बझाङ । बझाङमा एक सुत्केरी महिलाको उपचार नपाएरै मृत्यु भएको छ । जिल्लाको केदास्युँ गाउँपालिका –१ डुडिलकी ३१ वर्षीया खिना बोहराको बीच बाटोमै बच्चा जन्माउँदा मृत्यु भएको हो ।
बच्चा जन्माउँदा अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको केदास्युँ गाउँपालिका अध्यक्ष गणेश बहादुर बोहराले जानकारी दिए । ‘व्यथाले च्यापेर निकै समस्या भएपछि अस्पतालको लागि लगिएको रहेछ ’ उनले भने ‘अस्पतालसम्म पुग्न नपाउँदै बच्च जन्मियो । उपचार नपाएर आमा र शिशु दुवैको मृत्यु भयो ।’
उनका श्रीमान् उमेश बोहरा भारत छन् । घरमा सासू ससुरासँग रहेकी खिनालाई हिजो साँझबाटै व्यथा सुरु भएको थियो । बिहान करिब ३ बजे समस्या बढ्दै गएपछि सासू ससुराले उनलाई नजिकैको रायल प्राथमिक स्वास्थ्य चौकी देउराको लागि हिँडाएका थिए । निकै समस्या हुँदा पनि उनलाई हिँडाएरै अस्पताल पुराउने प्रयास गरिएको थियो ।
त्यसको करिब डेढ घण्टापछि उनले बाटामा नै बच्चा जन्माएकी थिइन् । बाटो मै शिशुको जन्म भएपछि उनका अभिभावकहरूले जनप्रतिनिधि पदम प्रसाद भट्टलाई सम्पर्क गरेका थिए ।
वडा सदस्य भट्टले रायल प्राथमिक स्वास्थ्य चौकीका अहेब कमल कुमार मल्ललाई घटनाबारे जानकारी गराएपछि त्यहाँ एम्बुलेन्स ,उपचार सामाग्रीसहित टोली पुगेको थियो । तर, त्यो बेलासम्म आमा र शिशुको अवस्था निकै गम्भीर भइसकेको अहेब मल्लले जानकारी दिए ।
‘हामी पुग्दासम्म उहाँको अवस्था गम्भीर भइसकेको थियो तर पनि बचाउन सकिन्छ कि भनेर प्रयास गरेका थियौँ ’ उनले भने ‘ निकै प्रयास गर्दा पनि आमा छोरा दुबैलाई बचाउन सकेनौँ ।’
समयमा अस्पतालसम्म पुराउन नसक्दा आमा र शिशु दुवैको मृत्यु भएको उनको भनाइ छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा प्रत्येक वर्ष उपचार नपाएर यसरी सुत्केरी तथा गर्भवतीको मृत्यु हुने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २७ गते, २०८३ - १०:३०
'म सधैं तिम्रो पक्षमा बोल्नेछु, लाखौँ युवाका लागि रोजगारीको आवाज उठाइरहनेछु'
आषाढ़ २७ गते, २०८३ - १०:१६
बुद्धनगरमा ४५ वर्षीय आश्विन राउतले पनि लगाए शरीरमा आगो
आषाढ़ २७ गते, २०८३ - १०:१५
काठमाडौं । काठमाडौंको बुद्धनगरमा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान आफ्नौ शरीरमा आगो लगाएका हुन् । काठमाडौं ...
आषाढ़ २७ गते, २०८३ - ०९:५८
दाङ । दाङमा जनप्रतिनिधिले शिक्षा अधिकृतलाई मोबिल खन्याइदिएका छन् । घोराहीस्थित पद्मोदय माविको विद्यालय व्यवस्था समितिको निर्वाचन गैरकानुनी ढंगबाट ग...
आषाढ़ २७ गते, २०८३ - ०९:२१
सङ्खुवासभा । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले हुलाक सेवामार्फत राहदानी घरघरमा पुर्याउने अभियान सुरु गरेसँगै हालसम्म ११० जनाले सेवा लिएका छन् । ज...
आषाढ़ २७ गते, २०८३ - ०९:१८
सङ्खुवासभा । सिँचाइ अभावका कारण असार सकिन लाग्दा पनि सङ्खुवासभामा २५ प्रतिशतमात्र रोपाइँ भएको छ । यसअघि माथिल्लो क्षेत्रमा असारको अन्तिम सातासम्म र तल...
आषाढ़ २७ गते, २०८३ - ०९:१०
त्रिपुरेश्वरको सडकमा एउटा सपना आगो बन्यो, राहदानीको पर्खाइभन्दा पीडा धेरै भारी भयो। गणेशले केवल शरीर जलाएन, उसले राज्यलाई एउटा प्रश्न छोड्यो "...
आषाढ़ २७ गते, २०८३ - ०९:०७
काठमाडौँ । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री तथा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं प्रवर्द्धक महावीर पुनले आगामी एक वर्षसम्म सामाजिक सञ्जाल...
आषाढ़ २७ गते, २०८३ - ०८:५५
काठमाडौं । त्रिपुरेश्वरमा गणेश नेपालीको आत्मदाह प्रयास र उपचारकै क्रममा मृत्यु भएको घटनाको पीडा सेलाउन नपाउँदै सर्लाहीमा फेरि अर्को आत्मदाह प्रयासको घ...
आषाढ़ २७ गते, २०८३ - ०८:४४
काठमाडौं । सरकार गठनको सुरुवाती चरणमा उद्योगी–व्यवसायीमाथि लगातार भएको पक्राउ, अनुसन्धान र कडा सरकारी कदमले निजी क्षेत्रमा गहिरो त्रास सिर्जना गरेको थ...



प्रतिकृया लेख्नुहोस्: