Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

विचाराधीन विधेयक बहुमतबाटै पास गर्ने तयारीमा सत्तारुढ दल

खबरडबली संवाददाता

काठमाडाैं । बहुमतबाटै भएपनि प्रतिनिधिसभामा विचाराधीन विधेयकलाई छिटो टुंगोमा पुर्‍याउन भनेर सत्तारुढ दुई दल नेकपा एमाले र नेपाली कांग्रेस छलफलमा जुटेका छन् । 

एमालेले मंगलबार संसदमा विचाराधीन विधेयकहरू अगाडि बढाउने फोकल पर्सन नै तोकेको छ । संसद्‌मा विचाराधीन विधेयक अगाडि बढाउन एमालेले तोक्यो फोकल पर्सन
कांग्रेसका शीर्ष नेताहरूले बुधबार विधेयकमाथि दफावार छलफल गरिरहेका संसदीय विषयगत समितिका सदस्यहरूसँग छलफल गरेका छन् । 

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार कांग्रेसले आफ्नो तर्फबाट धारणा तय गरेर सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेसँग छलफल गर्दैछ । एमाले र कांग्रेसका बीचमा संयुक्त छलफल भाेली बिहीबार हुने भएकाे छ । ‘सत्तारुढ दलले साझा धारणा तय गरेपछि अन्य दलसँग पनि छलफल गरिन्छ । हामी सकेसम्म सहमतिमै विधेयकहरू पास गर्न खोज्छौं नसके लोकतान्त्रिक प्रक्रिया पनि अपनाउनुपर्ने हुन सक्छ,’ कांग्रेसका प्रमुख सचेतक घिमिरेले भने । उनले बहुमतबाटै भएपनि विधेक पास गराउने गरी छलफल भएकाे पनि संकेत गरे ।

संघीय संसद सचिवालयका अनुसार हाल प्रतिनिधि सभामा १६ वटा विधेयक बिचाराधीन् छन् । राज्य व्यवस्था तथा सुशासन समितिमा चार वटा विधेयक छ । संघीय निजामती सेवा विधेयक, अख्तियार ऐन संशोधन विधेयक, भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक र निर्माणमुखि सामग्री विधेयक राज्य व्यवस्था समितिमा दफावार छलफलमा छ । यो समितिमा रहेका विधेयक अगाडि बढाउने जिम्मेवारी एमालेको तर्फबाट सांसद रघुजी पन्तलाई दिइएको छ । 

अर्थ समितिमा रहेका विधेयकहरूमाथि छलफल गर्न र अगाडि बढाउने पहल लिने जिम्मेवारी सांसद सूर्य थापाले पाएका छन् । अर्थ समितिमा बैंक तथा वित्तीय संस्था विधेयक, सुरक्षित कारोबार ऐन संशोधन विधेयक, धितोपत्र ऐन संशोधन विधेयक, आर्थिक कार्यविधि ऐन संशोधन विधेयक र भन्सार विधेयक दफावार छलफलमा छ । 

कानुन न्याय तथा मानव अधिकार समितिमा केही नेपाल ऐन संशोधन विधेयक दफावार छलफलमा छ । यो विधेयक अगाडि बढाउने भूमिका खेल्ने जिम्मेवारी एमालेबाट सांसद नैनकला थापाले पाएकी छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक दफावार छलफलमा छ । विद्यालय तहको शिक्षामा कुन तहको अधिकार क्षेत्र कति र निजी क्षेत्रबाट सञ्चालित विद्यालयको विषयलाई लिएर विद्यालय शिक्षा विधेयकमाथि बहस भइराखेको छ । यी लगायतका विषयमा छलफल गर्ने र दुवै पास गराउन भूमिका खेल्ने जिम्मेवारी सांसद छविलाल विश्वकर्माले पाएका छन् ।

पूर्वाधार विकास समितिमा जलस्रोत विधेयक छ । यो विधेयकलाई पास गर्ने गरी अगाडि बढाउने जिम्मेवारी एमाले सांसद गोकर्ण विष्टले पाएका छन् । बुधबार एमालेले झैँ कांग्रेसले पनि फोकल पर्सन तोक्नेछ । त्यसपछि दुई दलका सांसदले सम्बन्धित समितिको छलफलमा दलीय धारणा अनुसार भूमिका खेल्नेछन् । यस्तो अवस्थामा विपक्षी दलहरूले फरक मत राखेको खण्डमा सके कन्भिन्स् गराउने नसके बहुमतका आधारमा पास गरेर जाने नीति सत्तारुढ दलले लिएका हुन् ।

‘संसदले कानुन नै बनाए भन्ने जो परेको छ । त्यो चिर्न र समयाअनुकूल ऐन बनाउन समेत लोकतान्त्रिक अभ्यासको जरुरत पर्न सक्छ,’ एमालेका एक नेता भन्छन्, ‘अब द्रुत गतिमा संसदमा विचाराधीन विधेयक पास हुन्छन् । यसका लागि सबै उपाय खोजिनेछ ।’ यसका लागि पहल लिन र राजनीतिक समन्वय गर्न भनेर कांग्रेस र एमालेले संसदमा अर्को संयुक्त कार्यदल नै बनाएर काम गरिरहेका छन् ।

गत ९ पुसमा कांग्रेस र एमालेका शीर्ष नेताहरूले संसदको सञ्चालन र संसदमा छलफल गरिने बिजनेसबारे सहजीकरण गर्नेगरी संयुक्त कार्यदल बनाएका हुन् । कार्यदलमा एमालेबाट पार्टी सचिव एवं संसदीय मामिला विभाग प्रमुख योगेशकुमार भट्टराईसहित मुख्य सचेतक महेश बर्तौला, सचेतक सुनिता बराललगायत छन् । कांग्रेसबाट  संसदीय मामिला विभाग प्रमुख जीवन परियार, प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङ लगायत छन् । 

संसदमा विचाराधीन अवस्थामा रहेका सबै विधेयक पारित गर्ने वातावरण बनाउनेगरी दुई दलीय कार्यदल बनाएको हो । यो कार्यदलले विचाराधीन विधेयकहरुमाथि संसदमा छलफल गर्ने, सहमति नजुटेका विषयलाई शीर्ष तहमै छलफल चलाउने, संसदमा भएका अरु दलहरुसँग छलफल गर्ने लगायतका जिम्मेवारी पाएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: