Khabar Dabali २७ असार २०८३ शनिबार | 11th July, 2026 Sat
Investment bank

सहकारीका समस्या साधान गर्न अध्यादेश ल्याएका हौँः मन्त्री अधिकारी

खबरडबली संवाददाता

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीमा देखिएका वर्तमान समस्याहरु समाधानका लागि अध्यादेश ल्याएको बताएका छन् । 

नेपाल कृषि सहकारी केन्द्रीय संघको साधारण सभामा  बोल्दैनुहुँदै मन्त्री अधिकारीले सहकारी अभियानसंग समन्वय गरेर अध्यादेश ल्याएको र यसले वर्तमान समस्या समाधान गर्ने बताएका हुन् । 

उनले अध्यादेशले सबै समस्या समाधान गर्छ भन्ने होइन भन्दै अध्यादेशलाई आवश्यकता अनुसार सुधार गर्दै जाने बताए । मन्त्री अधिकारीले अहिले अध्यादेशले केही कुरालाई साँघुरो बनाएजस्तो लागेपनि त्यो कुरा समयसंगै सत्य सावित हुने बताए  । 

फरक प्रसंगमा मन्त्री अधिकारीले उत्पादन क्षेत्रमा लागेका सहकारीलाई राज्यले हरेक कोणबाट प्रोत्साहन गर्दै आइरहेको समेत बताउँदै उत्पादन, उत्पादकत्व र रोजगारी बढाउँदै अर्थतन्त्रमा योगदान गरिरहेका सहकारी संघसंस्थाहरु मार्फत सरकारले आफ्ना कार्यक्रमलाई संगसंगै अगाडि बढाउन तत्पर रहेको समेत  उल्लेख गरे  ।

कार्यक्रममा मन्त्री अधिकारीले प्रचार गरेजस्तो सबै सहकारी सहकारी बेठिक नभएको भन्दै सबैलाई एकै प्रकारले हेर्ने प्रवृतिले सहकारी क्षेत्रनै बेठिक भयो भन्नेहरुको विरुद्ध ऐक्यबद्धता जनाउन आवश्यक रहेको बताए ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक एवम् विकास सल्लाहकार डा. युवराज खतिवडाले अहिले सहकारीमा भएको बचत जोगाउनुपर्ने बेला भएको बताए । यो संकटको समयमा सहकारीमा रकम थप्नेबारे बहस गर्न आवश्यक नरहेको उनको भनाइ छ  । 

डा. खतिवडाले सहकारी संस्थाप्रतिको विश्वास बढाउनुपर्ने र स्वनियमन पहिला बलियो बनाउनु पर्नेमा जोड दिँदै  अहिले नै सहकारी अभियानलाई खुम्च्याउन लागिएको हो कि भन्ने अर्थमा नबुझ्न समेत सबैलाई अपिलसमेत गरे  । 

यसैगरी कार्यक्रममा पूर्व मन्त्री केशव बडालले सहकारीमा सुशासनको अवस्था राम्रो बनाउन सके समस्या नआउने बताउँदै सहकारीका सञ्चालक र कर्मचारीका कारण सहकारीमा समस्या आएको भन्दै नेतृत्वमा बस्नेहरु स्वनियमनमा प्रतिवद्ध हुँदा धेरै समस्या आफै समाधान हुने बताए । 

पूर्व मन्त्री तथा नेकपा एमालेको सहकारी विभाग प्रमुख खगराज अधिकारीले सरकारले अगाडि बढाएको अध्यादेशमा सुधारका विषय रहेको र त्यसमा आफुहरुले सुझाव समेत दिइसकेकोले यसलाई करेक्सन गरेर अगाडि बढ्न अनुरोध गर्दै राज्यले बनाउने हरेक कानुनमा नागरिकले आफ्नो पनको महशुस गर्न सक्ने हुनुपर्ने भन्दै अध्यादेशमा भएका सहकारी र सहकारी क्षेत्रमा संलग्नहरुका लागि नकारात्मक प्रभाव पार्ने विषय तत्कास सुधार गरेर अगाडि बढ्न अनुरोध गरे  । 

यसैगरी कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का अध्यक्ष खेम बहादुर पाठकले सहकारीका सञ्चालक, कर्मचारी र सदस्यहरुले अब सरकारको मुख ताकेर बस्न नहुने बताए । उनले जो जहाँ छ त्यहीँबाट आ–आफ्नो जिम्मेवारी र दायित्व पुरा गर्न सक्नेहो भने कुनै समस्या नआउने तर्क गरे  । 

अध्यक्ष पाठकले सहकारी मार्फत युवा रोजगारी, आयआर्जनका काम र सहकारीको आफ्नै उद्यम सञ्चालन गर्नेसम्मका कार्यमा साना किसानहरुले गरिरहेको योगदान सम्झनालायक रहेको बताए । उनले सरकारले अगाडि बढाएको आर्थिक समृद्धिको नारालाई साना किसानहरुले उत्पादनसंग जोडेर योगदान गरिरहेको दावी गरे ।

संघको साधारण सभामा राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष, मिनराज कँडेल, कृषि उद्यम केन्द्रका अध्यक्ष डिबी बस्नेत, नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. हरी बहादुर केसी, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोइराला लगायतले बोल्नुहुँदै सहकारी र सरकार संगसंगै अगाडि बढ्न सके आर्थिक समृद्धि हासिल गर्न सकिने बताए । 


 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

'गणेश समाचार होइन, विद्रोहको प्रतीक हुन्' : हर्क साम्पाङको भावुक अभिव्यक्ति

'म सधैं तिम्रो पक्षमा बोल्नेछु, लाखौँ युवाका लागि रोजगारीको आवाज उठाइरहनेछु'

तीन दिनमा तीन आत्मदाह प्रयास : गणेशको मृत्युपछि पनि किन रोकिएन निराशाको आगो ?

बुद्धनगरमा ४५ वर्षीय आश्विन राउतले पनि लगाए शरीरमा आगो

एका विहानै बुद्धनगरमा अर्काे आत्मदाह प्रयास

काठमाडौं । काठमाडौंको बुद्धनगरमा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान आफ्नौ शरीरमा आगो लगाएका हुन् । काठमाडौं ...

दाङमा वडा सदस्यले अधिकृतलाई मोबिल छ्यापेपछि...

दाङ । दाङमा जनप्रतिनिधिले शिक्षा अधिकृतलाई मोबिल खन्याइदिएका छन् । घोराहीस्थित पद्मोदय माविको विद्यालय व्यवस्था समितिको निर्वाचन गैरकानुनी ढंगबाट ग...

तीन महिनामा ११० जनालाई हुलाकमार्फत राहदानी वितरण

सङ्खुवासभा ।  जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले हुलाक सेवामार्फत राहदानी घरघरमा पुर्‍याउने अभियान सुरु गरेसँगै हालसम्म ११० जनाले सेवा लिएका छन् । ज...

सिँचाइ अभाव हुँदा सङ्खुवासभामा २५ प्रतिशत मात्र रोपाइँ

सङ्खुवासभा । सिँचाइ अभावका कारण असार सकिन लाग्दा पनि सङ्खुवासभामा २५ प्रतिशतमात्र रोपाइँ भएको छ । यसअघि माथिल्लो क्षेत्रमा असारको अन्तिम सातासम्म र तल...

अधुरो देशको आगो

त्रिपुरेश्वरको सडकमा एउटा सपना आगो बन्यो, राहदानीको पर्खाइभन्दा पीडा धेरै भारी भयो। गणेशले केवल शरीर जलाएन, उसले राज्यलाई एउटा प्रश्न छोड्यो "...

सामाजिक सञ्जाल र पत्रकारलाई एक वर्ष अन्तर्वार्ता नदिने मन्त्री पुनको घोषणा

काठमाडौँ । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री तथा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं प्रवर्द्धक महावीर पुनले आगामी एक वर्षसम्म सामाजिक सञ्जाल...

गणेशपछि फेरि आत्मदाह प्रयास : सर्लाहीका २५ वर्षीय विवेकको शरीर ८५ प्रतिशत जल्यो, अवस्था अत्यन्तै गम्भीर

काठमाडौं । त्रिपुरेश्वरमा गणेश नेपालीको आत्मदाह प्रयास र उपचारकै क्रममा मृत्यु भएको घटनाको पीडा सेलाउन नपाउँदै सर्लाहीमा फेरि अर्को आत्मदाह प्रयासको घ...

धरपकडबाट संवादतिर प्रधानमन्त्री : १०० दिनपछि निजी क्षेत्रसँग ‘आइस–ब्रेक’

काठमाडौं । सरकार गठनको सुरुवाती चरणमा उद्योगी–व्यवसायीमाथि लगातार भएको पक्राउ, अनुसन्धान र कडा सरकारी कदमले निजी क्षेत्रमा गहिरो त्रास सिर्जना गरेको थ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending