काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरूले पार्टीलाई एकतावद्ध बनाएर जानुपर्ने बताएका छन् । काठमाडौंमा आइतबारदेखि जारी केन्द्रीय समिति बैठकको दोस्रो दिनको छलफलका क्रममा उनीहरूले पार्टी सरकारबाट हटेपछि जनतामा जाने ऐतिहासिक अवसर आएको बताएका हुन् ।
उनीहरू सरकारबाहिर रहँदाको खाली समयमा पार्टीलाई एकतावद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । सोमबारको बैठकमा पार्टी महाधिवेशनको मितिसहितको कार्यतालिका तोक्नुपर्नेमा अधिकांश नेताहरूले जोड दिएका छन् । उनीहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन वैज्ञानिक र वस्तुवादी रहेकाले स्पष्ट राजनीतिक दृष्टिकोणसहित अघि बढ्नुपर्ने धारणा राखेको प्रवक्ता सापकोटाले बताए ।
बैठकमा १८० जनाले बोल्न नाम टिपाएको थिए । दोश्रो दिन ८० जनाले धारणा राखे । बैठक मंगलबार बिहान ११ बजेसम्मलाई स्थगित भएको प्रवक्ता सापकोटाले बताएका छन् ।
बैठकमा बाेल्ने केन्द्रीय सदस्यहरूले अध्यक्षसहित सबै नेता कार्यकर्ताहरू श्रम र उत्पादनसँग जोडिनुपर्ने सुझाव दिएका छन् । बोल्ने कतिपय सदस्यहरूले अध्यक्ष प्रचण्डसमेत कम्तीमा पनि महिनामा ३ पटक श्रम र उत्पादनमा जोडिनुपर्ने धारणा राखेको सापकोटाले जानकारी दिए ।
यस्तै दण्डहीनताको अन्य हुनुपर्ने, काँठ क्षेत्रमा पनि पार्टीको विशेष अभियान सञ्चालन हुनुपर्ने, विभागहरूलाई प्रभावकारी बनाउनुपर्ने विषय सदस्यहरूले उठाएको उनको भनाइ छ । यस्तै पार्टीको सदन र सडकलाई जोड्ने नीतिअनुसार सदनलाई प्रभावकारी बनाउन जोड दिनुपर्ने, सदन छिटो आह्वानका लागि दबाब दिँदै अरू पार्टीसँग पनि सहकार्य बढाउनुपर्ने सदस्यहरूले सुझाव दिएका छन् । यस्तै बैठकमा महाधिवेशन गर्ने कुरामा सबैको सहमति रहेपनि अभियानमा गएर त्यसपछि महाधिवेशनको मिति र कार्यतालिका तोक्नुपर्छ भन्ने अधिकांशको भनाइ रहेको सापकोटाको भनाइ छ । केहीको चाहिँ अहिले नै तोक्नुपर्छ भन्ने समेत धारणा आएको उनले बताए ।
यता बैठकमा उमेरहदका कारण बहिर्गमित विद्यार्थी नेताहरूको व्यवस्थापनको विषयमा चासो व्यक्त भएको छ । ३२ वर्ष उमेरहद लगाउनुपर्ने पक्षमा निर्णय भएपछि करिब ६ सय विद्यार्थी नेताहरु भूमिकाविहीन भएका छन् । केन्द्रीय समिति बैठकमा धारणा राख्ने क्रममा केही नेताहरूले भूमिकाविहीन विद्यार्थीको व्यवस्थापनबारे चासो राखेका हुन् ।
अखिल क्रान्तिकारीमा उमेरहद कायम भएपछि बहिर्गमित नेताहरूले अब के हुन्छ भनेर आफूनिकट नेताहरूलाई प्रश्न गरिरहेका छन् । अध्यक्षमा इन्द्र भुसाल, मिलन एम, जिपी मैनाली, तुकमान महरा, पवन कार्की, केशव रावल ,नारायण खनाल, मदन भुल र नरेश शर्मासहितका नेताहरू आकांक्षी थिए । विद्यार्थी राजनीतिबाट बिदा भएका नेताहरूको उचित व्यवस्थापन नभए विशेष महाधिवेशन मात्र होइन, आउँदो फागुनको स्ववियु निर्वाचनमा समेत प्रभाव पर्ने दाबी कतिपय नेताहरूको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - २०:०८
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...
पौष ४ गते, २०८२ - २०:०१
लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...
पौष ४ गते, २०८२ - १९:२७
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...
पौष ४ गते, २०८२ - १९:२३
ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...
पौष ४ गते, २०८२ - १९:२१
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - १९:१६
सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...
पौष ४ गते, २०८२ - १८:२१
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...
पौष ४ गते, २०८२ - १८:१९
काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...
पौष ४ गते, २०८२ - १८:१६
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...
पौष ४ गते, २०८२ - १८:०३
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...




प्रतिकृया लेख्नुहोस्: