Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा जाेड दिनुपर्छ: प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आर्थिक अवस्थामा परिवर्तन ल्याउन अर्थतन्त्रमा व्यापक सुधार गर्ने समय आएको बताएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको सातौं वार्षिक साधारण सभा तथा तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन ।

‘विगत लामो समयदेखि नेपालको अर्थतन्त्रमा देखिएका चुनौतीहरुको सामना गर्दै यसको सुधारका पक्षमा व्यवसायीहरुले धैर्यता र संयमताका साथ गरिरहेको योगदान स्मरणीय र उल्लेखनीय छ,’ उनले भने, ‘अब क्रमशः नेपालको अर्थतन्त्रमा सुधारका संकेतहरु देखा पर्न थालेका छन् । लगानीमैत्री वातावरण, उत्पादन वृद्धि र व्यापार व्यवसायको प्रवर्धन मार्फत स्वरोजगारी र रोजगारीका अवसर सिर्जना गर्दै अर्थतन्त्रमा व्यापक सुधार गर्न हाम्रो सम्पूर्ण ध्यान केन्द्रित गर्ने बेला आएको छ ।’

लामो राजनीतिक संघर्ष र ठूलो बलिदान पछि देशमा जनताको व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको उल्लेख गर्दै उनले परिवर्तित राजनीतिक व्यवस्था अनुकूल जनताको अवस्था परिवर्तन गर्न आर्थिक क्षेत्रमा व्यापक सुधार अनिवार्य भएको बताए । सामाजिक न्यायमा आधारित आर्थिक समृद्धिले मात्रै जनताको जीवनस्तर माथि उठाउन संभव भएको स्पष्ट गर्दै उनले देशको सम्पूर्ण ध्यान आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा केन्द्रित गर्ने बेला आएको बताएका हुन् । 

यहाँहरु जानकार नै हुनुपर्छ, मैले तीनपटक प्रधानमन्त्री हुँदा मुलुकको आर्थिक सुधारका लागि उल्लेख्य थालनीहरु गरेको थिएँ । मेरो पहिलो कार्यकाल पूर्वाधार विकास र प्रशासनिक सुधारमा केन्द्रित थियो,’अध्यक्ष प्रचण्डले भने,  ‘मध्यपहाडी लोकमार्गजस्ता राष्ट्रिय गौरवका परियोजनाले पहाडी क्षेत्रको अर्थतन्त्रलाई सुदृढ गर्न महत्वपूर्ण सफलता प्राप्त भएको छ । मेरो दोस्रो कार्यकाल नेपालको इतिहासकै महत्वपूर्ण मानिएको ऊर्जा संकट समाधानमा केन्द्रित थियो ।’

दिनमा १८ घण्टासम्म लोडसेडिङ भित्तामा लोडसेडिङको तालिका टाँसेर आफ्नो उद्योग व्यवसाय सञ्चालनको समय पर्खनु पर्ने जर्जर अवस्थालाई अन्त्य गर्दै आफू दोस्रोपटक प्रधानमन्त्री हुँदा लोडसोडिङमुक्त उज्यालो नेपालको थालनी गरिएको स्मरण गर्दै उनले भने,  ‘नेपालको अर्थतन्त्र सुधारका लागि यो ऐतिहासिक कोशेढुंगा थियो भन्नेमा आम उद्योगी व्यवसायीहरु जानकार नै हुनुहुन्छ । मेरो दोस्रो कार्यकालकै परिणामको स्मरण गर्दा चौधौं राष्ट्रिय योजनामा लक्ष्यभन्दा बढी ७.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुनु महत्वपूर्ण प्रगति थियो ।’

अध्यक्ष प्रचण्डले आफूले तेस्रोपटक सरकारको नेतृत्व गर्न पाउँदा सुशासन र सामाजिक न्यायसँगै आर्थिक समृद्धिलाई महत्वपूर्ण राष्ट्रिय एजेण्डाको रुपमा स्थापित गरेर यसलाई राज्यको अभियानकै रुपमा अघि बढाएकोसमेत बताए । ‘मैले सरकारको नेतृत्व लिंदै गर्दा नेपालको अर्थतन्त्र कमजोर मात्र थिएन, विभिन्न आर्थिक संकट झेलिरहेका देशहरुसँग तुलना गर्दै नेपाल पनि आर्थिक संकटमा जाँदैछ भनेर एक प्रकारले आतंक नै खडा गरिएको थियो,’ उनले भने,  ‘तर, भ्रष्टाचारविरुद्ध कडा कदम चाल्दै जनतामा नयाँ आशाको जागृत गरेर आर्थिक क्षेत्रमा संरचनागत सुधारको प्रयास थालेपछि अर्थतन्त्र विस्तारै लयमा फर्कन थाल्यो र अहिले आशालाग्दो गरी यसले गति लिइरहेको छ । क्रमशः आर्थिक सुधारका सकारात्मक परिणाम पनि आउन थालिसकेका छन् ।’

चालु आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणसम्म आइपुग्दा अर्थतन्त्रका रुपान्तरणकारी क्षेत्रको पहिचान र परिचालनका लागि स्पष्ट योजना अघि सारेका जानकारी दिंदै उनले भने,  ‘कृषिलाई आधार र सूचना प्रविधिलाई नेतृत्वदायी भूमिकामा राख्ने अवधारणासहित कृषि, पर्यटन, जलविद्युत, उद्योग र सूचना प्रविधि क्षेत्रलाई रुपान्तरणकारी क्षेत्रका रुपमा पहिचान र परिचालन गर्नु आर्थिक समृद्धिको क्षेत्रमा महत्वपूर्ण सुरुवात हो । हामीले व्यवस्थितरुपमा अघि बढाएका यी आर्थिक सुधारका पहल र कार्यक्रम वर्तमान सरकारले त्यही गतिमा सञ्चालन गरिरहेको छैन ।’

उनले अगाडी भने, ‘नेपाल राष्ट्रिय व्यवसायी महासंघलगायत आर्थिक क्षेत्रका नेतृत्वदायी संस्थाहरुले अघिल्लो सरकारले अघि बढाएका अर्थतन्त्र सुधारका व्यवस्थित पहल र योजनाहरु कार्यान्वयनका लागि सरकारलाई दबाब दिन आवश्यक देखिएको छ र त्यसका लागि सबै व्यवसायी साथीहरुलाई म आग्रह पनि गर्दछु ।’

संविधानको अभिष्ट समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्नु रहेको उल्लेख गर्दै उनले त्यसका लागि उत्पादनमुखी अर्थतन्त्रलाई प्रवर्धन गर्दै आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्नुपर्नेमा उनको जोड छ । ‘राष्ट्रिय अर्थतन्त्रको विकासका लागि राष्ट्रिय पुँजीको निर्णायक भूमिका रहन्छ । राष्ट्रिय पुँजी परिचालनमार्फत आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न साना तथा मझौला उद्योग व्यवसायीको महत्वपूर्ण भूमिका रहन्छ’ अध्यक्ष प्रचण्डले भने, ‘देशभरिका हजारौं व्यवसायीको नेतृत्व गर्ने नेपाल राष्ट्रिय व्यवसायी महासंघ जस्ता संस्थाहरुले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्न प्रभावकारी पहल लिनुपर्ने बेला आएको छ । अब आर्थिक, राजनीतिक लगायत सबै क्षेत्रले आर्थिक समृद्धिलाई साझा एजेण्डा बनाएर कृषि र औद्योगिक क्षेत्रलाई सुदृढ गर्दै देशलाई आत्मनिर्भरताको बाटोमा लैजानु पर्दछ ।’
 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: