Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

भीम रावलको अभियानलाई झलनाथको शुभकामना, दिए तीन बुँदे सुझाव

खबरडबली संवाददाता

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले एमालेका पूर्वउपाध्यक्ष भीम रावलले सञ्चालन गरेको ‘मातृभूमि जागरण अभियान’ लाई ‘औचित्यपूर्ण’ भन्दै शुभकाना दिएका छन् ।

‘क. झलनाथ खनालको सचिवालय’ नाम दिइएको ह्वाट्स एप ग्रुपमा शनिबार खनालले त्यस्तो अभिव्यक्ति दिएका हुन् । उक्त ह्वाट्सएप ग्रुपका एड्मिन उनका स्वकीय सचिव कृष्ण भट्टराई हुन् ।

शुभकामना दिँदै खनालले लेखेका छन्, ‘उहाँ एउटा प्रवल देशभक्त नेता हो । उहाँका विचार, दृष्टिकोण र धारणाहरू मार्क्सवाद–लेनिनवादका वैज्ञानिक सिद्धान्तबाट नै बनेका छन् । त्यस्तो व्यक्तिलाई भर्खरै एउटा ‘कम्युनिष्ट पार्टी’ बाट निष्कासन गरिएको छ । अब उहाँ कसरी अघि बढ्नु हुन्छ ? त्यसले आकार लिन एउटा समय लाग्न सक्छ । केही दिन त पर्खेरै हेर्नै पर्छ ।’

रावलको पछिल्लो गतिविधिलाई केही व्यक्तिले ‘कम्युनिष्टको खोल उतारे’ भनी गरिएको टिप्पणीप्रति खनालले आक्रोश व्यक्त गरेका छन् । लेखेका छन्, ‘यो देशका बुर्जुवा नेता र आफूलाई कम्युनिष्ट नेता भन्नेहरू समेत एकपछि अर्को साम्राज्यवाद र प्रभूत्ववादका जालमा फंसेर राष्ट्रघाती काम गरिरहेको वर्तमान अवस्थामा भीम रावलले ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गर्नु सर्वथा औचित्यपूर्ण देखिन्छ । कम्युनिष्टको खोल ओडेर साम्राज्यवादको दलाली गर्नु भन्दा मात्र देशभक्तिपूर्ण अभियान पनि प्रगतिशील हुन्छ । त्यसैले म कमरेड रावलको यो अभियानलाई अभिवादन गर्न चाहन्छु ।’

खनालले रावलको अभियानका लागि तीन बुँदे शुभकामना पनि दिएका छन् ।

पहिलो नम्बरमा उनले लेखेका छन्, ‘नेपालका सबैभन्दा अग्रगन्य देशभक्त भनेका सच्चा कम्युनिष्टहरू नै हुन । तर नक्कली कम्युनिष्टहरू होइनन । त्यसैले मार्क्सवाद र देशभक्तिका बीच वैज्ञानिक समन्वय आवश्यक छ ।’

दोस्रो बुँदाको सुझाव दिँदै खनालले मार्क्सवाद नेपाली समाजको उत्पत्ति, विकास, वर्तमान अवस्था र यसको भविष्यको बाटो देखाउँछ भन्दै त्यसलाई नेपाली समाजको विकासको ऐतिहासिक प्रवाहसँग एकाकार नगरी नेपाली समाजलाई रूपान्तरण गर्नै सकिन्न भन्ने सुझाव दिएका हुन् ।

तेस्रो बुँदामा लेखेका छन्, ‘यतिबेला नेपाली समाज समाजवादी क्रान्ति र रूपान्तरणको युगबाट अघि बढ्दै छ । आजको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको गहन विश्लेषणका आधारमा यो समाजवादी क्रान्तिलाई सम्पन्न गर्न सहि क्रान्तिकारी कार्यदिशा, नीति, सिद्धान्त, कार्यक्रम र रणनीति कार्यनीति लिएर अघि बढ्नु पर्छ । त्यसैले मार्क्सवाद र नेपाली क्रान्तिको प्रवाहका बीचमा एकता हुनैपर्छ ।’

हेर्नुहोस्, शुभकामनाको पूर्णपाठ

क. भीम रावललाई शुभकामना

कमरेड भीम रावल ५० वर्षभन्दा लामो राजनीतिक इतिहास कम्युनिष्ट आन्दोलनमा बिताएर आउनु भएको नेता हो । नेकपा (एमाले) को निर्माण, विकास, विस्तार र समृद्धिमा उहाँको समेत महत्वपूर्ण भूमिका रहीआएको हो ।

तर, उहाँलाई नै पार्टी सदस्यबाट समेत निर्ममतापूर्वक हटाइएको छ । त्यसले गर्दा उहाँ अहिले मातृभूमि जागरण अभियान सञ्चालन गर्न थाल्नुभएको छ ।

मलाई सम्झी सम्झी दुःख लागेर आउँछ । नेकपा ९एमाले० निर्माण र विकासमा त्यो पार्टीको कार्यदिशा, नीति र सिद्धान्तहरू निर्माणमा, पार्टीका कार्यशैली र कार्यपद्धति निर्माणमा, त्यो पार्टीलाई देशको श्रमिक जनतासँग एकाकार बनाउने काममा, ठूल्ठूला जनसंघर्षहरू सञ्चालन र विकास गर्ने प्रक्रियामा र पार्टीभित्र उत्पन्न भएका अनेकौं राजनीतिक(सैद्धान्तिक सवालहरूको समाधानमा हामी सबैले सँगसँगै भूमिका खेलेका थियौँ । नेकपा ९एमाले० एउटा उदीयमान क्रान्तिकारी शक्तिका रूपमा विकसित भइरहेको थियो । जनता र राष्ट्रको आशाको केन्द्र बन्दै थियो ।

तर, पार्टीभित्र पछिल्लो कालमा त्यसको नेतृत्वले अघि सारेको दक्षिणपन्थी औसरवादी भड्काउले गर्दा त्यो पार्टी आफैँभित्र विवादग्रस्त बन्दै गयो । पार्टीभित्र गुटबन्दी, नीतिहिनता, पद्धतिहीनता, अराजकता, कमिसन खोरी, भ्रष्टाचार, नैतिक पतन जस्ता अकल्पनीय विकार र विकृतिले त्यो पार्टीलाई ग्रस्त गर्दै लग्यो । नेतृत्वमा रहेका विचलनहरूले पार्टी कार्यकर्ताहरूमा असन्तोष, विरोध र आक्रोश बढ्दै गयो । नेतृत्वले वर्ग दृष्टिकोण, वर्ग अडान र वर्ग आधारलाई छोड्दै लग्यो । जनता र देशका निम्ति काम गर्न दिएको दुईतिहाइको बहुमत भएको संसदलाई कालिदास शैलीमा विघटन गरियो ।

आफूभन्दा अग्रज नेताहरूलाई पार्टीबाट निष्कासन गरियो र एक वा अर्का घोर दक्षिणपन्थी पार्टीहरूसँग साँठगाँठ गरेर सत्ताको कुर्सी हत्याउने खेलतिर नेतृत्व लाग्यो । त्यसले पार्टीलाई नराम्ररी खुल्याउने र खुम्च्याउने काम त गर्दै नै थियो । पछिल्लो अवधिमा आएर नेपाली कांग्रेससँग पूर्ण रुपले वर्गीय आत्मसमर्पण गरेर जुन गठबन्धन सरकार बनाएको छ, त्यसले त एमाले नेतृत्वलाई क्रान्तिकारी धारबाट पूर्णरूपले दक्षिणपंन्थी औसरवादी धारतिर पुर्‍याएको छ । यस्तै नेतृत्व र कार्यदिशा रहिरहने हो भने यो पार्टी या त एउटा उदारवादी संसदीय पुँजीवादी पार्टीमा अधपतित हुन्छ वा यो आफैंभित्रका अन्तर्विरोधहरुले त्यो विभाजित र विखण्डित हुँदै जान्छ ।

कमरेड भिम रावललाई पार्टीबाट निष्कासनसम्म आइपुग्दा यो पार्टी एउटा दुःखद घडीमा आइपुगेको छ । वर्तमान पार्टी नेतृत्व र उसका नीतिका कारणले पार्टी गहिरो संकटतिर धसिँदै गएको छ । अरु धेरै कुरा हेर्नै पर्दैन, प्रधानमन्त्रीका प्रायः प्रत्येक कार्यक्रममा युवाहरू कठोर विरोधमा नारा लगाउन थालेका देखिन्छन् । त्यसले गर्दा एकथरी एमाले साथीहरु वैकल्पिक नेतृत्वको खोजीमा समेत लागेको देखिन्छन् । उनीहरू कति सफल हुन्छन् त्यो त हेर्न बाँकी नै छ ।

यस्तो अवस्थामा कमरेड भिम रावल ‘मातृभूमि जागरण अभियान’ लिएर मैदानमा उपस्थित हुनुभएको छ । उहाँ एउटा प्रवल देशभक्त नेता हो । उहाँका विचार, दृष्टिकोण र धारणाहरू मार्क्सवादी(लेनिनवादका वैज्ञानिक सिद्धान्तबाट नै बनेका छन् । त्यस्तो व्यक्तिलाई भर्खरै एउटा ‘कम्युनिष्ट पार्टी’ बाट निष्कासन गरिएको छ । अब वहाँ कसरी अघि बढ्नु हुन्छ रु त्यसले आकार लिन एउटा समय लाग्न सक्छ । केही दिन त पर्खेरै हेर्नै पर्छ ।

तर, केही उरन्ठेउला बुद्धिजीवीहरू ‘भीम रावलले कम्युनिष्टको खोल उतारे’ भन्ने जस्ता कठोर नकारात्मक टिप्पणी पनि गर्न पुगेका छन । तर, यो देशका बुर्जुवा नेता र आफुलाई कम्युनिष्ट नेता भन्नेहरु समेत एकपछि अर्को साम्राज्यवाद र प्रभूत्ववादका जालमा फंसेर राष्ट्रघाती काम गरिरहेको वर्तमान अवस्थामा भीम रावलले ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गर्नु सर्वथा औचित्यपूर्ण देखिन्छ । कम्युनिष्टको खोल ओडेर साम्राज्यवादको दलाली गर्नु भन्दा मात्र देशभक्तिपूर्ण अभियान पनि प्रगतिशील हुन्छ । त्यसैले म कमरेड रावलको यो अभियानलाई अभिवादन गर्न चाहन्छु ।

के कमरेड भीम रावलले ‘कम्युनिष्टको खोल’ उतारेको हो रु मलाई त्यस्तो लागेको छैन । कतिपय वैचारिक कमजोरीका बाबजुद जतिबेला नेकपा बन्यो, दुई तिहाई बहुमत संसदमा प्राप्त भयो, ६ प्रदेश सभामा बहुमत प्राप्त भयो, ७५३ पालिकामध्ये ६० प्रतिशतमा बहुमत प्राप्त भएको थियो । नेपालको कम्युनिष्ट आन्दोलनको विकासको चुली त्यही हो । त्यसपछि कम्युनिष्ट पार्टी फेरि फुट, विभाजन र बिनासतिर गइरहेको छ । त्यसलाई सहि कार्यदिशा, नीति र सिद्धान्तका आधारमा पुनर्गठन नगर्ने हो भने कम्युनिष्ट आन्दोलनलाई एमाले नेतृत्वले भयानक संकटमा पुर्‍याएको छ । यस्तो अवस्थामा कमरेड को कदम एउटा सकारात्मक कदम हुन सक्छ । त्यसका निम्ति कमरेड भीम रावलले निम्न कुरालाई पक्कै ध्यान दिनुहुनेछ भन्ने आशा गरौं–

१. नेपालका सबैभन्दा अग्रगन्य देशभक्त भनेका सच्चा कम्युनिष्टहरू नै हुन । तर नक्कली कम्युनिष्टहरू होइनन । त्यसैले मार्क्सवाद र देशभक्तिका बीच वैज्ञानिक समन्वय आवश्यक छ ।

२. मार्क्सवादले नेपाली समाजको उत्पत्ति, विकास, वर्तमान अवस्था र यसको भविष्यको बाटो देखाउँछ । मार्क्सवादलाई नेपाली समाजको विकासको ऐतिहासिक प्रवाहसँग एकाकार नगरी नेपाली समाजलाई रूपान्तरण गर्नै सकिन्न ।

३. यतिबेला नेपाली समाज समाजवादी क्रान्ति र रूपान्तरणको युगबाट अघि बढ्दै छ । आजको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको गहन विश्लेषणका आधारमा यो समाजवादी क्रान्तिलाई सम्पन्न गर्न सहि क्रान्तिकारी कार्यदिशा, नीति, सिद्धान्त, कार्यक्रम र रणनीति कार्यनीति लिएर अघि बढ्नु पर्छ । त्यसैले मार्क्सवाद र नेपाली क्रान्तिको प्रवाहका बीचमा एकता हुनैपर्छ ।

म आशा गर्छु, कमरेड भीम रावलले यी ३ कुरालाई पनि ध्यान दिएर अघि बढ्नु हुनेछ ।

मिति: २० पुस, २०८१
झलनाथ खनाल
पूर्वप्रधानमन्त्री
तथा
सम्मानित नेता, नेकपा (एकीकृत समाजवादी)

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending