Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

माओवादीसहित सम्पूर्ण क्रान्तिकारी पार्टीबिच एकता गर्न चाहान्छाै: विप्लव

खबरडबली संवाददाता

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा माओवादी केन्द्रसँगै सम्पूर्ण क्रान्तिकारी पार्टीबिच एकता गर्न चाहेकाे बताएका छन् । उनले पार्टीकाे एकता गर्ने निर्णय कायमै रहेको बताउँदै मंगलबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै एकताबाट भागेको हल्ला सही नभएको दाबी गरेका हुन् । 

उनले भने, ‘माओवादीसँगको एकता नेकपाले बन्द गरेको हल्ला छ, त्यो सत्य होइन । माओवादीसहित सबै क्रान्तिकारी पार्टीबिच गम्भीर बहस होस् भनेर ध्रुवीकरणलाई ध्यान दिएको हो । माओवादीसँगको एकता कायमै छ’, उनले भने । उनले नेपाली कम्युनिस्ट आन्दोलनमा देखिएका राजनीतिक गोल चक्करलाई अन्त्य गर्न नयाँ विश्लेषण गर्न आवश्यक रहेको बताए । 

विप्लवले सामान्य जनताले सहकारीमा जम्मा गरेको रकमबाट ५/६ लाखको तलब खानु गलत भएको टिप्पणी पनि गरेका छन् । उनले सहकारी ठगीको आरोपमा हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् । 

यस्तै उनले सहकारी पीडितलाई रकम फिर्ता गराउन सरकारले प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाइ छ । पीडितलाई न्याय दिलाउन पार्टीको तर्फबाट पनि कार्यदल बनाइएको विप्लवले स्पष्ट पारे । ‘सहकारी पीडितलाई न्याय दिलाउन हामी गम्भीर छौँ । त्यसका लागि कार्यदल बनाएका छौँ । सामान्य जनताले सहकारीमा जम्मा गरेको स–साना रकम एउटा मान्छेले ५/६ लाख तलब खानु सहकारी सिद्धान्त विपरीत छ’, उनले भने, ‘हामी सरकारले थालेको कारबाहीप्रति सकारात्मक छौँ । सहकारी ठगीमा मुछिएका जीवी राईलाई पनि तत्काल सरकारले झिकाओस् भन्ने हाम्रो आग्रह छ । 

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले क्रान्तिकारी पार्टीहरूसँग एकता र मित्र पार्टीसँग मोर्चामा सहकार्य गर्ने निर्णय पनि बैठकले गरेकाे जानकारी दिए । गत मंसिर २७ देखि पौष २ गतेसम्म कपिलवस्तुस्थित केन्द्रीय कार्यालय शिवगढीमा सम्पन्न केन्द्रीय समिति बैठकले एकता र सहकार्य गर्ने निर्णय गरेको उनले जानकारी दिए । 

यस्तै देशमा व्याप्त भ्रष्टाचार, वैदेशिक हस्तक्षेप, सुकुम्वासी, मिटरव्याज, ऋण आतंक लगायतका मुद्दामा फाल्गुन २१ देखि झापा–कञ्चनपुर जनमार्च सञ्चालन गर्ने निर्णय लिइएको छ । अभियानमा पार्टी महासचिव, प्रवक्ता, केन्द्रीय समिति, जबस मोर्चाका नेता, सामना सांस्कृतिक परिवारसहितको टोली सहभागी बन्ने बताइएको छ । 

यस्तै  आगामी २०८४ को चुनावलाई राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्ग, जाति, समुदाय, महिला, युवा, विद्यार्थी र नेपाली विशेषताको समाजवादका पक्षमा प्रयोग गर्ने निर्णय गरिएको छ । त्यसका लागि जनतालाई स्पष्ट सन्देश दिन पार्टी दर्ता गरेर उपयुक्त चुनाव चिन्ह लिइने उनकाे भनाइ छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: