गण्डकी । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आधुनिक दासत्व र मानव तस्करी अन्त्यका लागि एकताबद्ध प्रयास आवश्यक हुने बताएका छन् ।
कोपिला नेपालद्वारा आयोजित ‘दक्षिण एसियामा आधुनिक दासत्व र मानव ओसारपसारकाविरुद्ध तीन दिवसीय क्षेत्रीय सम्मेलन’ को आज पोखरामा उद्घाटन गर्दै प्रदेश प्रमुख भट्टले मानव बेचबिखन तथा ओसारपसार एक गम्भीर सामाजिक तथा मानवताविरुद्धको विश्वव्यापी समस्या र नयाँ चुनौतीका रूपमा देखापरेको बताए ।
मानव बेचबिखन तथा ओसारपसारको समस्यामा बालिका र महिला बढी जोखिममा रहेका उल्लेख गर्दै प्रदेश प्रमुख भट्टले यसलाई रोक्न सरकारी तथा गैरसरकारी क्षेत्रले सूचनामूलक कार्यक्रमहरू सञ्चालन गरी समाजलाई सूसुचित गराउनुपर्नेमा जोड दिए । मानव बेचबिखन तथा ओसारपसारका कारण पीडित र प्रभावितलाई सम्मानपूर्ण जीवनयापन गर्न उपयुक्त वातावरण सिर्जना गर्न सरकार, नागरिक समाज र सबै सरोकार भएका निकायबिच हातेमालो गर्नुपर्नेमा प्रदेश प्रमुख भट्टले बताए ।
सम्मेलनबाट आर्जित ज्ञान र अनुभवलाई प्रयोग गर्दै बालबालिका तथा लैङ्गिक समानतासम्बन्धी नीति निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्न सबैले सहयोग गर्नुपर्ने प्रदेश प्रमुख भट्टले बताए । सम्मेलनमा छिमेकी राष्ट्र भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कालगायत विभिन्न मुलुकमा सामाजिक तथा बालबालिकाका क्षेत्रमा कार्यरत अभियानकर्मीको सहभागिता छ ।
नेपालमा विसं १९८१ मा दासत्व उन्मुलन, विसं २०५८ मा कमैया श्रम निषेध ऐनमार्फत सबै प्रकारका दास प्रथाको अन्त्य र विसं २०६३ मा हलिया प्रथा अन्त्य र हरुवाचरुवा समुदायको मुक्ति घोषणा गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - २०:१४
पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...
पौष ५ गते, २०८२ - २०:०६
उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ। गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...
पौष ५ गते, २०८२ - २०:०४
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...
पौष ५ गते, २०८२ - १९:५७
काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...
पौष ५ गते, २०८२ - १९:४५
लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...
पौष ५ गते, २०८२ - १९:४२
बाँके । बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...
पौष ५ गते, २०८२ - १९:३८
अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...
पौष ५ गते, २०८२ - १९:३६
म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...
पौष ५ गते, २०८२ - १९:३३
कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...
पौष ५ गते, २०८२ - १९:३१
टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...




प्रतिकृया लेख्नुहोस्: