न्यूयोर्क । अन्तर्राष्ट्रिय मुद्रा कोष(आइएमएफ) को प्रमुख क्रिस्टालिना जर्जिएभाले मध्यपूर्वमा जारी युद्धका कारण विश्व अर्थतन्त्रमा परेको असर न्यूनीकरण गर्न सबै देशले समन्वयात्मक रूपमा काम गर्नुपर्ने आह्वान गरेको छन् ।
न्युयोर्कमा आयोजित सन् २०२६ को वसन्त बैठकको उद्घाटनका अवसरमा बोल्दै उनले एक्लाएक्लै निर्णय लिने, निर्यात नियन्त्रण गर्ने वा मूल्य नियन्त्रण जस्ता कदमले विश्व आर्थिक अवस्थालाई अझ अस्थिर बनाउन सक्ने चेतावनी दिएको छन् । उनका अनुसार प्रत्येक देशका वित्तीय निकायले कमजोर वर्गलाई लक्षित गरी सीमित र अस्थायी सहयोग प्रदान गर्नुपर्छ, जुन मध्यम अवधिको आर्थिक योजनासँग मिल्दोजुल्दो हुनुपर्छ ।
यसले आर्थिक दबाबमा परेका नागरिकलाई राहत दिन सहयोग गर्ने छ तर दीर्घकालीन आर्थिक स्थायित्वमा असर नपार्ने छ । त्यसैगरी उनले केन्द्रीय बैँकलाई पनि सचेत रहन आग्रह गर्दै मुद्रास्फीति अनियन्त्रित हुने सङ्केत देखिएमा ब्याजदर बढाएर नियन्त्रण गर्नुपर्ने बताएको छन् । उनले यस्तो कदमले मूल्य वृद्धिको चक्रलाई नियन्त्रण गर्न मद्दत गर्ने उल्लेख गरे।
साथै, आर्थिक सहयोग कार्यक्रम अस्थायी र स्पष्ट समयसीमा सहित लागु गर्नुपर्नेमा जोड दिए। उनले वित्तीय नियामक निकायलाई पनि सजग, लचिलो र छिटो प्रतिक्रिया दिन सक्ने बनिनुपर्ने आवश्यकता औंल्याएको छन्, किनभने वर्तमान अवस्था अत्यन्त परिवर्तनशील रहेको छ । सीमित आर्थिक स्रोतको जिम्मेवार प्रयोग गर्दै वित्तीय स्थायित्व कायम राख्न सूक्ष्म तथा समष्टिगत नीतिहरू प्रभावकारी रूपमा लागु गर्नुपर्ने उनले बताए।
उनले सदस्य राष्ट्रलाई आवश्यक वित्तीय सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै मध्यपूर्व युद्धको प्रभावका कारण छोटो अवधिमा भुक्तानी सन्तुलनका लागि सहयोगको माग करिब २० अर्बदेखि ५० अर्ब डलरसम्म पुग्न सक्ने अनुमान व्यक्त गरेको छ् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २७ गते, २०८२ - १६:०८
काठमाडौं । रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेका छन्। आज अपराह्न ३ बजे सिंहदरबारस्थित प्रतिनिधि सभाको भवनमा बसेको...
चैत्र २७ गते, २०८२ - १५:४४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका नेता, कार्यकर्ता, सांसद तथा केन्द्रीय सदस्यहरूलाई अनावश्यक रूपमा सिंहदरबार नजान निर्देशन दिएको छ। ...
चैत्र २७ गते, २०८२ - १४:२६
काठमाडौं । शुक्रबार मन्त्री बन्न लागेका गौरीकुमारी यादव र रामजी यादवको शपथ ग्रहण आजै हुने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरि...
चैत्र २७ गते, २०८२ - १४:१८
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गौरीकुमारी यादवलाई उद्योग मन...
चैत्र २७ गते, २०८२ - १४:०३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी रूबी कुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ। सिंहदर...
चैत्र २७ गते, २०८२ - १३:४९
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत त्रिभुवन विमानस्थल कार्यालयले एक यात्रुको बिदाइमा बढीमा तीन जनासम्म मात्र आउन पुन: आग्रह गरेको छ। ...
चैत्र २७ गते, २०८२ - १३:२९
काठमाडौं । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति सम्बन्धी कार्यको नाममा प्रचार–प्रसार गर्ने साइबर सेन्टर, तालिम केन्द्र तथा अन्य संस्थामाथि कारबाही गर्...
चैत्र २७ गते, २०८२ - १३:१०
इनरुवा। इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीले पूर्व–पश्चिम लोकमार्गको सडकपेटी खाली अभियान सुरु गरेको छन् । नगरको डोजरसहित नगर प्रमुख भण्डारीले...
चैत्र २७ गते, २०८२ - १३:०२
न्यूयोर्क । अन्तर्राष्ट्रिय मुद्रा कोष(आइएमएफ) को प्रमुख क्रिस्टालिना जर्जिएभाले मध्यपूर्वमा जारी युद्धका कारण विश्व अर्थतन्त्रमा परेको असर न्यूनीकरण ...
चैत्र २७ गते, २०८२ - १२:४७
काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वास्थ्य अनुसन्धानलाई नीति निर्माण र कार्यक्रम कार्यान्वयनको मुख्य आधार बनाउनुपर्नेमा जोड दिएको छन् । ...


प्रतिकृया लेख्नुहोस्: