पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान संविधानलाई गतिशील, प्रभावकारी र जीवन्त राख्नका लागि संशोधन आवश्यक भएको बताएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेश, प्रदेश तथा स्थानीय विभागद्वारा आयोजित प्रजातान्त्रिक व्यवस्थामा पार्टी र जनप्रतिनिधि विषयक अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा उनले गणतन्त्र, संघीयता र समावेशीलाई नचलाई आवश्यकता अनुसार संविधान संशोधन हुने उल्लेख गरे ।
महामन्त्री थापाले यसका लागि कांग्रेस र एमाले पार्टीबिच संयन्त्र बनिसकेको बताउँदै माओवादीलगायतका अन्य पार्टीबिच पनि सहमति गरी यस प्रक्रियालाई मूर्त रुप दिनुपर्नेमा जोड दिए । उनले भने, “वर्तमान संविधानमा देखिएको निर्वाचन प्रणालीका केही अव्यवहारिक पक्षलाई संशोधन गर्नुपर्दछ । संघदेखि प्रदेशसम्मका मन्त्रालयको संख्या धेरै भएकाले सरकारको आकार ठूलो हुँदा समस्या देखिएको छ । यसमा पनि पुनर्विचार आवश्यक छ ।”
निर्वाचन प्रणालीकै कारण सबैभन्दा ठूलो दलले सरकार बनाउन नपाउँदा गठबन्धन गर्नुपर्ने बाध्यताले मुलुकलाई सही दिशातिर लैजान कठिन भएको बताए । गठबन्धनका कारण पार्टीले गुट बनाउँदा सरकार झनै अस्थिर हुने गरेको तितो अनुभव उनले सुनाए । महामन्त्री थापाले सुशासनका बारेमा बोल्दै सरकारमा रहँदासम्म एक अर्का पार्टीका नेता मह जोडीजस्तै देखिने र छुटेपछि धारे हात लगाउने प्रवृत्तिको अन्त्य गर्न अहिलेसम्म ललिता निवास, गिरीबन्धु, वाइड बडी, सहकारी लगायतका चालीसभन्दा बढी काण्डको स्वतन्त्र छानबिन गर्नुपर्नेमा जोड दिए । उनले भ्रष्टाचारलाई शून्यतामा झार्नका लागि पनि स्थिर सरकारको आवश्यता पर्नेमा जोड दिए ।
महामन्त्री थापाले पार्टीको कुनै पनि पदमा रहेको व्यक्तिले गरेको अपराधलाई पार्टीले जिम्मेवारी लिन नमिल्ने भन्दै त्यस्ता व्यक्ति थप सजायको भागिदार हुने बताए । उनले स्थानीय तहका जनप्रतिनिधिलाई लक्षित गर्दै २०८४ सालको निर्वाचनमा घोषणापत्र नभई उपलब्धिपत्र लिएर जानुपर्नेमा जोड दिए । राजनीतिक पार्टीले एकअर्कालाई गाली गर्ने, विश्वास नगर्ने र राम्रो कामको प्रशंसा गर्न नसक्दा युवा राजनीतिबाट बिमुख हुन थालेको बताए । उनले सूचना प्रविधिको क्षेत्रमा हजारौँ युवा आकर्षित भइरहेको वर्तमान अवस्थामा कानुनमा संशोधन गरेर भए पनि युवा लक्षित कार्यक्रममा लगानी बढाउनुपर्ने धारणा राखे ।
महामन्त्री थापाले नेपाली कांग्रेसको काँधमा देशको ठुलो जिम्मेवारी रहेकाले पार्टीका सबै तह र तप्कामा रहेका नेता तथा कार्यकर्ताले एक भएर जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिए । उनले पार्टीको १५ औँ महाधिवेशन समयमै सम्पन्न हुने बारेमा कार्यकर्तालाई विश्वस्त पार्दै चैत मसान्तसम्म क्रियाशील सदस्यले सदस्यता नवीकरण गर्न सुझाव दिए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पार्टीको नेतृत्व गर्नेले सम्पादन गरेका काम जनतासमक्ष पुग्न नसकेको बताए । उनले जनतासँग नेतृत्वको सञ्चार आवश्यक रहने भन्दै जनअपेक्षाअनुसार अझ सशक्त भएर काम गर्नुपर्नेमा जोड दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: