वासिङ्टन । संयुक्त राज्य अमेरिकामा आइतबार आँधीबेहरीसहित देशका धेरै भागमा हिमवर्षा हुने बताइएको छ । मौसमविद्ले पूर्वका लाखौँ मानिसले हिमआँधीको सामना गर्नुपर्ने र केही क्षेत्रमा एक दशकयताकै सबैभन्दा भारी हिमपात हुनेछ ।
छ करोडभन्दा बढी मानिसल खतरनाक हिमआँधीको जोखिम सहनुपर्ने देखिएका हो । संयुक्त राज्य अमेरिकाको पूर्वी आधा भागलाई आर्कटिक हावाको चिसोले प्रभावित पार्नेछ भने हिमवर्षाका कारण प्रमुख राजमार्गको यात्रामा गम्भीर अवरोध उत्पन्न भएको छ ।
राष्ट्रिय मौसम सेवा (एनडब्ल्यूएस) ले मध्य-एटलान्टिकसम्मका राज्यहरूमा हिमपात र आँधीबेहरीको प्रभावको चेतावनी दिएको छ । पश्चिमी कान्सास क्लियरबाट तटीय राज्य मेरिल्याण्ड, डेलावेयर र भर्जिनियासम्म जाडो यामको चिसो आँधीको चेतावनी जारी गरिएको छ, जसले असामान्य रूपमा १५ सय माइल (दुई हजार चार सय किलोमिटर) क्षेत्रमा तत्काल खतरा उत्पन्न गरेको छ ।
एनडब्लुएसले आफ्नो पछिल्लो प्रतिवेदनमा भनेको छ, “भारी हिमपातले अत्यधिक ठण्डी निम्त्याउदा मध्य–एटलान्टिक क्षेत्रमा सोमबारसम्म प्रभाव पार्नेछ ।” उत्तरपूर्वी कन्सासदेखि उत्तर–मध्य मिसौरीसम्मका क्षेत्रमा दशकयताकै सबैभन्दा ठूलो हिमपात हुने चेतावनी मौसम पुर्वानुमान निकायले दिएको छ । मानव सिर्जित जलवायु परिवर्तनका कारण मौसम सामान्यबाट चरम र गम्भीर बन्दै गएको वैज्ञानिकहरूले बताएका छन् ।
सन् २०२५ को पहिलो ठूलो आँधीले यात्रामा आतङ्क मच्चाइरहेको छ भने कन्सास सिटी अन्तर्राष्ट्रिय विमानस्थलले शनिबार आफ्नो उडान बन्द गर्ने घोषणा गरेको छ । कन्सास सिटीका मेयर क्विन्टन लुकासले सामाजिक सञ्जालमा लेखेका छन्, “एयरफिल्ड रनवे र ट्याक्सीवेको सरसफाईपछि उडान पुनः सुरु भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - २०:१४
पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...
पौष ५ गते, २०८२ - २०:०६
उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ। गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...
पौष ५ गते, २०८२ - २०:०४
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...
पौष ५ गते, २०८२ - १९:५७
काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...
पौष ५ गते, २०८२ - १९:४५
लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...
पौष ५ गते, २०८२ - १९:४२
बाँके । बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...
पौष ५ गते, २०८२ - १९:३८
अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...
पौष ५ गते, २०८२ - १९:३६
म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...
पौष ५ गते, २०८२ - १९:३३
कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...
पौष ५ गते, २०८२ - १९:३१
टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...




प्रतिकृया लेख्नुहोस्: