरेर थप जवाफ दिने उनले बताए । 

सर्वोच्च अदालतका प्रवत्ता अच्युत कुईकेलले अदालतमा पत्रकारलाई प्रवेशमा रोक लगाउने नीति नरहेको र रोक लगाउन नपाइने बताए । खुला इजलासमा पनि स्थान हेरेर पत्रकारलाई प्रवेश दिनुपर्ने भनाइ उनको छ ।  तर, सर्वोच्च अदालतमा भने  पत्रकारलाई विशेष पास दिएर इजलासमा जान दिने गरिएको उनले सुनाए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले अदातलमा पत्रकारले निर्वाध रूपमा प्रवेश पाउनुपर्ने बताए । ‘पत्रकारले अदालतमा प्रवेश गरेर दैनिक काम कारबाहीमा बाधा पुर्‍याए भने अदालतले आफ्नो तरिकाले काम गरोस्, त्यसमा भन्नु केही छैन, तर प्रवेशलाई भने सहज बनाइयोस् भन्ने महासंघको माग छ,’ उनले भने ।  

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: