Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

गोरुसिङ्गे–चन्द्रौटा सडक चार लेनको बन्दै

खबरडबली संवाददाता

कपिलवस्तु  । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको गोरुसिङ्गे–चन्द्रौटा चार लेन सडक निर्माणमा १० अर्ब लागत लाग्ने अनुमान गरिएको छ । बुद्धभूमि नगरपालिका–९, पुल्चोकदेखि शिवराज वडा नम्बर ६, उमरी चोकसम्मको १९ किलोमिटर सडक विश्व बैङ्कको ऋण सहयोगमा निर्माण हुन लागेको हो । 

उक्त सडक अन्तर्गत बजार क्षेत्रको पाँच किमी सडक छ लेन र अन्य क्षेत्र चार लेनको हुने सडक आयोजनाका इन्जिनियर जिगेश चौधरीले बताउनुभयो । सहरी क्षेत्रमा ५०, सहरोन्मुख क्षेत्रमा ३७ र जङ्गल क्षेत्रमा २४ मिटर चौडाइको बन्ने छ ।

शिवराज नगरपालिकाको चन्द्रौटा चोकमा २० मिटर चौडा र आठ  सय मिटर लामो ‘भेइकुलर अन्डरपास’ निर्माण हुने छ । जसले सडकमा हुने दुर्घटना नियन्त्रण र ट्राफिक कन्ट्रोलमा सहज हुने छ । लामो दुरीका सवारीसाधन अन्डरपास माथिबाट पास हुने छ । स्थानीय सवारीसाधन भियुपीको भित्रबाट चल्ने छन् । 

भियुपीको दायाँबायाँ दुई वटा पे्रडिस्टियल अन्डरपास हुने छ । यात्रुले सडक वारपार गर्नका लागि यो डिजाइन गरिएको बताइएको छ । छ स्थानमा प्रेडिस्टियल ओभर पास ९आकासे पुल० निर्माण गर्ने योजना रहेको छ । 

यो खन्ड ‘लेफ्ट साइड वाइडनिङ कन्सेप्ट’ मा डिजाइन गरिएको छ । सडक निर्माण गर्दा जनताले समस्या नभोग्न नेपालमा पहिलो पटक यो कन्सेप्ट लागु हुने छ । जस अन्तर्गत बायाँतर्फको एकतर्फी सडक सुरुमा निर्माण गरिने छ । 

त्यसपछि हाल प्रयोगमा आएको सडक निर्माणको काम चल्ने इन्जिनियर चौधरीले बताउनुभयो । सडक विस्तारका व्रmममा १२ नयाँ पुल निर्माण हुने छन् । ६० कलभर्ट र ११ स्थानमा पाइप कलभर्ट निर्माण हुने छन् । 

सडकका दुवै छेउमा २।५ मिटरका पैदलमार्ग हुने छन् । ठुला, मझौला र साना वन्यजन्तु आउजाउ गर्न छ वटा अन्डरपास निर्माण हुने छन् । बेल नदी र ज्वई खोला पुलमुनिबाट ठुला वन्यजन्तु वारपार गर्ने संरचना निर्माण हुने छ । 

एक सय किलोमिटर प्रतिघण्टाको गतिमा सवारीसाधन गुड्न सक्ने गरी बनाउन लागेको सडक आधुनिक र वातावरणमैत्री बन्ने सार्वजनिक सुनुवाइ कार्यव्रmममा जानकारी गराइएको छ । डिभाइडरमा फलफूलका बिरुवा लगाउने, सडकबत्ती जडान गर्ने तथा यात्रु प्रतीक्षालय, सवारी रोक्ने स्थलसमेत निर्माण हुने छन् । 

उक्त आयोजना हाल डिजाइन फेजको चरणमा रहेको छ । प्रारम्भिक वातावरणीय प्रतिवेदनका लागि सार्वजनिक सुनुवाइ गर्ने, सडक निर्माणमा मासिने बोटबिरुवाको गणना अन्तिम चरणमा र वन्यजन्तु तथा चराचुरुङ्गीको अवस्था सर्वेको काम सकिएको वातावरविज्ञ युवराज ढकालले बताए ।

 बुद्धभूमि र शिवराज नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । दक्षिण पूर्वी एसियामा द्रुत गतिको यातायातलाई प्रवर्धन गर्ने उद्देश्यले निर्माण गरिएको सडकले जिल्लाका उत्पादन, व्यापार, पर्यटनमा समेत टेवा पुग्ने विश्वास गरिएको बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशवकुमारश्रेष्ठले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending