महोत्तरी । महोत्तरी जिल्लामा तीन दिनदेखि बढ्दै गएको चिसोको कारणले जनजीवन प्रभावित बनेको छ । आज बुधबार पश्चिमी हावा चलेको कारणले चिसो थप बढेको देखिएको छ ।
अन्तराष्ट्रिय नव वर्षको कारणले बजार, हाटहरुमा रौनकता देखिएपनि विभिन्न ठाउँहरुमा बालबालिका, वृद्धवृद्धाहरु आगो तापिरहेका छन् । चिसो बढेपनि अस्पतालमा भने बिरामीको चाप कम देखिएको छ ।
प्रादेशिक अस्पताल जलेश्वर, महोत्तरीको इमरजेन्सी शाखामा भेटिनुभएका चिकित्सक डा.कृष्णा पंजियारले चिसो बढेपनि नववर्षको कारणले आज वुधबार बिरामीको चाप कम देखिएको हुन सक्ने बताउँदै चिसोमा न्यानो भएर घरमा नै बस्न सबैलाई आग्रह गरे । चिसो मौसममा रुधाखोकी, निमोनिया लगायतका रोगहरु लाग्ने र सोबाट सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धाहरु प्रभावित हुने भएकोले उनीहरुलाई न्यानो लुगा लगाइदिने, झोलिलो खानेकुराहरु दिनुपर्ने चिकित्सक पंजियारले बताए ।
तीन दिनदेखि चिसो बढेपनि महोत्तरीका स्थानीय पालिका तथा दैविक प्रकोप उद्धार समितिले चिसो र शितलहरबाट बचाउने कुनै कामहरु गरेको देखिएको छैन । जलेश्वर नगरपालिका १ बस्ने सुरेश राउतले चिसो बढेपनि पालिकाले कहिकतै दाउरा, सिरकहरु वितरण नगरेको बताउनुहुदै पालिकाहरुलाई गम्भिर हुन आग्रह गरे ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले पालिकाहरुलाई चिसोबाट प्रभावित हुने समुदाय, व्यक्तिहरुको पहिचान गरि वन कार्यालयसँग समन्वय गरेर दाउरा वितरण तथा न्यानोको लागि उनीहरुलाई सिरक, कम्बल लगायतका वितरणहरु गर्न कार्यालय प्रमुखहरुको बैठकमै जानकारी गराइसकिएको बताए ।
विगतमा पनि पालिकाहरुले सिरक, कम्बलहरु वितरण गर्नुका साथसाथै दाउरा समेत वितरण गरेको बताउँदै एक्कासी रुपमा चिसो बढेले पालिकाहरुले वितरण गरेको वा प्रभावित भएकोबारे अहिले कतैंबाट सूचना प्राप्त नभएको सहायक प्रजिअ न्यौपानेले बताए ।
पश्चिमी चिसो हावाका कारणले तापक्रम तल झदै गएको देखिएको छ । चिसोको कारणले बजारमा चहलपहलमा कमी देखिएको छ भने कार्यालयहरुमा सेवाको लागि आउने सेवाग्राहीको उपस्थिती पनि पहिलेभन्दा न्यून देखिने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: