काठमाडौं । नेकपा (एस) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालले बीआरआई सम्झाैता गर्दा भारतले चित्त दुखाउनु गलत भएकाे बताएका छन् । देशको हितलाई मध्यनजर गर्दै बीआरआई कार्यान्वयन सम्बन्धी सम्झौता भएको दाबी गर्दै बुधवार नेपालमा बीआरआईको कार्यान्वयनका सम्भावना विषयमा फाउन्डेसन फर पिस डेभलपमेन्ट एन्ड सोशलिज्मले आयोजना गरेको कार्यक्रममा नेता खनालले यस्ताे बताएका हुन् ।
नेपालका हितमा बीआरआई रहेको तर यसलाई जबरजस्ती विवादमा ल्याउने काम गरेको गुनासो उनले गरे । बीआरआई ऋणमा लिने कि अनुदानमा लिने भन्नु नै थोत्रो अवधारणा भएको बताउँदै उनले नेपालको आवश्यकता के छ त्यसको आधारमा बीआरआईको परियोजना सञ्चालन गर्ने धारणा राखे ।
बीआरआई कार्यान्वयनमा सम्झौता भएपछि भारतीय मिडियालाई अध्ययन गर्दा त्यसबाट भारत निकै आत्तिएको देखिन्छ, त्यसरी आत्तिनुको कुनै कारण नरहेको बताउँदै उनले भने, ‘बीआरआईमा भारतको किन चित्त बुझेको छैन त्यो कुरा मैले बुझ्न सकेका छैन । बीआरआई कुनै विस्तारवाद वा साम्राज्यवादको प्रश्रय नदिएको दाबी गर्दै उनले विश्वका दुई तिहाइ भन्दा बढी देशले बीआरआई स्वीकार गरिसकेका छन् तर नेपालमा यसलाई अनावश्यक विवादमा ल्याएर रोक्ने प्रयास भइरहेको छ ।’ उनले बीआरआई सम्झाैतालाई लिएर भारतले चित्त दुखाउनु गलत भएकाे दाबी गरे ।
नेपाल सगरमाथाको देश भएको र जस्तोसुकै हुरी बतास आए पनि केही नहुने टिप्पणी गर्दै उनले भारतले अझै पनि नेपालमाथि सफ्ट ब्लकेड लगाइरहेको दाबी गरे । चीनको लगानीमा बनेको भैरहवा र पोखरा एयरपोर्टमा जहाज उड्न नदिनु ब्लकेड रहेको दाबी गर्दै उनले नेपालमा भारतले चार पटक नाकाबन्दी गरिसकेको बताए । उनले अहिले पनि हल्का खालको नाकाबन्दी जारी रहेको दाबी गरे ।
खनालले चीनसँग सदियौँदेखि राम्रो सम्बन्ध रहेको र अहिले पनि उच्च खालको सम्बन्ध रहेको दाबी गरे । उनले भने, ‘सबै देशसँग एक खालको सम्बन्ध हुँदैन कसैसँग विशिष्ट सम्बन्ध हुन्छ भने कसैसँग सामान्य सम्बन्ध हुन्छ । चीनसँग नेपालको विशिष्ट सम्बन्ध रहेकाले बीआरआई जस्तो प्रोजेक्ट स्वीकार गरेको हो ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - २०:२३
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...
पौष ६ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...
पौष ६ गते, २०८२ - १९:५१
विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...
पौष ६ गते, २०८२ - १९:४३
काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...
पौष ६ गते, २०८२ - १९:३९
धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...
पौष ६ गते, २०८२ - १९:२८
काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...
पौष ६ गते, २०८२ - १९:२३
काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...
पौष ६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...
पौष ६ गते, २०८२ - १९:०९
काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...




प्रतिकृया लेख्नुहोस्: