कपिलवस्तु । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको गोरुसिङ्गे–चन्द्रौटा चार लेन सडक निर्माणमा १० अर्ब लागत लाग्ने अनुमान गरिएको छ । बुद्धभूमि नगरपालिका–९, पुल्चोकदेखि शिवराज वडा नम्बर ६, उमरी चोकसम्मको १९ किलोमिटर सडक विश्व बैङ्कको ऋण सहयोगमा निर्माण हुन लागेको हो ।
उक्त सडक अन्तर्गत बजार क्षेत्रको पाँच किमी सडक छ लेन र अन्य क्षेत्र चार लेनको हुने सडक आयोजनाका इन्जिनियर जिगेश चौधरीले बताउनुभयो । सहरी क्षेत्रमा ५०, सहरोन्मुख क्षेत्रमा ३७ र जङ्गल क्षेत्रमा २४ मिटर चौडाइको बन्ने छ ।
शिवराज नगरपालिकाको चन्द्रौटा चोकमा २० मिटर चौडा र आठ सय मिटर लामो ‘भेइकुलर अन्डरपास’ निर्माण हुने छ । जसले सडकमा हुने दुर्घटना नियन्त्रण र ट्राफिक कन्ट्रोलमा सहज हुने छ । लामो दुरीका सवारीसाधन अन्डरपास माथिबाट पास हुने छ । स्थानीय सवारीसाधन भियुपीको भित्रबाट चल्ने छन् ।
भियुपीको दायाँबायाँ दुई वटा पे्रडिस्टियल अन्डरपास हुने छ । यात्रुले सडक वारपार गर्नका लागि यो डिजाइन गरिएको बताइएको छ । छ स्थानमा प्रेडिस्टियल ओभर पास ९आकासे पुल० निर्माण गर्ने योजना रहेको छ ।
यो खन्ड ‘लेफ्ट साइड वाइडनिङ कन्सेप्ट’ मा डिजाइन गरिएको छ । सडक निर्माण गर्दा जनताले समस्या नभोग्न नेपालमा पहिलो पटक यो कन्सेप्ट लागु हुने छ । जस अन्तर्गत बायाँतर्फको एकतर्फी सडक सुरुमा निर्माण गरिने छ ।
त्यसपछि हाल प्रयोगमा आएको सडक निर्माणको काम चल्ने इन्जिनियर चौधरीले बताउनुभयो । सडक विस्तारका व्रmममा १२ नयाँ पुल निर्माण हुने छन् । ६० कलभर्ट र ११ स्थानमा पाइप कलभर्ट निर्माण हुने छन् ।
सडकका दुवै छेउमा २।५ मिटरका पैदलमार्ग हुने छन् । ठुला, मझौला र साना वन्यजन्तु आउजाउ गर्न छ वटा अन्डरपास निर्माण हुने छन् । बेल नदी र ज्वई खोला पुलमुनिबाट ठुला वन्यजन्तु वारपार गर्ने संरचना निर्माण हुने छ ।
एक सय किलोमिटर प्रतिघण्टाको गतिमा सवारीसाधन गुड्न सक्ने गरी बनाउन लागेको सडक आधुनिक र वातावरणमैत्री बन्ने सार्वजनिक सुनुवाइ कार्यव्रmममा जानकारी गराइएको छ । डिभाइडरमा फलफूलका बिरुवा लगाउने, सडकबत्ती जडान गर्ने तथा यात्रु प्रतीक्षालय, सवारी रोक्ने स्थलसमेत निर्माण हुने छन् ।
उक्त आयोजना हाल डिजाइन फेजको चरणमा रहेको छ । प्रारम्भिक वातावरणीय प्रतिवेदनका लागि सार्वजनिक सुनुवाइ गर्ने, सडक निर्माणमा मासिने बोटबिरुवाको गणना अन्तिम चरणमा र वन्यजन्तु तथा चराचुरुङ्गीको अवस्था सर्वेको काम सकिएको वातावरविज्ञ युवराज ढकालले बताए ।
बुद्धभूमि र शिवराज नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । दक्षिण पूर्वी एसियामा द्रुत गतिको यातायातलाई प्रवर्धन गर्ने उद्देश्यले निर्माण गरिएको सडकले जिल्लाका उत्पादन, व्यापार, पर्यटनमा समेत टेवा पुग्ने विश्वास गरिएको बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशवकुमारश्रेष्ठले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २७ गते, २०८३ - १०:३०
'म सधैं तिम्रो पक्षमा बोल्नेछु, लाखौँ युवाका लागि रोजगारीको आवाज उठाइरहनेछु'
आषाढ़ २७ गते, २०८३ - १०:१६
बुद्धनगरमा ४५ वर्षीय आश्विन राउतले पनि लगाए शरीरमा आगो
आषाढ़ २७ गते, २०८३ - १०:१५
काठमाडौं । काठमाडौंको बुद्धनगरमा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान आफ्नौ शरीरमा आगो लगाएका हुन् । काठमाडौं ...
आषाढ़ २७ गते, २०८३ - ०९:५८
दाङ । दाङमा जनप्रतिनिधिले शिक्षा अधिकृतलाई मोबिल खन्याइदिएका छन् । घोराहीस्थित पद्मोदय माविको विद्यालय व्यवस्था समितिको निर्वाचन गैरकानुनी ढंगबाट ग...
आषाढ़ २७ गते, २०८३ - ०९:२१
सङ्खुवासभा । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले हुलाक सेवामार्फत राहदानी घरघरमा पुर्याउने अभियान सुरु गरेसँगै हालसम्म ११० जनाले सेवा लिएका छन् । ज...
आषाढ़ २७ गते, २०८३ - ०९:१८
सङ्खुवासभा । सिँचाइ अभावका कारण असार सकिन लाग्दा पनि सङ्खुवासभामा २५ प्रतिशतमात्र रोपाइँ भएको छ । यसअघि माथिल्लो क्षेत्रमा असारको अन्तिम सातासम्म र तल...
आषाढ़ २७ गते, २०८३ - ०९:१०
त्रिपुरेश्वरको सडकमा एउटा सपना आगो बन्यो, राहदानीको पर्खाइभन्दा पीडा धेरै भारी भयो। गणेशले केवल शरीर जलाएन, उसले राज्यलाई एउटा प्रश्न छोड्यो "...
आषाढ़ २७ गते, २०८३ - ०९:०७
काठमाडौँ । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री तथा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं प्रवर्द्धक महावीर पुनले आगामी एक वर्षसम्म सामाजिक सञ्जाल...
आषाढ़ २७ गते, २०८३ - ०८:५५
काठमाडौं । त्रिपुरेश्वरमा गणेश नेपालीको आत्मदाह प्रयास र उपचारकै क्रममा मृत्यु भएको घटनाको पीडा सेलाउन नपाउँदै सर्लाहीमा फेरि अर्को आत्मदाह प्रयासको घ...
आषाढ़ २७ गते, २०८३ - ०८:४४
काठमाडौं । सरकार गठनको सुरुवाती चरणमा उद्योगी–व्यवसायीमाथि लगातार भएको पक्राउ, अनुसन्धान र कडा सरकारी कदमले निजी क्षेत्रमा गहिरो त्रास सिर्जना गरेको थ...



प्रतिकृया लेख्नुहोस्: