बेइजिङ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्दा आउनसक्ने सम्भावित व्यापार उथलपुथलका लागि बेइजिङले आफूलाई बलियो बनाइरहेको र सन् २०२५ मा आफ्नो अर्थतन्त्रलाई विश्वका लागि खुला राख्न चीन ‘कटिबद्ध’ रहेको । चिनियाँ आर्थिक योजनामामिला हेर्ने एक उच्च अधिकारीले बताएका छन् ।
विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले कोभिड–१९ महामारीपछि आर्थिक वृद्धिलाई पुनरुत्थान गर्न सङ्घर्ष गरिरहेको छ । चीन महत्वपूर्ण आवास क्षेत्रमा ऋण सङ्कट, लामो समयदेखि कम खपत र उच्च युवा बेरोजगारीको चपेटामा परेको छ । आफ्नो पहिलो कार्यकालमा व्यापक व्यापार युद्धका क्रममा चिनियाँ आयातमा कर वृद्धि गरेका ट्रम्पले जनवरी २० मा पदभार ग्रहण गरेपछि अमेरिकी राष्ट्रपतिका रूपमा उनले चीन लगायतमुलुकबाट हुने आयातित सामानहरूमा कर वृद्धि गर्नसक्ने सम्भावनाबारे विश्व समुदायबीच चर्चा चलिरहेका समय शुक्रबार चीनको शीर्ष योजना निकाय राष्ट्रिय विकास तथा सुधार आयोग (एनडीआरसी) का अधिकारीहरूले भने, “बाह्य वातावरण जनवरी २० तर जस्तोसुकै परिवर्तन भएपनि चीनको दृढता र बाहिरी संसारका लागि आफुलाई खुला राख्ने कार्यहरू अपरिवर्तित रहनेछन् ।”
“नयाँ वर्षमा हामी निश्चित रूपमा प्रणालीगत खुलापनलाई निरन्तर विस्तार गर्ने र बजारीकरण, कानूनको शासनअन्तर्गत र अन्तर्राष्ट्रियकरण हुने व्यावसायिक वातावरण निर्माण गर्ने धेरै नयाँ उपायहरूको अवलम्बन गर्नेछौँ,” एनडिआरसीका उपनिर्देशक झाओ चेनसिनले शुक्रबार एक पत्रकार सम्मेलनमा भने । चीनले ‘उन्नत उत्पादन, आधुनिक सेवा, उच्च प्रविधि, ऊर्जा बचत र वातावरण संरक्षण’ मा ठूलो विदेशी लगानीलाई प्रोत्साहित गर्ने योजना बनाएको उनले बताए ।
उच्च–प्रविधि नवीनताका यस्ता क्षेत्रहरूको वरिपरि अर्थव्यवस्थालाई पुनर्निर्देशित गर्न चिनियाँ अधिकारी इच्छुक छन् । विगतको डबल–डिजिटको ‘सबै लागतमा वृद्धि’ लाई पछि छोडेर हरित ऊर्जा क्षेत्रलगायत आवश्यक क्षेत्रमा लगानी गर्न चीन तयार छ । झाओले शुक्रबार भने, “चीनको वायु र सौर्य ऊर्जाको स्थापित क्षमता संयुक्त रूपमा १.३१ अर्ब किलोवाट पुगेको छ र यो गत वर्षको कूल विद्युत उत्पादन क्षमताको ४०.५ प्रतिशत हो । सन् २०२३ मा यसपूकारको विद्युत उत्पादन क्षमता ३६ प्रतिशत थियाे ।”
केही तथ्याङ्कले प्रमुख वृद्ध जनसङ्ख्याजस्ता अर्थतन्त्रका लागि दीर्घकालीन चुनौतीको सङ्केत गरेका छन् । झाओका अनुसार सन् २०२४ मा देशको कुल बालस्याहार सेवा प्रदायकको सङ्ख्या एक लाख पुगेको छ भने वृद्धवृद्धाको हेरचाह गर्ने सुविधाको सङ्ख्या चार लाख १० हजार पुगेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: