धनगढी । छाडा चौपायाले हैरान पारेपछि गहुँ, मसुरो खेती छाडेर किसानहरु तोरी खेतीतिर आकर्षित भएका छन् । चौपायाले गहुँभन्दा तोरीलाई कम नोक्सान गर्ने गरेको भन्दै कुषकहरुले गहुँ घटाएर तोरी खेती बढाएका हुन् ।
भारततिरबाट आउने छाडा चौपायाले बर्सेनी हिउँदेबाली नोक्सान गर्न थालेपछि बाध्य भएर यसवर्ष तोरी खेतीमात्र गरेको कैलालीको कैलारी गाउँपालिका –३ भर्रीका कृषक जगदीश चौधरीले बताए । “पहिले सबै खेतमा गहुँको मात्र खेती गर्दैआएको थिएँ” उनले भने, “पछिल्लो केही वर्षदेखि छाडा चौपायाले गहुँ खतमै पार्न थाले । गहुँ बचाउन मुस्किल भएकाले यसवर्ष तोरी खेती चुनें ।”
कैलालीमा छाडा चौपाया समस्या समाधान हुन सकेको छैन । विभिन्न स्थानीय तहले छाडा चौपाया व्यवस्थापनको नाममा करोडौं खर्च गरिसकेका छन् । तर समस्या अझै पनि न्यूनीकरण भएको छैन । छाडा चौपायाले खेतीपाती नोक्सान गर्ने गरेकाले धेरैजसो किसान हिउँदभरि खेतमै रात बिताउने गरेका छन् । उनीहरु रातभर जाग्राम बसेर चौपाया धपाउने काम गर्दै आएका छन् ।
छाडा चौपायाले किसानलाई हैरान बनाएको कृषक मक्कुराम चौधरीले बताए । विकराल रुप लिँदै गइरहेको छाडा चौपाया समस्या समाधानमा स्थानीय तह उदासिन देखिएको उनको गुनासो छ । विगतमा गहुँ खेती बढी गर्दै आएका चौधरीले यो वर्ष १० कट्ठा जग्गामा तोरी र त्यति नै जग्गामा गहुँ खेती गरेका छन् ।
“पहिले गहुँ खेती बढी गर्ने गरेको थिएँ” उनले भने, “छाडा गाईगोरुले हैरान पारेपछि यो वर्ष गहुँ घटाएर तोरी खेती बढाएँ ।” खेतमा गहुँ घटेपछि चौपायाले तोरीलाई नछाडेको किसानको भनाइ छ । उनीहरुका अनुसार कलिलो तोरीलाई खाएका चौपायाले अचेल फूलेको तोरीमा हिडेर नोक्सान गरिरहेका छन् ।
कैलारी गाउँपालिकाको भर्रीसहित भितरिया, निमुवाबोझी, लालपुर, मोहनपुर, के गाउँ, शिवरत्नपुर, बैजपुर, भुइयाँफाँटा, रामपुरलगायतका विभिन्न गाउँका किसान छाडा चौपायाबाट पीडित छन् । उनीहरु खेतमा साना झुपडी बनाएर खेतमै बस्दैआएका छन् ।
गाउँ–गाउँका किसान चौपाया आउने नाकाका साथै आफ्ना खेतमा पनि जाग्राम बस्ने गरेको कैलारी गाउँपालिका –३ लालपुरका कृषक गुरीलाल चौधरीले बताए । उनका अनुसार भारततिरबाट चौपाया आउने नाकामा किसानहरु पालोअनुसार रातभरि जाग्राम बस्दै संयुक्त गस्ती गर्दैआएका छन् । त्यसैगरी, नाकामा पालो नपरेका किसान आफ्ना खेतमा जाग्राम बस्ने गर्दछन् ।
छाडा चौपाया समस्या बढेपछि आफूले पौने २ बिघा जग्गामध्ये १० कट्ठामा गहुँ र बाँकी सबै जमिनमा तोरी खेती गरेको चौधरीको भनाइ छ । गहुँ छाडेर किसान तोरी खेतीमा आकर्षित भएपछि कैलारीको विभिन्न गाउँका खेत अहिले पहेँलपुर बनेको छ । खेतैभरि तोरी फुलेको दृश्य लोभलाग्दो देखिने गरेको छ ।
कैलारी गाउँपालिकामा यसवर्ष अत्यधिक खेतमा किसानले तोरी खेती गरेको कृषि शाखा प्रमुख मैँया चौधरीले बताए । “वडा नम्बर ४ त तोरी ब्लकजस्तै देखिन्छ” उनले भने, “तर, पालिकाको अनुदान छैन । किसान आफैले तोरी खेती बढाएका हुन ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: