बाँके । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी व्यवस्थापन जिम्मा लिएको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले बचतकर्ताको निक्षेप फिर्ता गर्न सुरु गरेको छ । नेपाल राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहका संयोजक टिकाराम खतिवडाका अनुसार सो क्रममा बुधबार बैंकले करिब दुई करोड रुपियाँ निक्षेप फिर्ता गरिसकेको छ ।
बैंकका १९ शाखामध्ये १६ वटा शाखामार्फत प्रति व्यक्ति बढीमा २५ हजार रुपियाँका दरले एउटा शाखामा ५० जनाको रकम फिर्ता गरिएको संयोजक खतिवडाले बताए । उनले सबै शाखामा गरी एकै दिन आठ सय जना भन्दा बढीले निक्षेप फिर्ता पाएको जनाउँदै बिहीबार थप तीन शाखाबाट पनि निक्षेप फिर्ता हुने बताए । निक्षेप फिर्ता पाउने शाखामध्ये दाङका ७, बर्दियाका ६ र बाँकेका ३ वटा रहेका छन् ।
नेपाल राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहले एक सूचना प्रकाशित गरी प्रथम चरणमा बिरामी, वृद्ध, बालबालिकालाई औषधि उपचार प्रयोजनका लागि आवश्यक कागजात पेश गरेको आधारमा अधिकतम् २५ हजार रुपियाँका दरले एउटा शाखाको ५० जनालाई निक्षेप भुक्तानी गर्ने जनाएको थियो । सोही आधारमा कागजात ल्याएकाहरुको निक्षेप फिर्ता गरिएको जनाईएको छ ।
संस्थामा तरलता व्यवस्थापन हुँदै जाने आधारमा निक्षेप भुुक्तानी कार्य क्रमशः वृद्धि गर्दै लगिने पनि व्यवस्थापन समूहले प्रकाशित गरेको सूचनामा जनाइएको छ । नेपाल राष्ट्र बैंकले व्यवस्थापनको जिम्मा लिए यता कर्णाली विकास बैंकका शाखामा दिनहुँ निक्षेपकर्ताको भीड लागिरहेको छ ।
नेपाल राष्ट्र बैंकको प्रारम्भिक छानबिनमा बैंकमा अनियमिता भएको आशंका गरिएको छ । एक साता भित्र छानबिन सकेर सही तथ्यांक बाहिर ल्याइने बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: