Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

फिलिपिनी उपराष्ट्रपति दुतेर्तेलाई सुरक्षा परिषदबाट निष्काशित

खबरडबली संवाददाता

मनिला । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले उपराष्ट्रपति सारा दुतेर्तेलाई राष्ट्रिय सुरक्षा परिषदबाट हटाएका छन् । कार्यकारी सचिव लुकास बर्सामिनद्वारा सोमबार हस्ताक्षरित आदेशमा राष्ट्रपतिलाई राष्ट्रिय सुरक्षालाई असर गर्ने नीतिहरुको बारेमा सल्लाह दिने सुरक्षा परिषदबाट उपराष्ट्रपति र सबै पूर्व राष्ट्रपतिहरुलाई हटाइएको छ । 

बर्सामिनले आफ्नो सदस्यतालाई ‘पुनर्गठित र व्यवस्थित गर्न’ यो कदम चालेको बताएका छन् । परिषदबाट अहिले प्रमुख विधायी, रक्षा, विदेश र क्याबिनेट अधिकारीहरू सामेल छन् । “अहिले परिषद्को सदस्यताको जिम्मेवारीका लागि उच्च पदस्थ अधिकारीलाई सान्दर्भिक मानिँदैन”, बर्सामिनले पत्रकारसँग भने, “आवश्यकताअनुसार अन्य सदस्य वा सल्लाहकार थप्न राष्ट्रपति स्वतन्त्र हुनुहुन्छ ।”

मार्कोस र उनको परिवारलाई मार्ने धम्की दिएको आरोपमा डुतेर्तेले अनुसन्धानको सामना गरिरहेकै बेला यो कदम चालिएको हो । गत नोभेम्बरको अन्त्यतिर पूर्व राष्ट्रपति रोड्रिगो दुतेर्तेकी ४६ वर्षीया छोरी साराले एक अनलाइन पत्रकार सम्मेलनमा आफ्नो हत्या भएको खण्डमा कसैले मार्कोसलाई पनि मार्ने बताएकी थिइन् । यद्यपि, पछि उनले उक्त टिप्पणीको गलत व्याख्या गरिएको बताएकी थिइन । 

सन् २०२२ मा मार्कोससँगको गठबन्धनमा उपराष्ट्रपति सत्तामा पुगेकी थिइन । हालैका महिनाहरूमा आश्चर्यजनक रूपमा दुबै पक्षले यस वर्षको मध्यावधि चुनावअघि लागूपदार्थको व्यापक ओसार पसारका लागि आरोप प्रत्यारोप चलिरहेको छ । दुतेर्तेमाथि सरकारी कोषको करोडौं डलरको दुरुपयोग गरेको भन्दै महाभियोगका थुप्रै उजुरी पनि परेका छन् । दुतेर्तेलाई यस सम्बन्धमा जानकारीका लागि एएफपीले सम्पर्क गर्दा उनले प्रतिक्रिया दिन चाहिनन । रासस/एएफपी 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् ।  मन्थलीस्थित उज...

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...

महोत्तरीकाे एक सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...

बुटवल–गोरुसिङ्गे सडक आयोजना : नदीजन्य सामग्री अभावले काम प्रभावित

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...

पर्यटकीय गन्तव्य बन्दै पूर्वी लमजुङको ‘राइनासकोट’

लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...

दुग्धजन्य उत्पादनमा शुल्कवृद्धि ‘अनुचित’

काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...

पाँच वर्ष बित्दा पनि व्यास–ऋषिङ जोड्ने सेती पुल अलपत्र

तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...

देउवा–ओली भेटघाटकाे रहस्य के हाेला ?

काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...

फागुन २१ मा निर्वाचन भएन भने देशमा गम्भीर माेडमा: पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...

ओली-लेखकलाई बयानकाे लागि पत्र पठाउने तयारीमा आयाेग

काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending