अत्तरिया । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कमलबहादुर शाहले सङ्घ सरकारले प्रदेशमा सचिव कहिले पठाउने र पठाएका सचिवलाई केन्द्रमा तान्नेखालका प्रबृत्ति रहेकाले अब प्रदेश आफैले ११ औं तहको कर्मचारीलाई सचिव बनाउने बताएका छन् ।
नेपाल निजामती कर्मचारी युनियन प्रदेश कार्यसमितिले प्रदेश निजामती सेवा ऐन तथा नियमावली सुदूरपश्चिम प्रदेशमा पास भएको अवसरमा आयोजना गरेको सम्मान तथा धन्यवाद कार्यक्रममा उनले यस्तो बताए । ‘प्रदेशमा एघारौँ तहका कर्मचारीलाई सचिव बनाउने व्यवस्था छ, अब प्रदेश सरकारले प्रदेशकै कर्मचारीलाई सचिव बनाउने छ, जिम्मेवारी दिने व्यवस्था गर्नेछ’ उनले भने ।
मुख्मन्त्री शाहले भने, “ऐन निर्माण गर्दा थारू, राना थारूका समस्या थिए, ती समस्या समाधान गर्न समिति बनाएर गर्ने भनेका थियौं । समितिको प्रतिवेदन आइसकेको छ, प्रतिवेदनमा थप छलफल गर्नुपर्ने भएकाले छलफल अगाडि बढाउँदै छिटोभन्दा छिटो ऐन संसोधन गरेर उनको माग सम्बोधन गर्नेछौं ।”
मुख्यमन्त्री शाहले यो ऐनले कुनै पनि कर्मचारीको विकास नरोक्ने, अबको मन्त्री परिषदको बैठकले चाँडोभन्दा चाँडो ओएनएमका लागि समिति बनाएर काम गर्ने, बताए । साथै प्रदेश सरकार स्थानीय सरकार सञ्चालन ऐन समेत अगाडि बढाइसकेको जानकारी दिए ।
आफ्नो नेतृत्वमा सरकार आउने बित्तिकै ऐन निर्माणको प्रक्रिया अगाडि बढाएको र पुस ३० गतेभित्र सदनमा दर्ता गर्ने उनले उल्लेख गरे । यस्तै, कार्यक्रममा प्रदेशका विधायन तथा प्रदेश मामिला समितिका सभापति दिवानसिं विष्टले प्रदेशको ऐन निर्माण गर्दा नौ वटै जिल्लाका कर्मचारीसँगको सुझाव सल्लाहमा ऐन निर्माण गरिएको बताए ।
उनले भने, “अब छिट्टै स्थानीय तह सञ्चालन ऐन निर्माण गर्छौं, कर्मचारीको तलब कोषका लागि के गर्ने स्थानीय सरकारले के गर्ने भनेर प्रदेशका ८८ वटै पालिका प्रमुखसँग भोलि कञ्चनपुरको बेलौरीमा छलफल कार्यक्रम राखेको छ ।” उनले माघ १५ भित्र स्थानीय सरकार सञ्चालन ऐन आउने बताए ।
नेपाल निजामती कर्मचारी युनियन प्रदेश कार्य समितिले प्रदेश निजामति सेवा ऐन तथा नियमावली सुदूरपश्चिम प्रदेशमा पास भएको अवसरमा प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह, प्रदेशका विधायन तथा प्रदेश मामिला समितिका सभापति दिवानसिंह विष्ट, प्रदेश मुख्यसचिव कमल पोख्रेललाई युनियन प्रदेश कार्य समितिका सभापति धर्मबहादुर देउवा तथा केन्द्रीय सदस्य त्रैलोक्य जोशीले दोसल्ला तथा सम्मानपत्रले सम्मान गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: