बाँके । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले मधेश र मधेशीको हक अधिकारका लागि ठुलो आन्दोलन र संघर्ष गरेकोले जसपा नेपालको विकल्प नभएको बताएका छन् ।
जनता समाजवादी पार्टीले सञ्चालन गरेको जनतासँग जसपा नेपाल, संगठन विस्तार आधारभूत अभियान अन्तर्गत बुधबार नेपालगन्जमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष यादवले मधेश र मधेशी जनताको आश र भरोसा जसपा नेपालसँग मात्रै रहेको कुरा उपनिर्वाचनमा प्रमाणित भएको दाबी गरे ।
उनले आफ्नो नेतृत्वमा मधेश आन्दोलन भएको स्मरण गराउँदै अहिले जसले जे भने पनि र जे गरे पनि मधेशीको हितैषी आफू र आफ्नो दल भएको प्रष्ट पारे । जिल्लाका अगुवा नेता तथा कार्यकर्ताको उपस्थिति रहेको सो कार्यक्रममा प्रशिक्षण दिदैँ अध्यक्ष यादवले पार्टी स्थापनाको उद्देश्य, पार्टीको अहिलेको अवस्था, अन्य राजनीतिक दलसँगको सम्बन्ध, मधेशी अन्य दलसँगको सहकार्य लगायतका विषयमा लामो समयसम्म बोले ।
उनले सो अवसरमा नेपालको इतिहास सुनाउँदै नेपालको एकीकरणदेखि आधुनिक नेपाल कसरी भयो भन्ने कुरा पनि नेता कार्यकर्तालाई स्मरण गराए । जसपा नेपालको संगठनलाई सुदृढ र बलियो बनाउन माथिल्लो तहका नेतादेखि वडास्तरका नेतासम्मले दिनरात काम गर्न अध्यक्ष यादवले निर्देशन दिए ।
अध्यक्ष यादवको प्रशिक्षणपछि नेता कार्यकर्ताले पार्टीको अवस्था, स्थानीय नेतृत्व र भावी कार्ययोजना बारे विभिन्न जिज्ञासा राखेका थिए । ती जिज्ञासाको पनि अध्यक्ष यादवले जवाफ दिए । जसपा नेपाल बाँकेका अध्यक्ष कौशल धोबीको अध्यक्षतामा भएको सो कार्यक्रममा लुम्बिनी प्रदेस सभाका सदस्य अम्बिका काफ्ले, नेपालगन्ज उपमहानगरका उपमेयर कमरुद्दीन राई, नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाह, नेता राजन रानामगर, बेबी तबस्सुमलगायतको सहभागिता थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - २०:२३
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...
पौष ६ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...
पौष ६ गते, २०८२ - १९:५१
विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...
पौष ६ गते, २०८२ - १९:४३
काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...
पौष ६ गते, २०८२ - १९:३९
धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...
पौष ६ गते, २०८२ - १९:२८
काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...
पौष ६ गते, २०८२ - १९:२३
काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...
पौष ६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...
पौष ६ गते, २०८२ - १९:०९
काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...




प्रतिकृया लेख्नुहोस्: