Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

मधेशमा चिसोले जनजीवन प्रभावित

खबरडबली संवाददाता

महोत्तरी । महोत्तरी जिल्लामा तीन दिनदेखि बढ्दै गएको चिसोको कारणले जनजीवन प्रभावित बनेको छ । आज बुधबार पश्चिमी हावा चलेको कारणले चिसो थप बढेको देखिएको छ । 

अन्तराष्ट्रिय नव वर्षको कारणले बजार, हाटहरुमा रौनकता देखिएपनि विभिन्न ठाउँहरुमा बालबालिका, वृद्धवृद्धाहरु आगो तापिरहेका छन् । चिसो बढेपनि अस्पतालमा भने बिरामीको चाप कम देखिएको छ । 

प्रादेशिक अस्पताल जलेश्वर, महोत्तरीको इमरजेन्सी शाखामा भेटिनुभएका चिकित्सक डा.कृष्णा पंजियारले चिसो बढेपनि नववर्षको कारणले आज वुधबार बिरामीको चाप कम देखिएको हुन सक्ने बताउँदै चिसोमा न्यानो भएर घरमा नै बस्न सबैलाई आग्रह गरे । चिसो मौसममा रुधाखोकी, निमोनिया लगायतका रोगहरु लाग्ने र सोबाट सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धाहरु प्रभावित हुने भएकोले उनीहरुलाई न्यानो लुगा लगाइदिने, झोलिलो खानेकुराहरु दिनुपर्ने चिकित्सक पंजियारले बताए । 

तीन दिनदेखि चिसो बढेपनि महोत्तरीका स्थानीय पालिका तथा दैविक प्रकोप उद्धार समितिले चिसो र शितलहरबाट बचाउने कुनै कामहरु गरेको देखिएको छैन । जलेश्वर नगरपालिका १ बस्ने सुरेश राउतले चिसो बढेपनि पालिकाले कहिकतै दाउरा, सिरकहरु वितरण नगरेको बताउनुहुदै पालिकाहरुलाई गम्भिर हुन आग्रह गरे । 

जिल्ला प्रशासन कार्यालय महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले पालिकाहरुलाई चिसोबाट प्रभावित हुने समुदाय, व्यक्तिहरुको पहिचान गरि वन कार्यालयसँग समन्वय गरेर दाउरा वितरण तथा न्यानोको लागि उनीहरुलाई सिरक, कम्बल लगायतका वितरणहरु गर्न कार्यालय प्रमुखहरुको बैठकमै जानकारी गराइसकिएको बताए । 

विगतमा पनि पालिकाहरुले सिरक, कम्बलहरु वितरण गर्नुका साथसाथै दाउरा समेत वितरण गरेको बताउँदै एक्कासी रुपमा चिसो बढेले पालिकाहरुले वितरण गरेको वा प्रभावित भएकोबारे अहिले कतैंबाट सूचना प्राप्त नभएको सहायक प्रजिअ न्यौपानेले बताए । 

पश्चिमी चिसो हावाका कारणले तापक्रम तल झदै गएको देखिएको छ । चिसोको कारणले बजारमा चहलपहलमा कमी देखिएको छ भने कार्यालयहरुमा सेवाको लागि आउने सेवाग्राहीको उपस्थिती पनि पहिलेभन्दा न्यून देखिने गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...

ताप्लेजुङको हाङदेवामा भालुको आतंक

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...

फागुन २१ को निर्वाचन अपरिहार्य छ: कोइराला

विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...

चीन–नेपाल सम्बन्ध अद्वितीय छ: राजदूत छन सङ

काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...

छथर जोरपाटीमा आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा समस्या

धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...

देशका महत्वपूर्ण मानिने औद्योगिक क्षेत्र एक दशकमा पनि बनेनन्

काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...

ललितपुरमा बोरामा प्याक गरेकाे अवस्थमा शव फेला

काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...

निर्वाचन नजिकिँदै गर्दा ८ जिल्ला सीडीओविहीन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...

आइसिसी टी–२० विश्वकपकाे लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...

लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending