ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाका ३९ विद्यालयलका चार हजार २४७ जना बालबालिकाको मुटु परीक्षण गरिएको छ । हृदयरोग निवारण प्रतिष्ठान काठमाडाैंको आयोजना तथा हृदयरोग निवारण प्रतिष्ठान शाखा ताप्लेजुङको सहजीकरणमा फुङलिङ नगरपालिकाभित्रका कक्षा १ देखि १२ कक्षा सम्म अध्ययन गर्ने विद्यार्थीको मुटु परीक्षण गरिएको हो ।
मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीको नेतृत्वमा नौ जनाको चिकित्सक टोलीले बालबालिकाको मुटु परीक्षण गरेको हो । तीनवटा केन्द्र बनाएर गरिएको परीक्षणका क्रममा ३३ जनामा समस्या देखिएको हृदयरोग निवारण प्रतिष्ठान शाखा ताप्लेजुङका सचिव कमलप्रसाद भट्टराईले बताए ।
फुङलिङ नगरपालिका–४ को भानुजन माध्यमिक विद्यालय, वडा नं.७ को कैलजे माध्यामिक विद्यालय र वडा नं. ९ कै जनता माध्यमिक विद्यालयमा गरी तीन स्थानमा मुटुको परीक्षण केन्द्र स्थापना गरिएको थियो । परीक्षण विद्यालयको कक्षा कोठामै गएर समेत गरिएको थियो ।
मुटुरोगी ३३ मध्ये १० जना नियमित रुपमा औषधि सेवान गर्नु पर्ने छन् । यस्तै १० जनालाई काठमाडौं लगेर अप्रेसन गर्नु पर्ने देखिएको छ । अप्रेसन गर्नुपर्ने बालबालिकालाई गंगालाल हृदयरोग निवारण केन्द्रमा लगिने र उनीहरुको अप्रेसन निःशुल्क गरिने विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बताए । डा. रेग्मीले बिरामीलाई अप्रेसन, उनीहरुका अविभावकलाई खाने बस्ने समेत निःशुल्क व्यावस्था मिलाउने बताए । १३ जनाले भने नियमित चेक गराउनुपर्ने डा.रेग्मीले बताए ।
हृदय रोग प्रतिष्ठानबाट डा. प्रेमराज बैद्य, डा. अजय अधिकारी, प्राडा रामकिशोर शाहलगायतको टोली ताप्लेजुङ आएर बालबालिकाको मुटुको परीक्षण गरी फर्किएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: