Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

माओवादी केन्द्रको बैठक: पार्टीलाई एकतावद्ध बनाउन माग

दोश्रो दिन ८० जनाले धारणा राखे

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरूले पार्टीलाई एकतावद्ध बनाएर जानुपर्ने बताएका छन् । काठमाडौंमा आइतबारदेखि जारी केन्द्रीय समिति बैठकको दोस्रो दिनको छलफलका क्रममा उनीहरूले पार्टी सरकारबाट हटेपछि जनतामा जाने ऐतिहासिक अवसर आएको बताएका हुन् ।

उनीहरू सरकारबाहिर रहँदाको खाली समयमा पार्टीलाई एकतावद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । सोमबारको बैठकमा पार्टी महाधिवेशनको मितिसहितको कार्यतालिका तोक्नुपर्नेमा अधिकांश नेताहरूले जोड दिएका छन् । उनीहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन वैज्ञानिक र वस्तुवादी रहेकाले स्पष्ट राजनीतिक दृष्टिकोणसहित अघि बढ्नुपर्ने धारणा राखेको प्रवक्ता सापकोटाले बताए ।

बैठकमा १८० जनाले बोल्न नाम टिपाएको थिए । दोश्रो दिन ८० जनाले धारणा राखे । बैठक मंगलबार बिहान ११ बजेसम्मलाई स्थगित भएको प्रवक्ता सापकोटाले बताएका छन् । 

बैठकमा बाेल्ने केन्द्रीय सदस्यहरूले अध्यक्षसहित सबै नेता कार्यकर्ताहरू श्रम र उत्पादनसँग जोडिनुपर्ने सुझाव दिएका छन् । बोल्ने कतिपय सदस्यहरूले अध्यक्ष प्रचण्डसमेत कम्तीमा पनि महिनामा ३ पटक श्रम र उत्पादनमा जोडिनुपर्ने धारणा राखेको सापकोटाले जानकारी दिए । 

यस्तै दण्डहीनताको अन्य हुनुपर्ने, काँठ क्षेत्रमा पनि पार्टीको विशेष अभियान सञ्चालन हुनुपर्ने, विभागहरूलाई प्रभावकारी बनाउनुपर्ने विषय सदस्यहरूले उठाएको उनको भनाइ छ । यस्तै पार्टीको सदन र सडकलाई जोड्ने नीतिअनुसार सदनलाई प्रभावकारी बनाउन जोड दिनुपर्ने, सदन छिटो आह्वानका लागि दबाब दिँदै अरू पार्टीसँग पनि सहकार्य बढाउनुपर्ने सदस्यहरूले सुझाव दिएका छन् । यस्तै बैठकमा महाधिवेशन गर्ने कुरामा सबैको सहमति रहेपनि अभियानमा गएर त्यसपछि महाधिवेशनको मिति र कार्यतालिका तोक्नुपर्छ भन्ने अधिकांशको भनाइ रहेको सापकोटाको भनाइ छ । केहीको चाहिँ अहिले नै तोक्नुपर्छ भन्ने समेत धारणा आएको उनले बताए ।

यता बैठकमा उमेरहदका कारण बहिर्गमित विद्यार्थी नेताहरूको व्यवस्थापनको विषयमा चासो व्यक्त भएको छ । ३२ वर्ष उमेरहद लगाउनुपर्ने पक्षमा निर्णय भएपछि करिब ६ सय विद्यार्थी नेताहरु भूमिकाविहीन भएका छन् । केन्द्रीय समिति बैठकमा धारणा राख्ने क्रममा केही नेताहरूले भूमिकाविहीन विद्यार्थीको व्यवस्थापनबारे चासो राखेका हुन् । 

अखिल क्रान्तिकारीमा उमेरहद कायम भएपछि बहिर्गमित नेताहरूले अब के हुन्छ भनेर आफूनिकट नेताहरूलाई प्रश्न गरिरहेका छन् । अध्यक्षमा इन्द्र भुसाल, मिलन एम, जिपी मैनाली, तुकमान महरा, पवन कार्की, केशव रावल ,नारायण खनाल, मदन भुल र नरेश शर्मासहितका नेताहरू आकांक्षी थिए । विद्यार्थी राजनीतिबाट बिदा भएका नेताहरूको उचित व्यवस्थापन नभए विशेष महाधिवेशन मात्र होइन, आउँदो फागुनको स्ववियु निर्वाचनमा समेत प्रभाव पर्ने दाबी कतिपय नेताहरूको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: