भैरहवा । रुपन्देहीको भैरहवामा जारी साई ग्लोबल कप जिल्लास्तरीय अन्तरकलेज टि–२० क्रिकेट प्रतियोगितामा न्यु होराइजन (ए) र बुटवल कालिका क्याम्पसले सानदार जित निकालेका छन् ।
प्रतियोगिता अन्तर्गत बुधबार भएका दुई खेलमा न्यु होराइजनले लुम्बिनी इन्सिच्युट अफ टेक्निकल साइन्सलाई ७ विकेट र बुटवल कालिकाले बुटवल बहुमुखी क्याम्पसलाई १ सय ५५ रनले पराजित गर्दै रवाफिलो जित हात पारेका हुन् ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी इन्सिच्युटले निर्धारित २० ओभरमा १६ ओभर १ बल खेल्दै सबै विकेट गुमाएर जम्मा ७५ रन मात्रै बनायो ।
उसका लागि मिथलेश यादवले ४५ र तुषार चौहानले १७ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा उसलाई सस्तैमा रोक्न न्यु होराइजन (ए)का प्रिन्स पालले ४, राहुल नाउले ३, अमर मिश्राले २ तथा निरज घिमिरेले १ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको न्यु होराइजनले ७ ओभर १ बलमा ३ विकेटको नोक्सानीमा ७९ रन बनाउँदै सहज जित निकाल्यो । उसको जितमा मनिष तिवारीले अविजित २१, संगम पाण्डेले २०, अमर मिश्राले १५ र सिद्धार्थ ढकालले नटआउट १२ रनको योगदान गरे ।
बलिङमा लुम्बिनी इन्सिच्युटका प्रवेज आलमले २ तथा तुषार चौहानले १ विकेट लिए । खेलमा प्रिन्स पाल प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।
दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको बुटवल कालिकाले निर्धारित खेलमा ३ विकेटको नोक्सानीमा १ सय ८८ रनको विशाल लक्ष्य खडा गर्यो । उसका लागि रन्जित खड्काले ७४ र प्रज्वल थापाले ६३ रनको अर्धशतकीय पारी खेले ।
यस्तै, विवश खातीले नटआउट १३ रन बनाए । बलिङमा बुटवल बहुमुखीका प्रदीप भण्डारीले २ तथा युवराज सुवेदीले १ विकेट लिए ।
प्रतिउत्तरमा बुटवल बहुमुखी ८ ओभर ३ बलमा अलआउट हुँदै जम्मा ३३ रन मात्रै बनायो र लज्जास्पद हार व्यहोर्यो । उसका लागि युवराज सेनले १० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
बलिङमा बुटवल कालिकाका विपिन भट्टराईले २ ओभर ३ बलमा १ मेर्डनसहित ६ रन खर्चेर ७ विकेट लिए । यस्तै, अभिषेक गौतम र कमल जैशीले १–१ विकेट लिए । खेलमा विपिन भट्टराई प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजना र साई ग्लोबल कलेजको मुख्य प्रायोजनामा प्रतियोगिता भइरहेको हो । प्रतियोगिताको विजेता टिमले ५५ हजार, उपविजेताले २५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई १ हजारसहित प्रमाणपत्र, प्लेयर अफ द सिरिजलाई १० हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, बेस्ट बलर र बेस्ट बलरलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र तथा अनुशासित टीमलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक उदयकुमार मल्लिकले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: