म्याग्दी । बजेट अभाव हुँदा बेनी नगरपालिका वडा नम्बर ६ को निर्माणाधीन वडा कार्यालय भवनले पूर्णता पाउन सकेको छैन । भवन निर्माण थालेको सात वर्ष बितिसक्दा पनि पूर्णता पाउन नसक्दा सेवा प्रवाह प्रभावित भएको छ ।
बेनी नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ देखि अर्थुङ्गेमा वडा कार्यालय भवन निर्माण थालेको थियो । दुई तला रहेको भवनमा सभा हल सहित ७ वटा कोठा रहेका छन् । बजेट अभावका कारण ७ वर्ष अघि थालिएको वडा कार्यालय भवनले पूर्णता पाउन नसकेको वडाध्यक्ष कृष्णसिंह बानियाँले बताए ।
बजेट अभाव हुँदा भवन निर्माणले पूर्णता पाउन सकेको छैन वडाध्यक्ष बानियाँले भने, ‘‘भवन बनेको छ । फिनिसिङको काम बाँकी छ । शौचालयमा पानी जडान गर्न ,रेलिङ,सभा हल,झ्यालको ग्रिल,पर्खाल निर्माण,लाइटिङ र फर्निचरको व्यवस्थापन लगायतका कामहरू बाँकी छन् ।’’ भवनले पूर्णता पाउन नसक्दा सेवा प्रवाहमा समस्या भएको उनको भनाई छ ।
भवन निर्माण गर्न आर्थिक वर्ष २०७५/०७६ मा २० लाख,२०७६/०७७ मा २० लाख र २०७७/०७८ मा ३० लाख रुपियाँ गरी अहिले सम्म सम्म ७० लाख रुपियाँ खर्च भइसकेको र अव ३० लाख रुपियाँ बजेट भए भवन निर्माण सम्पन्न हुने वडाध्यक्ष बानियाँले बताए ।
भवन निर्माण सम्पन्न गर्नका लागि बेनी नगरपालिका सँग बजेट माग गरे पनि सुनुवाइ नभएको उहाँले दुखेसो पोखे । नगरबाट वडाका लागि प्राप्त भएको बजेट वडावासीहरूको सानातिना मागहरू सम्बोधन गर्न पनि अपुग हुन्छ उनले भने, ‘‘भवन निर्माण सम्पन्न गर्नका आवश्यक बजेट नगरबाट नै विनियोजन हुनुपर्दछ । पछिल्लो वर्ष नगरबाट बजेट विनियोजन नहुँदा भवन निर्माण सम्पन्न गर्न समस्या भएको छ ।’’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: