Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

अमेरिकी विदेशमन्त्री ब्लिन्केनले दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्ने

खबरडबली संवाददाता

अमेरिका । दक्षिण कोरियामा जारी राजनीतिक उथलपुथलका बीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले दक्षिण कोरियाको भ्रमण गर्ने भएका छन् । विदेशमन्त्री ब्लिन्केनले सियोलमा रहँदा ‘स्वतन्त्र, खुला र समृद्ध इन्डो-प्यासिफिक’ प्रवर्द्धन गर्ने प्रयासलाई कसरी बढावा दिन सकिन्छ भन्ने विषयमा छलफल गर्नुहुने बताए । 

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विदेशमन्त्री ब्लिन्केनले जनवरी ४ देखि ९ सम्म दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्नेछन् । विदेशमन्त्री ब्लिन्केनले संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाली गठबन्धनलाई पुनः पुष्टि गर्न र हाम्रा साझा मूल्य मान्यतामा आधारित विश्वका चुनौतीमा हाम्रा महत्वपूर्ण सहयोगलाई कसरी अगाडि बढाउन सकिन्छ भन्नेबारे छलफल गर्न कोरियाली वरिष्ठ सरकारी अधिकारीहरूसँग भेटघाट गर्नेछन् । 

“संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले स्वतन्त्र, खुला र समृद्ध इन्डो–प्यासिफिक क्षेत्रको सुरक्षाका लागि जापानसँग त्रिपक्षीय प्रयासलाई कसरी मजबुत बनाउन सकिन्छ भन्ने विषयमा पनि विदेशमन्त्रीले छलफल गर्नुहुनेछ,” अमेरिकी विदेश मन्त्रालयले भनेको छ । “जापानमा विदेशमन्त्री ब्लिन्केनले जापान सरकारका वरिष्ठ अधिकारीसँग अमेरिका–जापान गठबन्धनले पछिल्ला केही वर्षमा हासिल गरेको प्रगतिको समीक्षा गर्नेछन् ।

विदेशमन्त्री ब्लिन्केनले द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी मुद्दाको एक श्रृङ्खलालाई सम्बोधन गर्न गठबन्धनको महत्त्वलाई पुनः पुष्टि गर्नुहुनेछ र अमेरिका–जापान–दक्षिण कोरिया त्रिपक्षीय सहयोगको गतिलाई जारी राख्नेछन् । फ्रान्समा विदेशमन्त्री ब्लिन्केनले युरोप, मध्यपूर्व र त्यसभन्दा बाहिरका चुनौतीको सामना गर्न अमेरिकी साझेदारीको एक भागको रूपमा फ्रान्सका वरिष्ठ अधिकारीसँग भेटघाट गर्नेछन् । 

यसैबीच, ब्लिन्केनले शनिबार इजिप्टका विदेशमन्त्री बद्र अब्देलाटीसँग पनि कुराकानी गरेका छन् । अमेरिकी विदेश मन्त्रालयले भनेको छ, “विदेशमन्त्री ब्लिन्केन र उनका इजिप्टका समकक्षीले गाजामा बन्धकको रिहाई, मानवीय सहायताको प्रवाह बढाउने र युद्धको अन्त्य गर्ने युद्धविरामका लागि जारी प्रयासको पछिल्लो घटनाक्रमबारे छलफल गरेका छन् । उनीहरुले सिरियाको अवस्थाबारे पनि थप छलफल गरेका छन् ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: