भारत । भारतको छत्तीसगढमा सोमबार माओवादी विद्रोहीले सडक किनारमा राखेको शक्तिशाली बम विस्फोट गराउँदै ९ सुरक्षाकर्मीको ज्यान लिएका छन् । घटनामा प्रयोग गरिएको सवारी साधन विस्फोटको कारण हावामा उडेको प्रहरीले जनाएको छ ।
भारतीय सञ्चारमाध्यमहरूले विस्फोटको कारण सडकमा गहिरो खाल्डो परेको र सवारी साधनका केही भाग २५ फिट उचाइमा रुखमा अड्किएको तस्बिरहरू प्रकाशित गरेका छन् ।माओवादी विद्रोहीहरूले दशकौँदेखि भारतको केन्द्रीय क्षेत्रका प्राकृतिक स्रोतहरूमा अधिकारको माग गर्दै सशस्त्र संघर्ष गर्दै आएका छन् । यो विद्रोहका कारण १० हजार भन्दा बढी मानिसको ज्यान गइसकेको छ ।
छत्तीसगढ राज्यका प्रहरी प्रमुख विवेकानन्द सिन्हाले भने, "आजको आक्रमणमा ८ सुरक्षाकर्मी र एक चालकको ज्यान गएको छ । उनीहरू चढेको सवारीले ल्यान्डमाइनलाई छोएपछि विस्फोट भएको हो ।" सोमबारको आक्रमण सुरक्षाकर्मीहरूले शनिबारको माओवादी विरोधी कारबाहीबाट फर्कँदै गर्दा भएको हो । उक्त अपरेसनमा चार माओवादी र एक प्रहरी अधिकारीको मृत्यु भएको थियो ।
माओवादी विद्रोहीहरूलाई "नक्सलाइट" भनेर पनि चिनिन्छ, जुन १९६७ मा पश्चिम बंगालको नक्सलबारीबाट सुरु भएको उनीहरूको आन्दोलनको नाम हो । भारत सरकारले पछिल्ला वर्षहरूमा विद्रोहीविरुद्धको कारबाहीलाई तीव्र पारेको छ । सरकारी तथ्यांकअनुसार २०२४ मा २८७ माओवादी मारिएका छन् । जबकि १,००० भन्दा बढी पक्राउ र ८३७ आत्मसमर्पण गरेका छन् ।
भारतका गृहमन्त्री अमित शाहले गत सेप्टेम्बरमा विद्रोहीलाई आत्मसमर्पण गर्न चेतावनी दिँदै विद्रोहलाई २०२६ को सुरूवातसम्म पूर्ण रूपमा अन्त्य गर्ने योजना सार्वजनिक गरेका थिए । २००० को दशकको सुरुवातमा माओवादी विद्रोहले धेरै क्षेत्र ओगटेको थियो । तर, पछिल्ला वर्षहरूमा सरकारको "रेड करिडोर" मा सुरक्षाकर्मी परिचालन र स्थानीय विकास परियोजनामा लगानीले विद्रोहको प्रभावलाई सीमित पारेको छ ।
सरकारले माओवादीको आकर्षणलाई कमजोर पार्न स्थानीय पूर्वाधार र सामाजिक परियोजनामा लाखौँ डलर लगानी गरिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - २०:०८
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...
पौष ४ गते, २०८२ - २०:०१
लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...
पौष ४ गते, २०८२ - १९:२७
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...
पौष ४ गते, २०८२ - १९:२३
ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...
पौष ४ गते, २०८२ - १९:२१
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - १९:१६
सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...
पौष ४ गते, २०८२ - १८:२१
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...
पौष ४ गते, २०८२ - १८:१९
काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...
पौष ४ गते, २०८२ - १८:१६
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...
पौष ४ गते, २०८२ - १८:०३
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...




प्रतिकृया लेख्नुहोस्: